Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ११ औं बार्षिक साधारण सभा मनाए कृपा फ्रि मेथोडिस्ट चर्चले, दुइ बर्षे परिषद गठन

    २७ पुष २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट४ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काँकरभिट्टाको आफ्नै चर्च भवनमा ११ औं बार्षिक साधारण सभाले रेभ शमूएल तामाङको अध्यक्षतामा २ पदेन सदस्यसहित १६ सदस्यीय परिषद गठन भएको हो ।

    कृपा फ्रि मेथोडिस्ट चर्च परिषदको सचिवमा डिकन होमराज राई, कोषाध्यक्ष डिकन डि वी राना चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा डिकन रेखा पुन, गुरुआमा लिली तामाङ, रुथ सुब्बा, कला राई, सन बहादुर थापा, रन्जना सुजी, शुसिला तामाङ, दिना तामाङ, उमेश लामा, अर्जुन मुखिया र बिकास गुरुङ गठन भएका छन् भने पदेन सदस्यमा आमा दिदीबहिनी संगतीका अध्यक्ष दिलु मुखिया र जवान संगतीका अगुवा हेमकुमार मगर गरी जम्मा १६ सदस्य पूर्ण परिषद सभाले अनुमोदन गरेको छ ।

    नयाँ परिषदलाई सभाका प्रमुख अतिथि एल्डर दिल राईले कार्यकाल सफलता साथै अभिषेकको प्रार्थना गरिदिनुभएको थियो ।

    बार्षिक सभाका प्रमुख अतिथि राईले २०२४ का बितेका दिनहरु भुलेर अब नयाँ २०२५ को नयाँ कुराहरुतिर अघि लम्कऔं । अब कहिल्यै नसुनेका सुन्नेछौं, कहिले नदेखेका कुरा देख्नेछौं र निराशका कुरा भूलेर नयाँ आशामा जिउनेछौं । त्यसैले नयाँ अठोट गर्नुपर्नेछ । हाम्रो जीवनमा अभाव र कठीनाइको बाटो भएरु जाँदा गाह्रो होला तर परमेश्वरपतिको आफ्नो बिशवासलाई पक्रिराख्नु पर्दछ । जसरी अय्यूवले आफ्नो बिश्वास पक्रिराखेका थिए र त्यसपछिको अय्यूवको जीवन आशिषमय भएर गएको थियो भन्दै उत्साह दिनुभएको थियो ।

    पास्टरको सम्बोधन,

    बार्षिक सभाका सभाध्यक्ष रेभ शमूएल तामाङले आफ्नो सम्बोधनको क्रममा भन्नुभयो, – मिशन के हो ? त्यसको भावनालाई मण्डलीले बुझ्नु पर्दछ । मिशन शब्द आफैमा गहन अर्थ बोकेको शब्द हो । यसैले विभिन्न संघ–संस्थाहरुले पनि विशेष उद्धेश्यमा जोडिन र पुरा गर्नेकार्यलाई, मिशन भन्ने गरेको पाईन्छ। परमेश्वरको पनि मिशन थियो जुन हामी बाइबलको पुरानो र नयाँ नियम दुबैमा पाइन्छ । पुरानो नियममा मिशन भन्ने शब्द ल्याटिन भाषाको मित्तेरे” भन्ने शब्दबाट “मिसिया” हुदै मिशन शब्द बनेको देखिन्छ, पछि मित्तेरे शब्दलाई ग्रीकमा अनुवाद गर्दा एपोस्टल अर्थात प्रेरित जस्को अर्थ पठाउनु वा पठाइएको भन्ने हो । परमेश्वर यशैया ६ः८,९ मा यसरी भन्नुहुन्छ म कसलाई पठाउ र मेरो निम्ति को जाने ?” यसरी पुरानो करारमा मिशनसंग जोडिएको धेरै कुराहरु पाईन्छ। पुरानो करारमा परमेश्वरको मिशन भनेको सर्वाङ्गीण मिशनको योजना थियो ।

    परमेश्वरले हामीलाई केवल आत्मिकी कुराहरु र सुसमाचारको निम्ति मात्र होइन तर सर्वाङ्गीण विकासको मिशन लिएर अगाडि बड्नलाई बोलाउनु भएको छ। यर्सथ मण्डलीको सर्वाङ्गीण मिशनको रणनिति अनुसार कृपा फ्रि मेथोडिष्ट चर्चको अगामी वर्षहरुको मिशन रणनितिहरु, परमेश्वरसंग ठीक सम्बन्धमा बिकास हुनु, सुसमाचार सुनाउनु मानिसहरुलाई सिकाउनु वा तालिम दिनु चेला निर्माण गर्नु, दया देखाउनु ,ठिक न्याय गर्नु र यसको निम्ति पैरवी गर्नु, सृष्टिको असल रेखदेख गर्नु जिम्मा दिनुभएको यहि मिशन अनुसार कार्यहरु गरिनु पर्ने सम्बोधनमा भन्नुभयो ।

