Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने

    १ माघ २०८२, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१४ घण्टा अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ।
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले माघ ४ गते राजीनामा दिने तयारीपछि कामपा सहरी योजना आयोग भंग जस्तै हुने भएको छ। मेयरसँगै आयोगमा कार्यरत उपाध्यक्ष, विज्ञ तथा सहायक विज्ञ गरी करिब २५ जनाको पद स्वतः खारेज हुनेछ।

    कानुनअनुसार सहरी योजना आयोगका अध्यक्ष मेयर नै हुने व्यवस्था भएकाले मेयर साह पदबाट अलग भएपछि आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारीसहित पदाधिकारीको जिम्मेवारी समाप्त हुनेछ। राजभण्डारीले आफूले दोहोरिएर नियुक्ति पाएकाले राजीनामा नदिनुपर्ने तर्क गरे पनि ऐनले उनको पद स्वतः रिक्त हुने स्पष्ट उल्लेख गरेको कामपा स्रोत बताउँछ।

    २०७५ मा बनेको सहरी योजना आयोग गठन तथा सञ्चालन कार्यविधिअनुसार उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका र प्रमुखद्वारा नियुक्त सदस्य गरी आयोग विस्तार हुने विधि छ। मेयर साह पदमुक्त हुनेबित्तिकै विज्ञ र सहायक विज्ञ पनि रहित हुने प्रावधान दफा ११ ‘क’ र दफा १७ मा उल्लेख छ।

    हाल आयोगमा ६ जना विज्ञ र १५ जना सहायक विज्ञ गरी २१ जना कार्यरत छन्। विज्ञतामूलक क्षेत्रबाट मनोनयन भएका यिनीहरूले छैटौँदेखि आठौँ तह तहसम्मको सुविधा पाउँदै आएका थिए।

    मेयर साहले राजीनामा दिएपछि ५ गते जनकपुरमा हुने रास्वपाको चुनावी घोषणासभा सम्बोधन गर्ने कार्यक्रम तयार छ। उहाँले झापा–५ बाट प्रतिनिधि सभा चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन्। मेयरको टोलीका अन्य सदस्य पनि महानगर छाड्ने तयारीमा छन्।
    स्वकीय सचिव भूपदेव साह अछामबाट, कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डे काठमाडौं–४ बाट उठ्ने तयारीमा रहेको जनाइएको छ।

    सचिवालयले प्रयोग भएका सम्पूर्ण सामग्री फिर्ताको काम सुरु भइसकेको छ। बाँकी तीन दिनमै मेयर र उनको टोली बिदा हुने भनिएको छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व

    १ दिन अगाडि

    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा

    ३ दिन अगाडि

    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्

    ४ दिन अगाडि

    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

    २ हप्ता अगाडि

    नागरिकता नियमावली चौथो पटक संशोधन

    ३ हप्ता अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न

    ३ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    You must be logged in to post a comment.

    धेरै पढिएका खबर

    मेयर बालेनले माघ ४ गते राजीनामा दिने: बालेनको राजीनामासँगै कामपा सहरी योजना आयोगका सबै पद रिक्त हुने
    १४ घण्टा अगाडि
    माघे संक्रान्ति : प्रकृति, परम्परा र पहिचानको पर्व
    १ दिन अगाडि
    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा
    ३ दिन अगाडि
    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    ४ दिन अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    २ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    ३ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश
    ३ हप्ता अगाडि
    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    १ महिना अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.