Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    `सूचनाको हक ठिक ढंगले सदुपयोग भएन´-मुख्यमन्त्री कार्की

    सन्देश पोस्टBy सन्देश पोस्ट४ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सूचनाको दुरुपयोग गर्ने क्रम बढेको बताएका छन्। आज विराटनगरमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सूचनाको हकलाई ठिक ढंगले सदुपयोग गर्नुपर्ने बताए । उनले भने, ‘हामी कहाँ अलि बढी खुलापन हुँदा यसको दुरुपयोग पनि बढेको जस्तो देखिन्छ।’

    संविधानले सूचनाको हक ग्यारेन्टी गरेपनि त्यसलाई सही ढंगले परिचालन गर्न तर्फ लाग्नुपर्ने मुख्यमन्त्री कार्कीले औंल्याए । आफूलाई अनुकूल हुने मात्र सूचना दिने प्रवृत्तिको अन्त्य गर्दै समाजलाई सुशिक्षित हुने खालको सूचनाहरू सम्प्रेषण हुनुपर्ने मुख्यमन्त्री कार्कीले बताए।

    सूचनाको हकले पारदर्शिता र जवाफदेहिता बढ्ने भएकाले यसतर्फ ध्यान दिँदै यसलाई राम्ररी प्रयोग गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए । निश्चित व्यक्तिले होइन आम समुदायले सूचनाको सदुपयोग गर्नुपर्ने गरी अघि बढ्नका लागि मुख्यमन्त्री कार्कीले सुझाव दिए ।

    कार्यक्रममा सूचना आयोगका प्रमुख आयुक्त सुरेश आचार्यले स्वच्छ रुपमा काम गर्नेहरूले डराउनु नपर्ने बताए । उनले भने, ‘यदि तपाईं हामीले पारदर्शी ढंगले काम गर्यौ भने सूचना लिने पनि र दिने पनि डराउनु पर्दैन।’

    उनले आयोगले अब अनावश्यक सूचना माग्नेसँग पनि छलफल गर्ने र उनीहरूलाई सतर्क गराउने तर्फ लाग्ने जानकारी दिए। गलत नियत राखेर कसैले पनि सूचना माग्न नहुने र सूचना दिनेले पनि सूचना अपडेट भएर बस्नुपर्ने बताउँदै उनले भने, ‘कर्मचारीहरुले पनि सबै सूचना अपडेट गर्नुपर्छ।’

    सूचना दिन पन्छिने भन्दा पनि पुराना सूचनाहरूलाई अपडेट गर्दै जाँदा झन्झट नहुने उनले बताए । त्यसैगरी आयुक्त गगन बिष्टले सूचना ज्ञान र शक्तिको स्रोत भएकाले यसलाई सदुपयोग गर्नुपर्ने बताए ।

    कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले सूचना लिने र दिनेका बीच नियत राखेर काम गरेमा समस्या उत्पन्न हुने चर्चा गर्दै एकअर्काले सूचना आदान प्रदान गरेमा सहज हुने बताए । उनले अहिलेको प्रमुख समस्या सूचना अभिलेखीकरण भएको बताए । कार्यक्रममा आयोगका सचिव कमल भट्टराईलगायतले धारणा राखेका थिए । 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    १ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    १ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.