Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    भगवान मानेका डाक्टरबाटै अन्याय भयो

    adminBy admin३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २९ माघ, काठमाडौं । तुना चुँडिन लागेको चप्पल । एकसरो पुराना कपडा । हातमा एक्सर लगायत स्वास्थ्य परीक्षणका रिपोर्ट । वीर अस्पताल परिसरमा रनभुल्ल परेर उभिएका छन् सल्यानका छत्रबहादुर राना । छेउमै टुसुक्क बसेकी छन्, उनको बिरामी श्रीमती दली राना ।

    आइतबार बिहान ८ बजे कंलकी उत्रिएका उनीहरु हतार–हतार वीर अस्पताल पुग्दा काउन्टरमा भीड बढिसकेको थियो । त्यत्तिकैमा कसैले भन्यो, ‘डाक्टरहरु आन्दोलनमा छन्, आज उपचार हुँदैन ।’

    हातखुट्टा झम्झमाउने, घाँटी दुख्ने, सास फेर्ने गाह्रो हुने, नाकबाट पानी आइरहने लगायत समस्याले ग्रसित छिन्, दली राना ।

    गत कात्तिकमा यही वीरका चिकित्सकले नियमित चार महिना खानुपर्ने औषधि लेखिदिएका थिए । पैसा नपुगेर दुई महिनाको लागि औषधि लिएर गएका थिए राना दम्पती ।

    ‘राम्रै हुँदै थियो, तर औषधि सकिनासाथ अस्पताल आउन पाइएन’, रानाले भने, ‘सानी छोरी र छिमेकीको भरमा घरछाडेर आएको अस्पतालमा आन्दोलन रहेछ । भोलि नै डाक्टर भेट्न पाए हुने थियो ।’

    रामेछापबाट आएका ७८ बर्षीय मेघबहादुर वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरतिरको गेट छेउको भुइँमा बसेका छन् । शरीर पहेँलिएको छ । बोल्न हम्मेहम्मे पर्छ । उनलाई स्याहार्ने बुहारी रिपोर्ट लिन गएकी छन् ।

    मेघबहादुरलाई खान मन नलाग्ने, केही खाए वान्ता हुने, वान्तामा रगत पनि आउने लगायतसमस्या छ । एक महिना अगाडि दुई हप्ता वीर अस्पताल बसेका उनी पुनः परीक्षणको लागि आएका रहेछन् । ‘अहिले पेट भतभत् पोल्ने समस्या पनि थपिएको छ’, उनले भने ।

    पत्थरी भएर जुम्लाका ५० बर्षीय तिलबहादुर ऐरी एक हप्ता अगाडि वीर अस्पतालमा भर्ना भएका थिए । चिकित्सकले चाँडै शल्यक्रिया गर्नुपर्ने भन्दै दुई दिन भर्ना गरेर त्यत्तिकै डिस्चार्ज गरिदिए ।

    ‘कुनै औषधि चलाउनुभएको छैन’, अहिले क्याबिनमा बसेका उनले भने, ‘एमआरआई गर्न लगाउनु भएको छ, रिर्पोट आउन बाँकी छ । अस्पतालमा यस्तो हड्ताल छ । अप्रेसन त कहिले हो कहिले !’

    छिमेकीसँग सापटी मागेर ल्याएको ४० हजार रुपैयाँ सकिन लागेको उनले बताए । ‘हामीजस्तो निमुखाले जसको पनि अन्याय सहनुपर्ने रहेछ । घटना के भएको हो दुवै पक्ष बसेर छलफल गर्नुपथ्र्यो’, ऐरीले भने, ‘हडताल गर्दा त हामीले भगावन मानेका डाक्टरले नै अन्याय गरेजस्तो लाग्यो ।’

    टिकट काउन्टरको भिडभाडमा भेटिएकी ओखलढुंगाकी ५० बर्षीया कुमारी तामाङलाई वोल्न पनि मुश्किल छ । दुई दिन अगाडि छोराको साथमा काठमाडौं आएकी उनी बहिनीको कोठामा सानोथिमी बस्छिन् ।

    दम, मधुमेह लगायत रोगग्रस्त उनले भनिन्, ‘बस्न, बोल्न सकेको छैन । अस्पतालमा पनि आन्दोलन हुने कुरा थाहा थिएन । कहिले उपचार हुन्छ खै ।’

    माघ २७ गते शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरमा कार्यरत डा. जनिथलाल सिंह लगायतलाई प्रहरीले कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेकाले आइतबार बिहान अस्पताल पुगेका बिरामीहरु अलपत्र परे ।

    वीर आएका बिरामी र तिनका आफन्तहरुले अस्पताल अगाडि सडकमा नाराबाजी गर्दै धर्ना पनि दिए । तर, पीडामा कसैको साथ पाएनन् ।

    आइतबार देशभरका स्वास्थ्य संस्थाका सेवा प्रभावित बने । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, देशभर ३ हजार ८२३ अस्पताल छन् । एकदिन ओपिडी बन्द हुँदा चार लाखभन्दा बढी बिरामी सेवाबाट बञ्चित हुन्छन् ।

    शनिबार चिकित्सक संघले विज्ञप्ति निकाल्दै देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय गर्‍यो । तर, एकाएक ओपीडी सेवा बन्द गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमा विरोध भयो । केही चिकित्सकले समेत संघको उक्त निर्णयमा विमति जनाए ।

    संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले सामाजिक सञ्जालमा लेखे, ‘डा. सिंहलाई प्रहरीले कुटेको विरोधमा देशभर अस्पतालमा आकस्मिकबाहेकका सेवा रोक्ने जुन निर्णय भयो, त्यो साह्रै गलत हो है । प्रहरीले कुटेको गलत थियो, दण्डनीय छ नै, विरोध हुनैपर्छ । तर, चिकित्सक संघले त्यो घटनाको नाममा देशभर आपतमा परेर अस्पताल पुगेका असंख्य नागरिकले उपचारै नपाउने ?’

