Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन नपाउने

    सन्देश पोस्टBy सन्देश पोस्ट३ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादले निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सृजना भएको छ। केबलकार निर्माण विरोधी समूहले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

    जिल्ला सुरक्षा समितिको शनिबार राति बसेको आकस्मिक बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा आज (आइतबार) बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।

    ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो। प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । 

    ‘नो केबलकार’ समूहले शनिबार साँझ फुङलिङको वीरेन्द्र चोकमा मसाल जुलुस निकालेर आगोसहितको राँको सर्वसाधारणको घरमा फ्याँक्न थालेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो। झडपमा ६ जना सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएको प्रजिअ शर्माले बताए। 

    केबलकार विवादलाई नै लिएर बिहीबार पनि झडप भएको थियो। ‘नो केबलकार’ पक्षधरले शनिबार साँझ पदयात्राका क्रममा राकेँ जुलुससहित वीरेन्द्र चोकमा कोणसभा गर्न खोजेका थिए। प्रहरीले उनीहरुले बोकेको आगो नियन्त्रणमा लिन खोजेको थियो। 
    त्यस क्रममा प्रदर्शनकारीले प्रहरी र सर्वसाधारणको घरलाई लक्षित गर्दै आगो फालेका थिए। आगो स्थानीयको घरको छतसम्म पुगेको थियो। घरमा पुगेको आगो घरधनीले निभाएको प्रहरीले बताएकोछ।

    प्रदर्शनकारीले घरमा आगो फालेपछि अवस्था तनावपूर्ण बनेको थियो। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार आगो फाल्ने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ताप्लेजुङको पाथीभरा क्षेत्रमा व्यवसायी चन्द्र ढकालको समूहले केबलकार निर्माण सुरु गरेपछि केबलकारले पहिचान मासिने भन्दै पहिचान पक्षधरले केबलकारको विरोधमा प्रदर्शन गरिरहेको छ। 

    null

    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    whatsapp sharing button
    viber sharing button
    sharethis sharing button

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    गाउँकी सोझी चेली बेचिए सहरमा

    ६ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    १ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    १ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.