Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    गायिका मेनुका पौडेललाई गृहजिल्ला झापामा भव्य स्वागत

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभिट्टा । चर्चित भारतीय टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० बाट बाहिरिएकी नेपाली चेली मेनुका पौडेललाई सीमावर्ती शहर काँकरभिट्टामा सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ ।

    भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अविर, खादा र माला पहिर्याएर उत्सव मनाएका थिए ।

    “धेरैपछि आज नेपाल आएको छु” स्वागतार्थ प्रतीक्षामा बसेका समर्थकहरुप्रति खुशी व्यक्त गर्दै उनले भनिन्,“सबैलाई नमस्कार, आइडलको स्टेज मेरो लागि एकदमै उत्कृष्ट रह्यो, सुरुदेखि अहिलेसम्मका गीतहरु मेरा लागि ठूलो अनुभूति भयो ।”

    त्यसक्रममा उनले नेपाली कला र संस्कृति जोगाउनुपर्ने कुरा राख्दै त्यसका लागि नेपाल सरकारलाई आग्रह गरिन् । गायिका पौडेलको स्वागतका लागि संविधानसभा सदस्य उषा गुरुङ, महिला नेतृहरु राधा कार्की, बिटु गुरुङ, बबिता पाण्डे, सामाजिक अगुवा नारायण बस्नेत, युवा व्यवसायी सुरज सुवेदीलगायत उपस्थित थिए ।

    मेची पुल, काँकरभिट्टा बजारलगायतका स्थानमा गरिएको अभिनन्दनका क्रममा जिल्ला नेत्रहिन संघ झापा, हल्दिबारी गाउँपालिकावासी, वीरता लेडी जेसीज विर्तामोड, मेची सामुदायिक सेवा केन्द्रलगायत काँकरभिट्टावासी सहभागी थिए ।

    उक्त रियालिटी शोमा आफ्नो प्रस्तुति दिएर नेपाललाई विश्वभर चिनाएकी गायिका पौडेलको स्वागत तथा अभिनन्दनका लागि बिहानैदेखि काँकरभिट्टा बजारमा विभिन्न संघ संस्था र स्थानीय भेला भएका थिए ।मेनुका नेपाल आउँदै गरेको खबर पाएपछि उनका समर्थक एवं संगीतप्रेमीहरु ‘नेपालीहरुको शान, मेनुका पौडेलप्रति उच्च सम्मान’ लेखिएको ब्यानर बोकेर प्रत्यक्षरुपमा बधाई दिन पर्खिरहेका थिए ।

    विर्तामोडस्थित सप्तक संगीत विद्यालयको अगुवाईमा काँकरभिट्टाबाट सुरु भएको अभिनन्दन र्यालीले धुलाबारी, चारआली हुँदै विर्तामोड नगरको परिक्रमा गरेको छ ।

    उनलाई सो विद्यालयका संस्थापक एवं गुरु सरोज वत्स, चर्चित हास्य कलाकार बिल्सनविक्रम राईलगायतको टोली बिहानै भारतको बागडोग्रा एयरपोर्ट प्रस्थान गरेको थियो ।

    झापाको हल्दिबारी गाउँपालिका–४, जलथल वडाबारीकी उनले उक्त रियालिटी शोमा प्रतिस्पर्धा गरी संसारलाई चकित पारेकी थिइन् । गायिका पौडेलले आफ्नो गायनकलाबाट निर्णायक मण्डललाई मन्त्रमुग्ध पार्दै मन जितेकी थिइन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ हप्ता अगाडि

    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न

    २ हप्ता अगाडि

    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न

    २ हप्ता अगाडि

    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात

    ३ हप्ता अगाडि

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ हप्ता अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    २ हप्ता अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    २ हप्ता अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    ३ हप्ता अगाडि
    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ हप्ता अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ महिना अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    १ महिना अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    १ महिना अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    १ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.