Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर पालिकाद्वारा आब २०८१/८२ का लागि स्वीकृत गरेको नीति

    १४ माघ २०८१, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट७ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । झापाको मेचीनगर पालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम तथा बजेटको अवस्थाका बारेमा जानकारी गराएको छ । नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षता सोमबार बसेको अधिवेशनमा नगरसभाको दोस्रो नगरसभा छैठौं अधिवेशनबाट आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत गरेको नीति, कार्यक्रम एबम् कार्यससूचीहरू उपप्रमुख मीना पोख्रेल उप्रेतीले वित्त विवरण प्रस्तुत पेश गरेकी थिइन् ।

    चालु आर्थिक वर्ष २०८१/०८२ को लागि कुल अनुमानित आय २ अर्व १५ करोड ७० लाख २५ हजार १ सय ९३ रुपैयाँ मध्ये चालु तर्फ ९३ करोड ७८ लाख ४६ हजार ९१९ एवम् पूँजीगत तर्फ १ अर्ब २१ करोड ९१ लाख ७८ हजार २ सय ७४ बिनियोजन भएको अधिवेशनमा जानकारी गराएकी थिइन्  ।

    अनुमानित आयतर्फ माघ १३ गतेसम्म नगरले करिब ९२ करोड ९ लाख ६६ हजार आम्दानी गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन् । त्यस्तै उनले नेपाल सरकार समानीकरण अनुदान तर्फ १२ करोड ४७ लाख ५० हजार, नेपाल सरकार सःशर्त अनुदान चालु तर्फ २७ करोड ६२ लाख ५२ हजार, नेपाल सरकार सःशर्त अनुदान पूँजीगत तर्फ १७ करोड ८७ लाख ३८ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ १ करोड ६ लाख ४५ हजार, संघीय राजश्व बाँडफाँड अन्तर्गत मुल्य अभिवृद्धि कर तर्फ ६ करोड १५ लाख ४ हजार, अन्तःशुल्क तर्फ १ करोड १७ लाख १७ हजार, आन्तरिक श्रोत तर्फ ७ करोड ८२ लाख ८३ हजार तथा अघिल्लो आर्थिक वर्षको मौज्दात १९ करोड १९ लाख ६१ हजार आम्दानी भएको छ जुन प्रस्तावित आयको ४२ दशमलव ६९ प्रतिशत रहेको छ बताइन् ।

    व्ययतर्फ हालसम्म संघीय सरकार समानीकरण अनुदान तर्फ २ करोड २२ लाख ४७ हजार, संघीय सरकार सःशर्त अनुदान चालु तर्फ २० करोड ३ लाख ८ हजार, संघीय सरकार सशर्त अनुदान पूँजीगत तर्फ १० करोड ७१ लाख २९ हजार, स्थानीय राजश्व बाँडफाँड तर्फ ५८ लाख ६२ हजार, संघीय राजश्व बाँडफाँड तर्फ २ करोड ७२ लाख ५८ हजार तथा आन्तरिक श्रोततर्फ ११ करोड १६ लाख ७७ हजार खर्च भएको छ जसमध्ये कुल चालु खर्चतर्फ ३२ करोड ९ लाख २३ हजार ८३ अर्थात ३४ दशमलब २२ प्रतिशत र पूँजीगत तर्फ १५ करोड ३५ लाख ६१ हजार ७ सय ९६ अर्थात १२ दशमलब ६ प्रतिशत गरी कुल खर्च जम्मा ४७ करोड ४४ लाख ८४ हजार ८ सय ७९ रहेको छ जुन २१ दशमलब ९९ प्रतिशत रहेको राजस्व परामर्श समितिका संयोजक समेत रहेकी उपप्रमुख उप्रेतीले  जानकारी दिइन् ।

    नगरसभामा विषयगत संयोजक मार्फत अर्ध बार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिका संयोजक तिलजा देवान, सुशासन तथा क्षमता विकास समितिका संयोजक माया प्याकुरेल,पूर्वाधार विकास समिति संयोजक चित्र धिमाल, सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, बन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक गुणराज भट्टराई विधेयक समिति सदस्य मीनमाया सुब्बा, लेखा समिति संयोजक कविता मिजार र न्यायिक समितिका सदस्य कुन्दन निरौलाले आ–आफ्नो बिषयगत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    विभिन्न प्रतिवेदन अध्ययन गरी आ आफ्नो विचार र धारणा प्रस्तुत गर्नका लागि अर्काे बैठक माघ २५ गते बोलाइएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत एवम नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले सभा सञ्चालनको विधिका विषयमा जानकारी गराएका थिए । सभामा नगरका १ देखि १५ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरु नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

    ४ दिन अगाडि

    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध

    ५ दिन अगाडि

    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

    १ हप्ता अगाडि

    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा

    २ हप्ता अगाडि

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    ३ हप्ता अगाडि

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    असोज ३ देखि ज्यामिरगढीमा प्रथम त्रिवेणी च्यालेञ्ज कप हुने
    ३ घण्टा अगाडि
    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध
    ४ दिन अगाडि
    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध
    ५ दिन अगाडि
    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने
    १ हप्ता अगाडि
    व्यवसायी दुर्गा प्रसाईंको राजनीतिक दल खोल्ने घोषणा
    २ हप्ता अगाडि
    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम
    ३ हप्ता अगाडि
    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
    ३ हप्ता अगाडि
    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार
    ३ हप्ता अगाडि
    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?
    ४ हप्ता अगाडि
    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.