Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मृतकका आफन्तले प्रधानमन्त्रीलाई बुझाए ११ बुँदे मागपत्र

    १६ पुष २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    सुर्खेत । ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतका आफन्तले जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत प्रधानमन्त्रीलाई ११ बुँदे मागपत्र बुझाएका छन् । सोमवार जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई मागपत्र बुझाएका हुन ।

    सुजनका  आफन्तले बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि दवावदिन जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको मृतकका आफन्त तथा युवा विद्रोह आन्दोलन संघर्ष समिति दैलेखका अगुवा जनक शर्माले जानकारी दिए ।

    पीडित परिवारका तर्फबाट सरकारले गठन गरेको छानबिन समिति खारेज गरी  स्वतन्त्र निष्पक्ष न्यायिक समिति गठन गर्नुपर्ने माग गरिएको शर्माले बताए । उनका अनुसार सरकारलाई बुझाएको मागपत्रमा मृतकलाई सहिद घोषणा गर्नुपर्ने, आन्दोलनको सुरुवात हुनको कारण पत्तालगाई दोषी उपर कारबाही गर्न, उचित क्षतिपूर्ति दिनुपर्ने विषय समावेश गरिएको छ ।

    त्यस्तै  दोषीलाई कारबाही गर्नुपर्ने, मृतकका परिवार एक जनालाई रोजगार दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, आन्दोलनका क्रममा बेपत्ता पारिएकाहरूको खोजी गरी स्थिति सार्वजनिक गरिनुपर्ने,पक्राउ परेकालाई विनासर्त रिहाइ, मृतकका आफन्तको इच्छा अनुसारको सदगदको व्यवस्था गर्नुपर्ने,लगायतका विभिन्न मागहरु रहेका छन् ।

    आज दिनभर सुर्खेत र दैलेखमा आन्दोलनरत आफन्तले जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेका थिए । जिल्ला प्रशासन कार्यालय घेराउसँगै विभिन्न विषयहरु समावेश भएको मागपत्र पेस गरेका थिए ।

    ललितपुरको बालकुमारीमा भएको घटनामा दैलेखको महावु गाउँपालिका वडा नंं ६ का सुजन रावत र अछामका वीरेन्द्रबहादुर शाहीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो । हत्याविरोधमा आज दैलेख र सुर्खेतमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता

    २ दिन अगाडि

    राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर : ओली

    २ दिन अगाडि

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने

    ६ दिन अगाडि

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    १ हप्ता अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १ हप्ता अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मानव बेचबिखन नियन्त्रणमा राज्य गम्भीर नभएको भन्दै सरोकारवालाहरुको चिन्ता
    २ दिन अगाडि
    राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु गम्भीर : ओली
    २ दिन अगाडि
    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी
    ३ दिन अगाडि
    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने
    ६ दिन अगाडि
    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    १ हप्ता अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १ हप्ता अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    २ हप्ता अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    २ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    २ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.