Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    मेचीनगर गोल्डकपः मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश

    सन्देश पोस्टBy सन्देश पोस्ट३ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ ।

    मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे ।

    मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी खेलाडी युसुफ मलिकले सदुपयोग गर्न सकेनन् ।

    पहिलो हाफको अतिरिक्त समयमा आदित्य शाक्यको पासमा मोहित गुरुङ गोल लगाउनबाट चुके । लगत्तै कामाहाको पासमा युसफको पावरफुल सट बाहिरियो । खेलको ७४ औँ मिनेटमा एपिएफका गोलरक्षक विशाल गुरुङ वीट भएको समयमा विकास टिटुङले गोल लाइनबाट बचाए । ८५ औँ मिनेटमा कामाहाको प्रहार दोस्रो बारमा लागेर फर्कियो । खेलको अधिकांश समय बल पोजिशन राखेको मच्छिन्द्र थप गोल गर्न भने सकेन । मच्छिन्द्रका खेलाडीले पाएका दर्जन अवसरहरु गुमाएपछि परिचित प्रतिद्धन्दी एपीएफसँग संघर्षपूर्ण जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

    एपिएफका लागि खेलको ७३ औँ मिनेटमा कप्तान हरि कार्कीले १८ यार्डबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक विशाल श्रेष्ठले पञ्च गरेर बचाए । ८० औँ मिनेटमा पेनाल्टी एरियमा अनमार्क रहेका अनिश महर्जनले गरेका प्रहार बाहिरिदा एपीएफ पहिलो चरणबाटै घर फर्किएको छ । मच्छिन्द्रका प्रशिक्षक गणेश कटुवालले दुवै टिम राम्रो थियो तर हाम्रो टिम सेट नभएर सोचेजति स्कोर निकाल्न नसकिएको बताए । कटुवालले लगातारका प्रतियोगिताका कारण पनि खेलाडीहरुलाई आराम नहुँदा खेल सोचे जस्तो हुन नसकेको बताए ।

    एपिएफका प्रशिक्षक तोप विष्टले लगातार भइरहेका प्रतियोगितामा सहभागि हुन परेका कारण अपेक्षित खेल प्रर्दशन हुन नसकेको बताए । उनले एन्फाको अव्यवहारिक खेल तालिकाका कारण खेलाडी घाइते हुने गरेकाले आगामी दिनमा तालिका सार्वजनिक गर्दा खेलाडीले आराम पाउने गरी बनाउन अनुरोध पनि गरे । खेलाडीले नतिजा निकाल्न नसकेपनि सन्तोषजनक प्रर्दशन गरेका बताए ।

    खेलको प्लेयर अफ द म्याच मच्छिन्द्रका निर्णायक गोलकर्ता युसुफ मलिक भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् । बुधवार हुने पहिलो सेमिफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र धरान फुटबल क्लबबिच हुने आयोजक छ ।

    काँकरभिट्टाले उद्घाटन खेलमा जर्जियन एफसीलाई र धरानले उज्वेकिस्तानको व्ल्याक बुल्सलाई हराएर सेमिफाइनलको यात्रा तय गरेका थिए । फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् । उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ४ दिन अगाडि

    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन

    ६ दिन अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    १ हप्ता अगाडि

    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा

    १ हप्ता अगाडि

    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

    १ हप्ता अगाडि

    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ४ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    ६ दिन अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    १ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    १ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    १ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि
    मेचीनगर ईसाई समाजको साधारण सभा असार १६ मा हुने
    २ हप्ता अगाडि
    राजावादीद्धारा भोलि उपत्यका बन्दको घोषणा
    २ हप्ता अगाडि
    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.