Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    चर्च ब्वाइजले उपाधि भिडन्तका लागि एपिएफसँग खेल्ने

    २६ फाल्गुन २०८०, शनिबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बिर्तामोड । चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड फाइनलमा प्रवेश गरेको हो ।

    बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिग बिजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

    झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको छ । पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् ।

    चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बूले बचाए । झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाएका हुन् ।

    यसअघि १४ मिनेटको अतिरिक्त समयमा विजय भुजेलको प्रहार पोस्टमा लागेर फर्किएको थियो । पहिलो सात मिनेटमा फाकुन्लेको प्रहार झापाका रक्षकलाई लागेर फर्कियो । अतिरिक्त समयको दोस्रो हाफमा मार्क जुनियर ह्यारीसनले बक्सबाहिरबाट हानेको शक्तिशाली प्रहार गोलकिपर दीप कार्कीले बाहिर फ्याल्दै चर्च ब्वाइजको संकट टारेका थिए । चर्च ब्वाइजका फकुन्लेले गोलकिपर सुदिप लिम्बूलाई बिट गरेर प्रहार गरेको चिप रक्षक पेमा तामाङले क्लियर गरेका हुन् । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । घरेलु टोली झापाको तुलानामा चर्च ब्वाइज बलियो देखिएको थियो । उसले बल पकड राख्दै दबाब बनाए पनि फाइनल थर्डमा चुकेको हो ।

    पहिलो हाफमा भने दुवै टोली फिक्का रहे । खासै गतिलो अवसर बनाउन सकेनन् । खेलको ५१औँ मिनेटमा चर्चका अबायोमी अलुवासेउन फकुन्लेले हानेको शक्तिशाली प्रहार गोलकिपर सुदिप लिम्बूले बचाए । ५३औँ मिनेटमा सुरज जिउ ठकुरीेले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार गोलकिपर सुदिपले पन्च गरेर बाहिर फ्यालेको हुन् । ६३औँ मिनेटमा सुरजको पासमा विजय भुजेल बक्सभित्र बल पाए पनि सदुपयोग गर्न सकेनन् ।

    एक मिनेट बाँकी रहँदा चर्च ब्वाइजका फाकुन्लेको प्रहार गोलकिपर सुदिपले उत्कृष्ट बचाउ गरे । निरज चौधरीले दिएको बल फाकुन्लेले बक्सभित्रबाट प्रहार गरे पनि सफल भएनन् । झापाले भने केही मात्र राम्रा अवसर बनाउन सक्यो । खेलको २६औँ मिनेटमा आशिष चापागाईंले हानेको प्रहार गोलकिपर दीप कार्कीले बचाए । ६२औँ मिनेटमा कप्तान पेमा तामाङले बनाएको सुन्दर अवसरमा झापा गोल गर्न चुक्यो । सोही अवसरमा आशिष चापागाईंले मिलाएको सुन्दर पासमा विदेशी खेलाडी मार्क जुनियर ह्यारिसन गोल गर्न चुक्दा घरेलु समर्थक स्तब्ध बनेका थिए । फाइनल खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार भएको पहिलो सेमिफाइलनमा एपिएफले अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गरेको थियो । फाइनलमा प्रवेश गरेसँगै दुवै टोलीले कम्तिमा सात लाख पक्का गरेका छन् । फागुन १९ बाट सुरु भएको प्रतियोगिताको विजेताले १३ लाख तथा उपविजेताले सात लाख रुपैँया प्राप्त गर्नेछन् ।

    यसैगरी विधागततर्फका खेलाडीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघि भएको पाँचमध्ये चार संस्करण आर्मी र एक संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । मनाङले पहिलो संस्करण जित्दा त्यसयता आर्मी च्याम्पियन हुँदै आएको थियो । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सोझै १४ जना र ११ जना खेल्नुपरेकाले जित निकाल्न नसकेको आरोप लगाए । ‘हार जित त हुन्छ तर रेफ्रीले निष्पक्ष खेल खेलाउन सकेनन्’, उनले भने ।

    फाइनल प्रवेशका लागि आफ्नो टिमले आशातित खेल प्रदर्शन गरेको भन्दै उनले खेलाडीले आफ्नो पोजिसनमै खेलेको बताए । चर्च ब्वाइजका प्रशिक्षक रुबेन राईले खेल सोचेभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिए । ए डिभिजन लिगपछिको नयाँ टिम रहे पनि प्रदर्शन सम्झनलायक भएको उनले सुनाए । नयाँ खेलाडी नथप्ने बताउँदै उनले एपिएफसँगको भेट रोचक बन्ने बताएका छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’

    २ हप्ता अगाडि

    प्रदर्शनकारीले खोसे सुरक्षाकर्मीको बन्दुक

    २ महिना अगाडि

    नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्षमा पौडेल

    २ महिना अगाडि

    भारतीय कम्पनीको नाममा ठगी धन्दा, आफूलाई पढाउने शिक्षकद्वारा लाखौं ठगीए

    २ महिना अगाडि

    मेचीनगर गोल्डकपः आज मच्छिन्द्र र एपीएफ भिड्ने

    २ महिना अगाडि

    आज पाँचौं मेचीनगर गोल्डकपमा धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.