Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    काँकरभिट्टा क्याम्पसको अध्यक्षमा दुर्गाप्रसाद सापकोटा

    २६ पुष २०८१, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट८ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । काँकरभिट्टा  खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुई जना बयोवृद्धासहित उत्कृष्ट सेवाग्राही तथा कर्मचारीलाई सम्मान गर्दै २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

    संस्थाले बिगतमा खानेपानीको अभाव हुँदा टिनको भारमा पानी बोकेर बितरण गर्ने स्थानीय दुई जना बयोवृद्धाहरु मेचीनगर-६ का धुम्मलाल राजबंशी र कप्तान राजबंशीलाई नगदसहित सम्मान गरेको हो । IMG_20250110_121204

    २०३५ सालपछि काँकरभिट्टामा पानीको चरम अभाव हुँदा सम्मानित राजबंशीद्वय लगायतले सर्वसाधारण र बजारमा पानीको अभाव टार्न टिनको भारमा पानी बोकेर तिर्खाको प्यास मेटाएका थिए । सो क्षेत्रमा चट्टानसहित टापु रहेकाले ट्युवेल गाड्न सकस भइ पानीको हाहाकार हुने गरेको थियो । धुम्मलाल राजबंशी र कप्तान राजबंशीले १ किलोमीटरबढी दुरिको इनारबाट टिनको भारमा बोकेर पानी बितरण गर्दै आएका थिए ।

    त्यस्तै खानेपानीको १२ वर्षयता जरिवानारहित छुट पाउँदै आएका मेचीनगर-५ का पुर्णबहार राई, कार्यालयमा टिपोट तथा माइन्युट लेखन गर्दै सहयोग पुर्याउदै आएकी मेचीनगर-३ कि  रमा भण्डारी र फिल्ड कर्मचारी छबिलाल लिम्बूलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।IMG_20250110_122032

    संस्थाको २९ औं बार्षिक साधारण सभाका प्रमुख अतिथि सांसद बिश्वप्रकाश शर्मा, विशेष अतिथि मेचीनगरका पुर्वमेयर बिमल आचार्य सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद विश्वप्रकाश शर्माले पानी प्रकृतीका जीव र मानिसको प्राण बचाउने आधार भएकाले बताए । भारमा बोकेको पानी खाएर हुर्केको जीवन भएकाले संस्थाले इतिहासको सम्मान र अवस्थाको ज्ञान बाड्न खोजेकोप्रती प्रशंसा गरेका थिए ।संस्थाले अपनाएको सिद्धान्त `समय, सम्पति र पानीको सदुपयोग गरौं´ शब्द आफैमा उच्च राम्रो बिचार भएको जनाउदै समाजमा लागू गर्नुपर्नेमा जोड दिएका थिए । IMG_20250110_124843

    कार्यक्रममा प्रमुख संघीय खानेपानी तथा ढल ब्यवस्थापन बिभाग मन्त्रालयका प्रमुख सुरजलाल चौधरी, मेचीनगरका पुर्वमेयर बिमल आचार्य, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रकाश भण्डारी, नेकपा एमालेका प्रदेश सदस्य देबकुमार राई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ध्रुव ओली, राप्रपा नेपालका कार्यवहाक अध्यक्ष ओमबहादुर बिष्ट, जसपाका नगर अध्यक्ष धनकुमार राईले काँकरभिट्टा खानेपानी संस्थाको चर्चा गरेका थिए।IMG_20250110_133802 1

    कार्यक्रममा रोहितकुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले ब्याजदर आयकर र विद्युत महसुल सहुलियत गर्न सांसद शर्मालाई आग्रह गरेका थिए । उनले आफ्नो कार्यकालको २०६ दिनमा गरेका प्रगति, आम्दानी-खर्च तथा पानी बिस्तार गर्ने बिषयसहित खरिद समिति गठन, सभाषद् गठन, नागरिक वडापत्र, कवाडी ब्यवस्थापन, अडिट रिपोर्टको बिषयमा उल्लेखित प्रतिवेदन बाचन गरेका थिए ।  संस्थाका ब्यवस्थापक दिपक पोख्रेलले सम्मानपत्र वाचन कार्यक्रमकाे सञ्चालन विशाल तामाङले गरेका थिए ।

    अनुगमन,

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

    ३ दिन अगाडि

    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध

    ४ दिन अगाडि

    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

    १ हप्ता अगाडि

    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

    २ हप्ता अगाडि

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    ३ हप्ता अगाडि

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध
    ३ दिन अगाडि
    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध
    ४ दिन अगाडि
    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने
    १ हप्ता अगाडि
    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा
    २ हप्ता अगाडि
    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम
    ३ हप्ता अगाडि
    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
    ३ हप्ता अगाडि
    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार
    ३ हप्ता अगाडि
    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?
    ४ हप्ता अगाडि
    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन
    ४ हप्ता अगाडि
    सफल नेतृत्वको खोजी: शक्ति कि सेवा ?
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.