
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन गृह मन्त्रालयले निर्वाचन आचारसंहिता उल्लङ्घनका सम्भावित घटना रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले बिहीबार परिपत्र जारी गर्दै निर्वाचन आचारसंहिताको नियमित अनुगमन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनेको हो। साथै, आचारसंहिता कार्यान्वयनका क्रममा गरिएका गतिविधिबारे नियमित रूपमा मन्त्रालयमा प्रतिवेदन पेश गर्न पनि निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरिसकेको छ।
