Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा, फागुन २४ देखि शुरु हुने

    सन्देश पोस्टBy सन्देश पोस्ट११ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । झापाको काँकरभिट्टामा फागुन २४ गतेदेखि सूरु हुने पाँचौं मेचीनगर गोल्डकपको तयारीको अन्तिम चरणमा पुगेको छ ।

    काकरभिट्टा माविको खेल मैदानमा हुने प्रतियोगिताका लागि अहिले मैदान तयारीको काम अन्तिम चरणमा पुगेको छ भने अन्य तयारी र प्रचारात्मक अभियानलाई तीब्र पारिएको गोल्डकप मूल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीले जानकारी दिनु भयो । वहाँका अनुसार प्याराफिट बनाउने काम पनि धमाधम भइरहेको छ ।

    ‘हामी दर्शकका लागि बाँसको प्याराफिट बनाउँदैछौं,’ मैनालीले भन्नुभयो, ‘बस्न सजिलो हुनेगरी प्याराफिट बनाउँदैछौं ।’ करीब ६ हजार दर्शक अटाउने गरी मैदानको व्यवस्थापन गरिने संयोजक मैनालीले बताउनु भयो ।

    करीब ८० लाख खर्च हुने अनुमान गरिएको गोल्डकपको स्थायीत्वका लागि संस्थापक सदस्यता विस्तार गर्ने कार्यलाई समेत प्राथमिकता दिइएको गोल्डकपका सहसंयोजक तथा आर्थिक समितिका संयोजक विमल आचार्यले बताउनु भयो । वहाँका अनुसार १० हजार शुल्क तिरेर गोल्डकपको संस्थापक सदस्य हुन सकिने छ । तीन सयभन्दा बढीले संस्थापक सदस्यताका लागि सम्पर्कमा आइसकेको र १५० जनाले शुल्क समेत बुझाइसकेको आर्थिक समिति संयोजक आचार्यले बताउनु भयो ।

    गोल्डकपको प्रचारात्मक अभियानलाई समेत तीब्रता दिएको छ । साइकल सर्कल मेचीनगरले पनि गोल्डकपको प्रचार गरेको छ । गत शनिवार मेचीनगर १३ स्थीत चारआली चोकमा भेला भएर ७० जना साइकल यात्रीले धाइजन, मंगली, धुलाबारी, इटाभट्टा, भृकुटी, बाहुनडाँगी बजारहुँदै काकरभिट्टासम्म यात्रा गरेर गोल्डकपको प्रचार गरेको साइकल सर्कल मेचीगनरका सचिव राजेश राउतले जानकारी दिनु भयो ।

    काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगितामा आयोजक, ‘ए’ डिभिजनका तीन, दुई भारतीय र नेपाल सुपर लिग (एनएसएल) को एकसहित आठ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका सचिव राजु कार्कीले जानकारी दिनुभयो ।

    चैत २ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउने छ भने सबैभन्दा बढी गोल गर्नेले नगद २५ हजार र ट्रफी पाउनेछ ।

    उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको प्रत्येक दिनको प्लेयर अफ म्याचले नगद ११ हजार र ट्रफी पाउनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा

    १ दिन अगाडि

    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्

    २ दिन अगाडि

    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक

    २ हप्ता अगाडि

    नागरिकता नियमावली चौथो पटक संशोधन

    ३ हप्ता अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न

    ३ हप्ता अगाडि

    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश

    ३ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा
    १ दिन अगाडि
    मेचीनगरमा पहिलोपटक भव्य रुपमा भाक्का पिठ्ठ उत्सव सम्पन्
    २ दिन अगाडि
    इन्डो–नेपाल मेचीनगर मिडिया कपको तयारी, लोगो सार्वजनिक
    २ हप्ता अगाडि
    नागरिकता नियमावली चौथो पटक संशोधन
    ३ हप्ता अगाडि
    कृपा फ्री मेथोडिस्ट चर्च काँकरभिट्टाद्वारा भव्य ख्रीष्टमस कार्यक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    ख्रीष्टमस : ऐतिहासिक तथ्य, विश्वास र उद्धारको सन्देश
    ३ हप्ता अगाडि
    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    १ महिना अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    १ महिना अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    २ महिना अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.