Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर गोल्डकप आयोजकको शुरुवात विजयी

    २४ फाल्गुन २०८१, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट३ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । काँकरभिट्टामा शनिवारबाट सुरु भएको पाँचौ मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेको छ । शनिवारबाट काँकभिट्टा खेलमैदानमा सुरु भएको प्रतियोगितामा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४– २ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

    खेलको २८ औँ मिनेटमा जर्जियन खेलाडी टिमका लागि पहिलो गोल गरे ।

    जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बुले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले सानदार गोलमा परिणत गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाले गोल गर्दै खेललाई बराबरीको अवस्थामा ल्याएको थियो ।

    जर्जियनको डिएरियामा काँकरभिट्टाका खेलाडीलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई काँकरभिट्टाका निशान लिम्बूले गोल गर्दै खेललाई लयमा फर्काएका थिए ।

    खेलको पचासौँ मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई थप अग्रता दिलाए । उनले कप्तान खमिरगिल्सन कन्दङ्वाको पासलाई सदुपयोग गर्दै हेडर मार्फत सुन्दर गोल गरेका थिए । पाहुना टोलीलाई दबाबमा राख्दै एकपछि अर्काे गोल गरेको काँकरभिट्टाले खेलको ६१ औँ मिनेटमा निशान लिम्बूले व्यक्तिगत दोस्रो र टिमका लागि तस्रो गोल गरेका थिए । खेलको ६५ औँ मिनेटमा काँकरभिट्टाका तर्फबाट विदेशी खेलाडी रोर्बटले गोल गरे ।

    खेलको इन्जुरी समयमा जर्जियनका सत्यम शर्माले थप एक गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । खेलको तेस्रो मिनेटमा काँकरभिट्टाका नेशन लिम्बुको प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । चौथो मिनेटमा विदेशी खेलाडी इब्राहिमको प्रहार गोलरक्षक सचिन सुव्बाले बिफल पारिदिए । खेलको ३० औँ मिनेटमा काँकरभिट्टाका इब्राहिमले गोल गर्ने सुन्दर मौका गुमाए । ३७ औँ मिनेटका काँकरभिटटाका निशान लिम्बको प्रहारले जाली चुम्न सकेन । ६७ मिनेटमा जर्जियनका नरेन्द्र राईको प्रहार काँकरभिट्टाका गोलरक्षक विश्वास चौधरीले बचाए ।

    खेलको ६८ औँ मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माको प्रहार बारमाथिबाट बाहिरियो । ७१ औँ मिनेटमा जर्जिनय खेलाडी देवासिस राईको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक चौधरीले बिफल बनाए । ८३ औँ मिनेटमा जर्जियनका सत्यम शर्माको प्रहारले समेत गोलपोष्टको दिशा लिन नसक्दा निराश भएर घर फर्कनु परेको हो । उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे ।

    आइतबारको खेल ए डिभिजन च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसी बिच प्रतिस्पर्धा हुने टे«निङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए । चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् ।

    यसैगरी, प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् । यस अघि उद्घाटन समारोह सम्पन्न भएको थियो ।

    विभिन्न जातजातिको झाँकीसहित जार परिक्रमा गरेर खेल मैदानमा आएका अतिथि तथा दर्शकहरुका बिच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङले उद्घाटन गरेका थिए ।

    फुटबल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न समारोहमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेतीलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो । आयोजकका सहसंयोजक बिमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    १ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    १ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.