सुरूङ्गा । न्यू लाईफ पेन्तिकोष्टल चर्चको २५ औ बर्ष गाठ अर्थात रजत महोत्सव सम्पन्न भएको छ । कनकाई ५ स्थीत न्यू लाइफ पेन्तिकोष्टल चर्च भवनमा भएको सो कार्यक्रम जग्गादाता श्रीमती राधिका सुन्दासका बाहुलीद्वारा रजत महोत्सवको सिलालेख पर्दा हटाई उद्घाटन भएको हो ।
कार्यक्रमका बक्ता मनोज पाचकोटीले आजका पुस्तालाई पवित्र आत्माको शक्तिबाट हुने असाधरण चिन्हचमत्कारद्धारा हुने आश्चार्य कर्मको आबश्यक रहेको कुरा बताए ।
उक्ता रजत महोत्सपका उपलक्षमा न्यू लाईफ पेन्तिकोस्टल चर्च अन्तरगत सेवारत चार जिल्लाका १८ जन पाष्टर एल्डर र डिकनहरूलाई प्रमुख अतिथिहरूका बाहुलीद्वारा सम्मान पत्र प्रदान गरियो । फिदिमका कुमार शंकर, इलामका कुमार राई र झापाका देवान राईलाई डिकनका सेवकाइमा नियूक्तगरी सिनियर पास्टरहरूबाट अभिषेक प्रार्थनाका साथ प्रमाण पत्र प्रदान गरियो ।

७० बर्ष भन्दा माथिपुगेका जेष्ठ नागरिकहरू ३ जनालाई दोसल्ला ओढाई सम्मान गरियो । अन्य मण्डलीमा भौतिक र आत्मिक योगदान दिनुहुने ब्याक्तित्वहरूमा डा.फिलेमोन खड्का क्षेत्रीले नगद १ लाख २० हजार, एल्डर टेक सुन्दासले १ लाख चौतिस हजार , डि बि सिलास राईले १ लाख ८६ हजार दुईसय ,कनकाई वडा ५ ले १ लाख पचास हजार नगद न्यु लाईफ समुदायिक भवन निर्माणका लागि प्रदान गरेकोमा वडा प्रमुख कृष्णाकुमारलाई प्रशंसा पत्र प्रदान गरियो ।
चर्च निर्माणका लागि दशधुर जग्गा र नगद १ हजार दिनुहुने श्रीमती राधिका सुन्दसलाई दोसल्ल ओढाई प्रशंसा साथै सम्मान पत्र प्रदान गरिएको पास्टर सागर सिवाले जानकारी दिनुभयो ।
अन्य अतिथिहरू कनकाई ५ का वडा परिषद सदश्य हरू कनकाई नगरभरिका पास्टरहरू न्यू लाईफ पेन्तिकोष्टल चर्च संखुवासभा, फिदिम , इलाम ,सुनसरी र झापाका पास्टरहरू झापा जिल्ल इसाई समाज अध्यक्ष पास्टर इसहक सिन्च्युरी, कनकाई नगर इसाई समाजका प्रमुख लक्ष्मी कुमार राई लगायतको उपस्थिति थियो ।
उक्त २५ औं रजत महोत्सव कार्यक्रम सिनियर पाष्टर डिबि सिलास राईले अध्यक्षतामा कनकाई नगर वडा ५ का अध्यक्ष श्रीकृष्ण कुमार राईको प्रमुख आतिथ्यतामा भएको महोत्सवको प्रमुख बक्ता समिर राई रहेको थियो भने पाष्टर सागर सिवाले सञ्चालन गर्नु भएको थियो ।