Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान

    ११ फाल्गुन २०८०, शुक्रबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं, फागुन ११ गते । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ ।

    शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ देखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ ।

    पत्रकार सम्मेलनमा बोल्नुहुँदै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ ।

    उहाँले भन्नुभयो, ‘‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्दैछौँ । दुई जिल्लाहरु रुकुमपश्चिम र जाँजरकोटमा सकिसकेको छ । २०२६ मा यो रोग निवारण गर्ने भनेर लागेको छौं ।

    विगतमा पनि हामीले दादुरको खोप अभियान सफल हुँदाहुँदै पनि र खोपको अवस्था राम्रो हुँदाहुँदै पनि शतप्रतिशत मानिसलाई खोप दिने अवस्था हुँदैन थियो । केही निश्चित छुटेका समहूहरु जम्मा हुँदै जाँदा ठूलो समूह बन्यो । कोरोनाका कारण पनि यसमा समस्या आयो ।’’

    पत्रकार सम्मेलनमा बोल्नुहुँदै बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जाजरकोटमा ९९ प्रतिशतमा दादुरा खोप पुर्याएको भएको बताउनु भयो । उहाँले जाजरकोटमा दादुरा—रुबेला खोप लगाउने बालबालिकाहरुको सङ्ख्या ८८ हजार ३४४ रहेको बताउनु भयो ।

    उहाँले रुकुमपश्चिममा १०७ प्रतिशतमा दादुरा खोप पु¥याएको बताउनु भयो । उहाँले रुकुमपश्चिममा भ्याक्सिन लगाउनेको सङ्ख्या ५० हजार ४८७ रहेको बताउनु भयो ।

    दादुरा—रुबेला खोप अभियानमा लक्षित समूह नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाहरु र नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरु रहेका छन् ।

    यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ । बाँकी जिल्लाहरुमा नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ । खोप नियमति खोपकेन्द्र सञ्चालन हुने स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्र एवम् स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो

    ४ दिन अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    १ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    २ हप्ता अगाडि

    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

    २ हप्ता अगाडि

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

    २ हप्ता अगाडि

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घट्यो
    ४ दिन अगाडि
    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित
    १ हप्ता अगाडि
    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन
    २ हप्ता अगाडि
    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग
    २ हप्ता अगाडि
    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट
    २ हप्ता अगाडि
    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ हप्ता अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ हप्ता अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ३ हप्ता अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    ३ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    ४ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.