Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपालको आकाशमा इन्टरनेट सेवा उपलब्ध गराउने बाटो खुल्यो, आन्तरिक उडानमा के हुन्छ?

    adminBy admin३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो निर्देशनले नेपालको आकाश हुँदै उडान गर्ने विमानमा दूरसञ्चार सेवा उपलब्ध गराउन बाटो खोलिदिएको छ। तर त्यसबारे आफूहरू टुङ्गोमा पुगिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    इनफ्लाइट कम्युनिकेसन सर्भिसेस (आएफसी) सम्बन्धी एक निर्देशन जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले १०,००० फिटभन्दा बढी उचाइमा रहेर उडान भर्दा इन्टरनेट सुविधा प्रयोग गर्न सकिने गरी अनुमति लिएर वायुसेवा प्रदायकहरूले सेवा उपलब्ध गराउन पाउने व्यवस्था गरेको छ।

    तर त्यस्तो सेवा उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको सिफारिस दूरसञ्चार प्राधिकरणमा बुझाउनुपर्ने हुन्छ।

    विश्वका विभिन्न वायुसेवा प्रदायकहरूले यस्तो सुविधा उपलब्ध गराउँदै आएका छन्। नेपालको आकाशमा पनि विगत देखिनै विदेशमा दर्ता भएका विमानलाई दूरसञ्चार सेवा प्रयोग गर्न ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराइने गरेको अधिकारीहरू बताउँछन्।

    • उडिरहेको विमानबाट पनि मोबाइलमा फोन गर्न दिने तयारी
    • विमान उड्दा र अवतरण गर्दा किन फोन चलाउन दिइँदैन

    ‘‘नेपालमा दर्ता भएका वायुयानमा पनि त्यो (सुविधा) दिनुपर्‍यो भनेर गरेका हौँ। नेपालमा दर्ता भएका अनि विदेशमा दर्ता भएका विमानले नेपालको आकाशमा उड्दा विमान भित्रका यात्रुहरूलाई दूरसञ्चार सेवा दिन पाउने भए,’’ नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने।

    अर्थात् अब नेपाल एअरलाइन्स लगायतका कम्पनीहरूले पनि यस्तो सुविधा उपलब्ध गराउन बाटो खुलेको छ। उक्त कम्पनीले यस्तो सेवा आरम्भ गर्न चासो देखाएको बताइएको छ।

    तर नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपालको आकाशमा दूरसञ्चार सेवा उपलब्ध गराउन अनुमति दिने नदिने विषयमा निर्णय भइनसकेको जानकारी दिए।

    नयाँ व्यवस्था अनुसार वायुसेवा प्रदायकले इन्टरनेट मात्रै नभएर मोबाइल फोन सेवा पनि उपलब्ध गराउन पाउने छन्।

    ‘‘एक दुई वटा विदेशी कम्पनीहरूले लिएका थिए यस्ता सेवा,’’ स्थापितले भने।

    हाल सार्वजनिक गरिएको निर्देशिका आन्तरिक उडानको हकमा भने लागू नहुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

    ‘‘हालसम्म कुरा भएको छैन। अन्तर्राष्ट्रिय उडान (को अवस्था) हेरेर भविष्यमा आन्तरिक उडानमा पनि त्यो हुँदै जान्छ,’’ उनले भने।

    नियामक निकायले सार्वजनिक गरेको निर्देशिका अनुसार आएफसी सेवा प्रदायकले स्याटलाइट अपरेटहरूबाट कनेक्टिभिटी प्राप्त गर्छ र विमानभित्र एक्सेस नेटवर्क सेट अप गर्छ।

    आइएफसी सेवा प्रदायक राष्ट्रिय वा अन्तर्राष्ट्रिय हुन सक्छन् तर विमान दर्ता भएको मुलुकमा त्यसको कानुनी अस्तित्व भने हुनुपर्छ।

    नेपालमा दर्ता भएका र विदेशमा दर्ता भएका गरी प्राधिकरणले हाल आइएफसी सेवा प्रदायकलाई दुई वटा वर्गमा छुट्ट्याएको छ।

    कस्तो अवस्थामा नेपालको आकाशमा दूरसञ्चार सेवा दिन पाइन्छ?

