Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    इसाई चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो

    इसाई हरुको चर्चहरुको कथा बस्तुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र 'भुगोल' को धरानमा प्रिमिएर शो गरिएकोछ ।
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    ७ माघ २०८०, आईतवार,

    धरान / इसाई हरुको चर्चहरुको कथा बस्तुलाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘भुगोल’ को धरानमा प्रिमिएर शो गरिएकोछ । धरान १५ स्थित अनुग्रह चर्चमा भएको प्रिमिएर शो मा धरानका बिभिन्न चर्चका रेभरेन्ट, पास्टरहरु, जवान अगुवाहरुको उपस्थिती रहेको थियो ।

    धरानमा पहिलो पटक प्रिमिएर गरिएको हुनाले सबै चर्चसम्म पुग्न सजिलो होस भनेर सुरुमा पास्टर अगुवाहरुलाई मात्र बिशेष शो गरिएको स्थानिय संयोजक कपिल सुनारले जानकारी दिए । धरानमा धेरै चर्चहरुछन सबैमा पुगेर फिल्मको बारे बताउन महिनौ लाग्छ, फिल्म चर्च सम्म पुग्नु भन्दा अगाडी कुनै बिबाद नहोस भन्ने उद्देश्यले प्रचार प्रसार स्वरुप पास्टर अगुवाहरुको लागी शो राखेर उहाहरु मार्फत सबै चर्चहरुमा खबर पुर्याएर पुन अन्य शो हरु गर्ने योजना रहेको सुनारले बताए ।

    चलचित्र हेरिसके पछी राखिएको छोटो अन्तर्कृया कार्यक्रममा हेर्ने दर्शक पास्टरहरुले ‘भुगोल’ को मुक्त्तकण्ठले प्रशंसा गरे । दर्शक मध्येका स्थानिय चर्च अनुग्रह चर्चका पास्टर पर्शु गुरुङले हाल नेपालका मण्डलीहरुमा भुगोल को कथा जस्ताइ घटना भैरहेको ले यो कथा हरेक चर्चहरुको भएको बताए । उनले चलचित्रको पात्रहरुको जीवन्त अभिनय रहेको ले आफु प्रभावित भएको बताए ।

    म्युजिक धुन ले मन छुएन , चलचित्रका कलाकार विनयको सहनशिलता,धैर्यताबाट अहिलेका इसाई जवानहरुले धेरै कुरा सिक्न सक्ने गुरुङको भनाइ छ । जवानलाई मात्र हैन चर्चका अगुवा पास्टरहरुको लागी पनि निकै शिक्षा दिएकोले सबै इसाहरुले एकपटक हेर्नै पर्ने चलचित्र बनेको उनको दावी छ। यतिका राम्रो हुँदाहुँदै पनि फिल्म को कथाबस्तु अनुसार कहीकतै म्युजिकको धुन र अन्तिममा बेहुलीको पहिरनले अलिक खल्लो लागेको गुणासो गुरुङको थियो ।

    अर्का दर्शक इमानुएल चर्चका -रेभ शामुएल राईले कलाकारहरुको अभिनय जिवन्त रहेकोले अन्य चलचित्र भन्दा भुगोल हेर्दा छुट्टै आनन्द लागेको बताए । उनले भुगोलबाट मानिसको जीवनमा आइपर्ने दुखान्त् या सुखान्त पनि परमेश्वरको इच्छाबाट भन्ने प्रस्ट छ, जवानहरुलाई बिहेको बारेमा धैर्यता र परमेश्वरको डर, मा रहने कुरा सिकाएकोले आफुलाई निकै मन परेको राईले सुनाए ।

    पास्टर सुर्य तमाङले फिल्म हेरेपछी अरुलाइ दोष नलगाइ सम्पुर्ण आँफैमा आत्मबल र प्रभुमा प्रार्थाना सहित राख्यौ भने सम्पूर्ण कुरा सम्भव रहेको बताए । मानिसमा आक्रोस आउछ, तर संयमता हुन सिक्नु पर्ने कुरा फिल्मले गज्जबले प्रस्तुत गरेकोले सबै इसाई जवानहरुले हेर्नलाई आग्रह गरे ।

    रे अफ होप प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘भुगोल’ रोही फिलडेल्फि पाले निर्माण गरेको हो । फिल्मको सह निर्माता ओम गुरुङ
    प्रताप गुरुङ र रत्न गुरुङ छन । श्याम राई र जमन बिष्टले लेखेको फिल्मको निर्देशक, स्क्रिन प्ले र सम्पादक पनि जमन बिष्ट हुन । काठमाण्डौ आसापासमा छायांकन गरिएको भुगोलका प्रमुख क्यामेरामेन अनिस स्याङ्देन हुन । ‘भुगोल’ मा अनुप न्यौपाने, एलिना गुरुङ, समृद्यि परियर्, डेक हिङ्माङ लक्ष्मण शर्मा, रेबिका राई , बेन कडेल्, सुनिता पराजुली, क्वानी मोक्तान लगायतको मुख्य भूमिका रहेको छ ।

    धेरै समय अगाडी निर्माण सम्पन्न भएपनी प्रदर्शन नभएको ‘भुगोल’ को काठमण्डौको बिभिन्न चर्चहरुमा शो सम्पन्न भैसकेको छ । काठमाण्डौका दर्शकहरुले धेरै मन परापछी मोफसलका चर्चहरुमा पनि अब प्रदर्शन गर्ने तयारी रहेको स्थानिय संयोजक कपिल सुनारले जानकारी दिए ।

    फिल्ममा केही कलकाहरुहरु र प्राबिधिकहरु प्रोफेशनल भएकाले पनि राम्रो क्वालिटीमा बनेको सुनारको दावी छ । अब केही दिनपछी नै धरानका सम्पूर्ण इसाईहरुले हेर्न पाउने गरी तयारीमा लागिरहेको सुनारले बताएका छन ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ दिन अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    ३ दिन अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    १ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    २ हप्ता अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ दिन अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    ३ दिन अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    १ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    २ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    ३ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ४ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ४ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    ४ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १ महिना अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.