Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बालअधिकारको प्रत्याभूति बिना नयाँ विश्व सम्भाव छैन : अधिकारकर्मी

    ६ फाल्गुन २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    फागुन, ६, काठमाडौं । बालअधिकारको प्रत्याभूति बिना ‘नयाँ विश्व’ सम्भाव नभएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिक मञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममा बोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् ।

    कन्सोर्टियम नेपालको संयोजनमा भएको उक्त सत्रमा बोल्दै विभिन्न बक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौन व्यवसायलगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्ःखद भएको बताएका छन् ।
    कार्यक्रममा अनलाइन मन्तव्य राख्दै युएन सीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले समस्याका सामधान गर्ने उपाय खोजी हुने बताइन् ।

    सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपाल आएको बताए ।

    डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिका लागि एउटा न्यायमूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताउँदै विश्वमा बिगँ्रदै गएको वातावरण जलवायु परिवर्तनका यसले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने बताइन् । उनले बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित पिछडिएका र आदीवासी बालबालिकाको सवालमा काम गर्न समेत जोड दिइन् ।

    कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले बालबालिका र किशोरकिशोरीको अधिकारको लागि परिर्वतन सहितको दबाब सिर्जना आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागि फलदायी हुने बताए ।

    कार्यक्रममा बोल्दै अधिकारकर्मी गौरी प्रधानले बालअधिकार पनि मानव अधिकार नै भएपनि मानवअधिकारका सवालले बालबालिकाका समस्यालाई सम्बोधन गर्न नसकेको बताए । उनले बालबालिकाका सबालमा बालमैत्री अलग्गै कानुन आवश्यक रहेको बताए ।

    अधिकारकर्मी डा. कुन्दन अर्यालले बालअधिकारको प्रत्याभूतिका लागि बाल सुरक्षा र बाल सहभागितामा जोड दिनु पर्ने बताए । उनले अहिले पनि विद्यालय शान्ति क्षेत्र अभियानको सार्थकता रहेको बताउँदै बालअधिकार प्रत्याभूतिका लागि भयरहित वातावरणको सुनिश्चितता गर्नु पर्ने बताए ।

    कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिकाका लागि न्यायपूर्ण विश्व बनाउनु पर्ने बताए । ‘हामीले फरक विश्व बनाउने भनेका होइनौं । सबै एकजुट भएर लाग्यौं भने यहि विश्वलाई न्यायपूर्ण विश्व बनाउन सकिन्छ भनेका हौं,’ उनले भने ।

    उक्त कार्यक्रममा बाल अभियन्ता मुस्कान खातुन, शिरमाया पुन मगर, अभिनय चौहानलगायतले आ–आफ्ना अनुभव सुनाएका थिए ।

    नेपालको गैरसरकारी संस्था महासंघले संयोजन गरेको यो सम्मेलनमा विश्वका विभिन्न ९१ मुलुकबाट सहभागिता रहेको बताइएको छ । आयोजकका अनुसार नेपाली र अन्तर्राष्ट्रिय गरी करिव १२ सय संघसंस्था कार्यक्रममा सहभागीका रूपमा जम्मा भएका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.