    प्राधिकरणका अनुसार नेपालको आकाशमाथि १० हजार फिटभन्दा माथि उडान भर्दा मात्रै आइएफसी सेवा उपलब्ध गराउन पाइने छ।

    १०,००० फिट भन्दा तल उडान गर्दा, विमान ट्याक्सी गर्दा, उडान भर्ने अनि अवतरण गर्ने क्रममा नेपालभित्र यस्तो सुविधा दिन नपाइने व्यवस्था छ। तर यो सार्वजनिक सञ्चारको हकमा मात्रै लागु हुने बताइएको छ।

    विमानहरूबीच अनि एरोनटिकल स्टेशनमा सम्पर्क स्थापित गर्न भने प्रमाणीकरण आवश्यक पर्ने बताइएको छ।

    नेपालमा दर्ता भएका विमान अन्य देश माथि उड्दा सम्बन्धित देशबाट प्रमाणीकरण भएको हुनु पर्ने र त्यहाँको नियम पालना गर्नुपर्ने प्रावधान रहेको छ।

    • विमानभित्र किन चुरोट खान हुँदैन, के के लैजान पाइँदैन?
    • गर्भवती परिचारिकाको रोजगारी खोस्ने वायुसेवा प्रदायकको त्यो नियम

    विमान १० हजार फिटमाथि उड्दा जमिनमा कुनै पनि किसिमको ‘इन्टरफियरेन्स’ नहुने अधिकारीहरू बताउँछन्।

    आन्तरिक उडान तर्फ यस्तो सेवा उपलब्ध गराउने विषयमा हाल अघि नबढाइएको भए पनि भविष्यमा त्यस्तो प्रावधान राख्न सकिने बताइएको छ।

    निरौलाका अनुसार आन्तरिक उडान भर्ने साना विमान सात हजारदेखि ९ हजार फिटमाथि उड्छन्। तर एटीआर जस्ता विमान भने १२ हजार देखि २० हजार फिटसम्म उड्ने अधिकारीहरू बताउँछन्।

    नेपालमा दर्ता भएका विमानका लागि के छ प्रावधान?

    नेपालमा दर्ता भएका विमानले आइएफसी सेवा उपलब्ध गराउनु प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ। त्यसमा वाइफाइ वा सेलुलर कस्तो सेवा दिन चाहेको हो खुलाउनुपर्ने हुन्छ।

    त्यस्तै कुन फ्रिक्वेन्सी प्रयोग गर्ने भन्ने कुरा पनि खुलाउनुपर्छ।

    ‘‘स्याटलाइटबाट सम्पर्क हुने भएकोले कुन ब्यान्डमा के गर्ने हो सूचना दिनुपर्छ। डेडिकेटेड फ्रिक्वेन्सी हुँदैन,’’ उनले भने।

    कुन प्रविधि त्यसमा प्रयोग हुन्छ भन्ने कुरा पनि सम्बन्धित कम्पनीले उल्लेख गर्नुपर्ने हुन्छ।

    त्यस्तै आइएफसी सेवा प्रदायकबारे विवरण, वायुसेवा प्रदायक र आइएफसी सेवा प्रदायकबीचको सम्झौता, नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस पनि निवेदनसँगै बुझाउनुपर्ने हुन्छ।

    त्यसपछि प्राधिकरणले निवेदनको समीक्षा गरी ‘नो अब्जेक्सन सर्टिफिकेट’ जारी गर्छ।

    विदेशमा दर्ता भएको विमानको हकमा भने सम्बन्धित एअरलाइन्स वा आइएफसी सेवा प्रदायकले प्रमाणीकरणका लागि अनुरोध गरे आफूहरूले एनओसी जारी गर्न सक्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ।

    admin
    • Website

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १८ घण्टा अगाडि

    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो

    २ हप्ता अगाडि

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ३ हप्ता अगाडि

    दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनको निर्णय

    १ महिना अगाडि

    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

    १ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १८ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १९ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.