Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    केपी ओली नेतृत्वको सरकार ढलेपछि देशमा निराशा छायो : शंकर पोखरेल

    २२ माघ २०८०, सोमबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्व सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला सो सरकार ढाल्ने काम गरिएको बताएका छन् ।

    नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले सरकार ढलेसँगै जनतामा निराशा जागेको बताए ।

    एउटा गतिमा काम गरिरहेको सरकार ढालेर विकासका काम ठप्प पार्दा नागरिकमा निराशा छाउनु स्वाभाविक भएको पोखरेलको भनाइ छ ।

    महासचिव पोखरेलले केपी ओली नेतृत्व सरकारले अभूतपूर्व काम गरेको बताए। मनमोहन अधिकारी नेतृत्वकाे सरकारले गरेको लोककल्याणकारी सरकारको कामलाई विस्तार गरी काम गरिरहेको केपी ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि नेपाली जनतामा निराशा बढेको पोखरेलले टिप्पणी गरे ।

    काम गरिरहेको सरकारलाई अलोकतान्त्रिक विधिबाट षडयन्त्रपूर्ण तरिकाले हटाएको पोखरेलको भनाइ छ । दलीय अनुशासन उलङ्घन गरी आफ्नै पार्टीका नेताहरू ओली नेतृत्वको सरकार हटाउन लागेका पोखरेलले बताए ।

    कम्युनिष्ट पार्टीको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउन पुग्ने पुष्पकमल दाहाल र माधव नेपाल कम्युनिष्ट नभएको पोखरेलले बताए ।

    ‘अब नेपालमा कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने सामर्थ्य अरू कुनै पार्टीसँग रहेन, अब त्यो नेकपा एमालेसँग मात्रै छ’, पोखरेलले भने।

    नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी बलियो बनाएर अघि बढाउनु पर्ने बताउँदै सबै कम्युनिष्टलाई एकताबद्ध गरी एमालेलाई एक बनाएर लैजानु पर्ने उनले बताए

    पोखरेलले मुलुकमा आर्थिक सामाजिक रूपान्तरणको आवश्यकता रहेको बताए । त्यसको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने बताउँदै पोखरेलले त्यसको लागि नेकपा एमालेलाई अघि बढाउन एकताबद्ध हुनुपर्नेमा जोड दिए।

    देशलाई माया गर्ने, स्वाभिमानको पक्षमा लागेका, स्थिरताको पक्षमा रहेका र स्वाधीनताको आन्दोलनमा रहेका सबैलाई पोखरेलले नेकपा एमालेमा एकताबद्ध हुन आह्वान गरे । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउँदा मात्र देशले समृद्धिको लक्ष हासिल गर्ने उनको धारणा छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ७ घण्टा अगाडि

    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

    ८ घण्टा अगाडि

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

    २ दिन अगाडि

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ४ दिन अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ४ दिन अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    ७ घण्टा अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    ८ घण्टा अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    २ दिन अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ४ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ४ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    १ हप्ता अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    २ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    २ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.