७ फागुन,
काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अध्यक्ष प्रकाश पौडेल सर्वसम्मत चयन भएका छन् । आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित प्रेस क्लबको बुधबार सम्पन्न १० औँ साधारणसभा तथा छैटौं अधिवेशनले पौडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उपाध्यक्षमा खगेन्द्र घिमिरे, महिला उपाध्यक्षमा मनिषा गौतम, सचिवमा प्रविण अधिकारी, सहसचिवमा नवराज सुवेदी र कोषाध्यक्षमा दिलीप थापा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुजन प्रधान, भोला तिम्सिना, सेवन्ता घिमिरे, पुष्कर गुरागाईं रहेका छन् । कार्यसमिति सदस्यमा एक जना पछि थप गरिने निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।
अध्यक्षमा डम्बर बराल, प्रकाश पौडेल र जीआर धिताल, सचिवमा दिलिप थापा र प्रविण अधिकारी र कोषाध्यक्षमा पुस्कर गुरागाई र सुजन प्रधानले उम्मेदवारी दिएका थिए । सहमतिका आधारमा कार्यसमिति सर्वसम्मत भएको थियो ।
क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाको संयोजकत्वमा निर्वाचन समिति चयन भएको थियो । समितिको सदस्यमा शिशिर चौलागाई र प्रकाश उप्रेती रहेका थिए ।