Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    दयाहाङको स्वीकारोक्ति- ‘मैले अलि बढी नै फिल्म गरेँ’

    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं,

    यतिबेला नेपाली फिल्म क्षेत्रका मियो हुन्, दयाहाङ राई । उनकै वरिपरि फिल्म क्षेत्र घुमेको छ । यस वर्ष घोषणा भएका फिल्मदेखि प्रदर्शन हुन लागेका फिल्मसम्म प्रायः दयाहाङका छन् ।

    अहिले उनको नियति कस्तो आएको छ भने आफ्नै फिल्म भिड्न थालेका छन् । गत बैशाख १ गते ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । अब यही माघ २६ मा ‘हात्तीछाप’ र ‘दयारानी’ भिड्दैछन् ।

    आफ्नै फिल्म एउटै मितिमा रिलिज हुनुलाई दयाहाङले नयाँ अनुभव मानेका छन् । आफूले धेरै फिल्ममा काम गरेकाले यो अवस्था आएको पनि उनको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘यस वर्ष दुईटा मितिमा गरि मेरो चारवटा फिल्म प्रदर्शनमा आए ।

    यसले मलाई अर्को अनुभव बटुल्ने मौका दिएको छ । मैले अलि बढी नै फिल्म गरेका कारणले पनि यो अवस्था आएको हो कि भन्ने लागेको छ ।’

    फिल्म नगरुम् भन्ने अवस्था पनि नरहेको उनको तर्क छ । काम गर्नैपर्ने बाध्यता रहेको उनी बताउँछन् । तर, अबको एक वर्ष नयाँ फिल्म सम्झौता गर्ने सोचमा उनी छैनन् ।

    उनी भन्छन्, ‘मैले तत्काल नयाँ फिल्म साइन गर्न मानेको छैन । अब जति पनि फिल्ममा मैले काम गर्नुपर्नेछ, त्यो एक/डेढ वर्ष अगाडि नै सम्झौता गरेको थिएँ । सम्भवतः अबको एक वर्षसम्म नयाँ फिल्म साइन गर्दिनँ ।’

    नयाँ फिल्म सम्झौता नगरे पनि घोषणा हुन ५ वटा फिल्म अझै बाँकी रहेको दयाहाङले खुलासा गरेका छन् । ‘घोषणा नभएका तर मैले काम गर्ने वचन दिएका अझै ५ वटा फिल्म छन् ।

    ती फिल्म कुनै दिन घोषणा हुन सक्छन्, त्यसबेला फेरि नयाँ फिल्म सम्झौता गरेछ भन्ने चाहिँ नपरोस्,’ उनले स्पष्ट पारे । अहिले उनलाई आफ्नो ‘पाइपलाइन’मा कतिवटा फिल्म छन् भन्ने समेत कन्ठस्थ छैन ।

    एकसाथ प्रदर्शन हुन लागेका ‘हात्तीछाप’ र ‘दयारानी’ वर्षौंपछि हेर्दा पनि ताजगी लाग्ने दयाहाङको विश्वास छ । उनी भन्छन्, ‘बनेको हिसाबले ‘दयारानी’ पुरानो हो । यो फिल्म ५ वर्ष अगाडि नै बनेको थियो । तर, यसको कथा वर्षौंसम्म पनि ताजा रहन्छ भन्ने मलाई लाग्छ । ‘हात्तीछाप’ पनि वर्षौंसम्म ताजा रहिरहँला ।

    यी दुईवटै फिल्मको स्वाद फरक छ । त्यसैले दर्शक पनि फरक हुन सक्छन् ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १९ घण्टा अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ दिन अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    ३ दिन अगाडि

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    ४ दिन अगाडि

    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष

    ५ दिन अगाडि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १९ घण्टा अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ दिन अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    ३ दिन अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    ४ दिन अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    ५ दिन अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    १ हप्ता अगाडि
    चार पहिचानबादी पार्टीको संयुक्त पहिचानवादी मोर्चा तयार
    २ हप्ता अगाडि
    पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै राप्रपाले गरे प्रदर्शन 
    १ महिना अगाडि
    तीनकुने घटनामा पक्राउ पर्नेकाे संख्या १११ जना पुग्यो
    १ महिना अगाडि
    राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा लगाए आगो
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.