    सेवकाईको बार्षिक प्रगती बिबरण र २०२५ को बार्षिक कार्ययोजना प्रस्तुत ः

    सभामा सचिब होमराज राईले २०२४ को प्रगती बिबरण र २०२५ को बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
    बिगतमा भएका मण्डली आत्मिक सेवकाई,मण्डलीको आर्थिक उन्नती,मण्डलीको भौतिक बिकास, सामाजिक सेवा बारेमा प्रस्तुत गरेका थिए भने २०२५ को आत्मिक बिकास तर्फ, सु–समाचार तर्फ,भौतिक बिकास तर्फ, सामाजिक सेवा तर्फ र अन्य बिबिध कार्यक्रम कार्ययोजनाको बारेमा समारोहमा प्रस्तुत गरेका थिए ।

    कृपा फ्रि मेथोडिस्ट चर्चको बार्षिक आया–ब्याय प्रस्तुत ः

    कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभामा कोषाध्यक्ष डिकन डि बी रानाले २०२४ को आर्थिक आय–ब्याय बिबरण प्रस्तुत गरेका थिए । कोषाध्यक्ष रानाले भने चर्चको आम्दान भनेको दशंस भेटी, आराधना भेटी,सुसमाचार भेटी, प्रार्थना भेटी, अनुदान भेटी, पहिलो पलबाट,क्याटेरिङ्गलगायतको बिषयबाट संकलन भइ चर्चको बिभिन्न आत्मिक बिकास, भौतिक बिकास, सामाजिक बिकास र सेवकाईमा खर्च हुने बताउनु भयो । डिकन रानाले सबै परिवारको दिने हृदय भएकोमा धन्यबाद दिनुभएको थियो ।

    त्यसैगरी आमा दिदीबहिनी संगतीका कोषाध्यक्ष किमला रानाले २०२४ को आर्थिक आय–ब्याय बिबरण प्रस्तुत गरेकी थिइन । कोषाध्यक्ष रानाले भने आमा दिदीबहिनी संगतीको आम्दान भनेको उपबास प्रार्थना भेटी, केहि बिरामी सहयोग भेटीमा भएका यस बर्षमा आम्दान भन्दा खर्च बढिभएर घाटामा गएको बताउनुभयो । कोषध्यक्ष रानाले भनिन् सहयोगी हातहरुलाई धन्यबाद दिनुभएको थियो ।

    भौतिक सम्पती बिबरण

    कृपा फ्रि मेथोडिस्ट चर्च काँकरभिट्टाले ११ औं बार्षिक साधारण सभामा गुरुआमा लिली तामाङले २०२४ सम्ममा भएको भौतिक सम्पत्ती बिबरण प्रस्तुत गर्नु भएकी थिइन् । बिश्वासीहरुको सहयोगमा बिभिन्न किसिमका भौतिक प्रयोगात्मक साधनहरु चर्च बिश्वासीहरुले दिइरहनु भएकोले गर्दा चर्चलाई टेवा पुगेको छ । त्यसैले यहाँहरुको महान दिने हृदय र चर्चलाई गर्नुभएको प्रार्थना उत्तर भएको बताउनु भयो ।

    परिवारिक संखया ः

    साधारण सभामा चर्चका मिशनेरी रुथ सुब्बाले २०२४ सम्ममा भएको पारिवारि बिबरण प्रस्तुत गर्नु भएकी थिइन् । बिश्वासीहरुको संख्या यस बर्ष केहि मात्र बढेकाले अब उप्रान्त परिवार सम्बन्धि चासो देखाउनु पर्ने उनको भनाइ थियो ।

    यूवा र बाल संगतीको आय–ब्याय बिबरण

    त्यसैगरी जवान संगती र बाल संगतीको बार्षिक आय–बयाय यूवा संगतीका कोषाध्यक्ष जोन रानाले प्रस्तुत गरेका थिए । यस २०२४ को आर्थिक ख्रीष्टमस कार्यक्रममा बालबालिकाहरुलाई उपहार बितरण गरिएकाले आर्थिक अवस्था अहिले सुन्यमा रहेको कोषाध्यक्ष रानाले बताएका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.