Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बुटवलमा बाइक पड्काउँदै हिँड्ने ११ जना कारबाहीमा

    २६ पुष २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    ???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
    Share
    Facebook Twitter WhatsApp

    बुटवल । सवारी साधनको आवाज र मोडल नै मोडिफाएर गरी  समाजमा ध्वनि प्रदूषण गराउनेमाथि ट्राफिक प्रहरी कार्यालय बुटवलले कारबाही अभियान चलाएको छ ।

    मोटरसाइकलको साइलेन्सर मोडिफाई (परिमार्जन) गरेर चर्को आवाजमा पड्काउँदै हिड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्नुका साथै जारिवानाका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको कार्यलयका प्रमुख, श्यामबहादुर खत्रीले बताए । 

    ‘चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने, सडकमा अन्य सवारीका साधनलाई समेत जोखिम हुनेगरी स्टण्टबाजी गर्ने, मोटर साइकल तथा स्कुटरको स्वरुप परिवर्तन गर्ने लगायतका गतिविधिमा संलग्नलाई कारबाही अभियान अघि बढाएका छौं ।’–प्रहरी उपरीक्षक खत्रीले भने, ‘हेलो सरकारमार्फत जनताले दिएको सूचना तथा गुनासा, सामाजिक सञ्जालहरुमा आएका भिडियो तथा पोष्टहरु लगायतका आधारमा त्यस्ता गतिविधिलाई नियन्त्रणमा लिएर कारबाही गर्छौं ।’

    इलाका प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक प्रहरी कार्यालयले विहीबार एकै दिनमा ११ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । यसैगरी यसअघि विभिन्न समयमा नियन्त्रणमा ल्याएकासहित १७ वटा मोटरसाइकललाई जरिवानासहित कारबाही प्रक्रिया अघि बढेको शुक्रबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी गराइएको छ ।

    ट्राफिक प्रहीले चालू आर्थिक वर्षमा ६१ वटा मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर जनही १० हजारका दरले जरिवाना गरी ६ लाख १० हजार राश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु सुधन न्यौपानेका अनुसार ट्राफिक प्रहरी कार्यालयको सिफारिसको आधारमा यातायात व्यवस्था कार्यालय बुटवलले कारबाहीमा परेका सवारीधनीबाट जरिवाना बापतको राजश्व उठाउँदै आएको छ । 

    ट्राफिक प्रहरीले बुटवल बजारमा मोटरसाइकल स्टण्ट गरी सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका आधारमा ३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

    सडकमा गरिने स्टण्टबाजी, स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण लगायका गतिविधिले शान्ति सुरक्षामा समेत खलल पगेको भन्दैै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, विजयराज पण्डितले अभियानलाई सशक्त बनाउने बताए । 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    २ घण्टा अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    २ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ३ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ३ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    ६ दिन अगाडि

    रेशम चौधरीको उम्मेदवारी रद्द

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    २ घण्टा अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    २ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ३ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ३ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    ६ दिन अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    १ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    १ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    १ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.