Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बालविवाहको आरोपमा बेहुलासहित ६ जना पक्राउ

    adminBy admin३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    दाङ — बालविवाह भइरहेको स्थानबाट घोराहीमा बेहुला र बालिकाका आमाबुबासहित ६ जना पक्राउ परेका छन् । माघ २६ गते दिउँसो घोराही उपमहानगरपालिका-१६ बरधन्ने गाउँमा बालविवाह भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले विवाह मण्डपबाटै दुलाहा घोराही-२ रामपुरका २५ वर्षीय सन्तोष परियारसहित ६ जनालाई पक्राउ गरेको हो ।

    १४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाएपछि प्रहरी विवाह भइरहेको स्थानमा पुगेको थियो । विवाह गराउने कार्यमा संलग्न बालिकाका आमाबुवा पक्राउ परेका छन् ।

    त्यस्तै बेहुलाका आमा ४५ वर्षीया सर्मिला दमाई, बेहुलाका काका ३२ वर्षीय मोहन दमाई र सहयोगी ४० वर्षीया सीता नेपाली पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए । उनीहरुलाई माघ २७ गते जिल्ला अदालतबाट म्याद लिई बालविवाहसम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

    प्रहरीले घटना आइतबार सार्वजनिक गर्दै सुरक्षाका लागि बालिका र उनका आमाबुवाको परिचय गोप्य राखिएको छ ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न नहुने व्यवस्था छ । उमेर नपुगी गरिएको विवाह स्वतः बदर हुने र यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको डीएसपी गौतमले बताए ।

    admin
    • Website

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ४ महिना अगाडि

    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो

    ४ महिना अगाडि

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ४ महिना अगाडि

    दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनको निर्णय

    ५ महिना अगाडि

    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

    ५ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    ६ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.