Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भारतबाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह, टावररहित मोबाइल सेवा

    १९ पुष २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट६ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    नयाँ दिल्ली ।

     भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। 

    आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। 

    भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउने वाला पनि छ।

    इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।

    विशेष कुरा यो हो कि यसका लागि कुनै विशेष ह्यान्डसेट वा टर्मिनल आवश्यक पर्दैन। यो पूर्ण रूपमा व्यावसायिक प्रक्षेपण हुनेछ, जसलाई इसरोका वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडद्वारा कार्यान्वयन गर्दैछ।

    यो मिसन के हो? 

    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अमेरिकाको एसटी स्पेश मोबाइल कम्पनीको उपग्रह प्रक्षेपण गर्न लागेको हो। यो मिसन विशेष टेक्नोलोजीमा आधारित छ, जसले मोबाइल फोनलाई सिधै उपग्रहहरूमा जडान गर्ने क्षमता राख्नेछ।

    अमेरिकी कम्पनीले भारतबाट ठूलो सञ्चार उपग्रह प्रक्षेपण गर्न लागेको यो पहिलो पटक हो। भारतले अहिलेसम्म अमेरिकी कम्पनीका साना उपग्रह मात्रै प्रक्षेपण गर्दै आएको थियो।

    यो प्रविधिको उद्देश्य संसारको जुनसुकै कुनामा, चाहे त्यो पहाड होस्, जङ्गल होस् वा समुद्रको बीचमा मोबाइल नेटवर्क उपलब्ध गराउनु हो। यो अभियान सफल भएमा अब मोबाइल टावर विना पनि कल गर्न र इन्टरनेट सेवा लिनका लागि सहजै उपलब्ध हुने भएको छ।

    नेटवर्क कभरेज एक प्रमुख चुनौती भएको क्षेत्रका लागि यो क्रान्तिकारी साबित हुने इसोरोले जनाएको छ।

    यो प्रणालीले कसरी काम गर्नेछ?

    यो एक ठूलो र उन्नत उपग्रह हो, जुन प्रत्यक्षदेखि बिक्री प्रविधिमा डिजाइन गरिएको हो। यो स्याटेलाइटले फोनमा सिधै सिग्नलहरू पठाउने छ, जसले गर्दा मोबाइलले कुनै मध्यवर्ती टावर वा नेटवर्क बिना काम गर्नेछ।

    अर्थात्, तपाईंको स्मार्टफोनको लाइन सिधै स्पेसमा जडान हुनेछ। यो मिसन इसरोको लागि अर्को उपलब्धी हो, जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष मिशनहरूमा भारतको भूमिकालाई अझ बलियो बनाउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    एन्टेना आधा फुटबल मैदान बराबर

    यस स्याटेलाइटको एन्टेना करिब ६४ वर्ग मिटरको हुनेछ, जुन आधा फुटबल मैदान बराबर हो।  यसको तौल करिब ६००० किलोग्राम हुनेछ र भारतको श्रीहरिकोटाबाट इसरोको एलभिएम-३ रकेट (बाहुबली) मार्फत अन्तरिक्षको कक्षमा राखिनेछ।

    यो प्रक्षेपण इसरोको लागि ठूलो उपलब्धी हो किनभने यसले अमेरिकी कम्पनीहरूको भारतको रकेट र प्रक्षेपण प्रणालीमा विश्वास बढाउने छ। यसअघि एलभिएम-३ ले वेन वेभ स्याटेलाइट तारामण्डललाई दुई पटक सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ।

    यसको फाइदा 

    विश्वव्यापी नेटवर्क कभरेजः अब दुर्गम क्षेत्रमा पनि नेटवर्क उपलब्ध हुनेछ। विपद् व्यवस्थापनमा सहयोगीः  बाढी, भूकम्प वा कुनै पनि विपद्को समयमा मोबाइल टावरले काम नगर्दा यो प्रविधि निकै उपयोगी हुनेछ।

    सस्तो र पहुँचयोग्य नेटवर्क

    मोबाइल नेटवर्क कम्पनीहरूको खर्चमा कमी आउने छ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुनेछ।

    यो सेवा स्पेसबाट प्रत्यक्ष कलहरू प्रयोग गर्नका लागि कसैले पनि सेवा प्रदायकहरू जस्तो कि (एयरटेल, भोडाफोन, एनटिसी, एनसेल) जस्ता मोबाइल नेटवर्क उपलब्ध गराउने कम्पनी परिवर्तन गर्न नपर्ने कम्पनीले जनाएको छ। ‘यसका लागि हामी विश्वभरका मोबाइल नेटवर्क अपरेटरहरूसँग काम गरिरहेका छौं,’ इसरोले प्रारम्भिक जानकारी दिँदै भनेको छ।

    – न्यूज अफ नेपालबाट,

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित

    १ दिन अगाडि

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते

    २ दिन अगाडि

    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा

    ३ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ७ दिन अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    १ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ७ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.