    चिकित्सकमाथि प्रहरीको कुटपिट गलत हो । यसो भन्दैमा अत्यावश्यक सेवाबन्द गरेर निमुखा जनताको स्वास्थ्यमा खेलवाड गरेको कतिपय जनस्वास्थ्यविज्ञ बताउँछन् ।

    उसो त, कानुनअनुसार नै स्वास्थ्य संस्थामा हड्ताल वा घेराउ गर्न नहुने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र आन्दोलन, बन्द जस्ता कार्यमा उत्रिने जो–कोहीलाई एक बर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) अध्यादेश २०७९ संघकै पहलमै भएको थियो । संघले नै बनाएको उक्त ऐन विरुद्ध आफैंले आइतबार स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गर्‍यो ।

    आम नागरिकलाई स्वास्थ सेवा पाउने हकबाट वञ्चित गर्नु गलत भएको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् ।

    ‘कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले दया गरेर दिने चिज होइन यो । यो त नागरिकको हक हो’, उनी भन्छन्, ‘ओपीडी सेवा चिकित्सक संघले मात्रै सञ्चालन गर्ने सेवा होइन । संघले सिंगो सेवा माथि स्वामित्व लिन सक्दैन ।’

    चिकित्सकमाथि भएको घटना पनि स्वाभाविक नभएको भन्दै डा. वन्तले त्यसको बिरोध गर्नअन्य विकल्प अपनाउनुपर्ने बताए ।

    ‘ओपीडी सेवा नै बन्द गर्नु सरासर गलत हो,’ डा. वन्त भन्छन्, ‘संघ आफैंमा पेशागत संगठन भएकाले एउटा विज्ञप्ति पनि सशक्त विरोधको संकेत हो ।’

    जनस्वास्थ्यविद् डा. महेश मास्के यस्तो घटना हुनु खेदजनक भएको बताउँछन् । ‘यस्तो घटनालाई छिटो सुल्झाउनका लागि राष्ट्रपति कार्यालय वा सरकारले आत्माआलोचना गर्नुपर्ने थियो । तर, यस्तो कुरा तत्काल नै भएन । चिकित्सकहरु ओपीडी समेत बन्द गर्ने अवस्थामा पुगे’, डा. मास्केले भने ।

    मास्केका अनुसार चिकित्सकहरुले सांकेतिक विरोधका अन्य उपाय पट्टी बाँधेर सेवा दिने, विज्ञप्ति जारी गरेर दबाव दिँदा पनि सुनुवाई नहुँदा ओपिडी बन्द गर्ने तर अस्पतालको हाताभित्रै आफ्ना मागहरु राखेर  सेवा दिने जस्ता कदम उठाइनुपर्थ्यो । तर, यस्तो हुन सकेन । ‘सेवा बन्द गर्ने कुरामा चिकित्सक र आम नागरिकको लागि अप्ठ्यारो अवस्था हो’, उनी भन्छन्, ‘यसले धेरै नागरिकहरु सेवाबाट वञ्चित हुने अवस्था बन्छ ।’

    चिकित्सक संघले सरकार, राष्ट्रपति कार्यालयमा चेतावनी दिँदै सांकेतिक विरोध कार्यक्रम गर्नु उचित हुने उनले सुझाव दिए । डा. मास्के थप्छन्, ‘तर, संघले यस्तो कार्यक्रमको घोषणा गर्नु अगाडि नै राष्ट्रपति, सरकार र प्रहरीले आफ्नो गल्ती स्वीकार गर्नुपर्ने थियो नि ।’

    चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भने सरकारले शनिबारै छलफल गरेको भए आन्दोलन नहुने बताउँछन् । ‘बाध्य भएरै आन्दोलनमा उत्रिनुपर्‍यो’ स्वास्थ्य सेवा ठप्प पार्ने निर्णयको बचाउमा उनले भने ।

    सांकेतिक आन्दोलनबाट पनि दबाव दिन सकिन्थ्यो नि भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘सांकेतिक भाषा सरकारले सुन्दैन । हिजो माइतीघर मण्डलामा प्ले कार्ड लिएर बस्दा केही सुनुवाई भएन । आन्दोलनपछि मात्र सरकारले सम्झौता गर्‍यो ।

    सरकारले घटनाका दोषीलाई कारबाही, विशिष्टहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिमार्जन गर्ने लगायत ६ बुँदा सम्झौता गरेपछि चिकित्सक संघले आइतबार नै आन्दोलन रोकेको अध्यक्ष डा. कार्कीले बताए ।

    admin
    • Website

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १८ घण्टा अगाडि

    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो

    २ हप्ता अगाडि

    अर्ग्यानिक उत्पादनमा जोड दिँदै बाहुनडाँगी साना किसान सहकारीको २२औं वार्षिक साधारण सभा सम्पन्न

    ३ हप्ता अगाडि

    दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनको निर्णय

    १ महिना अगाडि

    सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति १७ विद्यार्थी सङ्घठनको आपत्ति

    १ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १८ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १९ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.