Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८०ः फुटबलमा मेचीनगर– ६, ७ र १५, क्रिकेटतर्फ ५, ९ र १३ विजयी

    ३० फाल्गुन २०८०, बुधबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० जारी रहेको छ । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर वडा नम्बर ६, ७ र १५ ले विजयी शुरुवात गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर १४, ५ र ८ पहिलो चरणबाटै बाहिरिएका छन् ।

    बुधबार सम्पन्न पहिलो चरणको खेलमा वडा नम्बर ६ ले १४ लाई ३–० को गोल अन्तरले पराजित गरेको हो । वडा नम्बर ६ का लागि मुन्ना सुब्बाले २ र मनिष तामाङले १ गोल गरे । खेलको म्यान अफ दी म्याच मुन्ना सुब्बा घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।

    त्यसैगरी, दोश्रो खेलमा वडा नम्बर ७ ले ५ माथि १–० को कठिन जीत दर्ता ग¥यो । खेलको म्यान अफ दी म्याच घोषित वडा नम्बर ७ का अरुन मेचेले एक गोल गरेका थिए । मेचेले नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

    त्यसैगरी, बुधबारै सम्पन्न तेश्रो खेलमा वडा नम्बर १५ विजयी बन्यो । १ का विरुद्ध २ गोल गर्दै वडा नम्बर १५ ले ८ लाई पराजित गरेको हो । वडा नम्बर १५ का सञ्जय हेमरमले एक गोल गरेका थिए भने एक आत्मघाती गोल उपहार पाएको थियो । वडा नम्बर ८ का आकाश थामीले एक गोल फर्काए पनि त्यो पर्याप्त रहेन र खेलमा वडा नम्बर १५ विजयी बन्यो । खेलमा वडा नम्बर १५ का गोलरक्षक दिनेश बेस्रा म्यान अफ दी म्याच घोषित भए । म्यान अफ द म्याच बनेसँगै उनले नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ट खेल खेलेवापत मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनालले समेत एक हजार नगदसहित पुरस्कृत गरेका थिए ।

    भोलिको पहिलो खेल वडा नम्बर ९ र २ बीच, दोश्रो खेल वडा नम्बर १० र १२ बीच र तेश्रो खेल वडा ३ र ११ बीच हुने आयोजकले जनाएको छ । फुटबलमा काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र काँकरभिट्टा भेट्रान फुटबल क्लबको प्राविधिक सहयोग रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ । क्रिकेटतर्फ मेचीनगर–५, ९ र १३ विजयी प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष क्रिकेट खेलतर्फ मेचीनगर वडा नम्बर ५, ९ र १३ विजयी बन्यो ।

    तुर्केनी खेल मैदानमा सम्पन्न भएको पहिलो चरणको खेल अन्तर्गत बुधबार भएको पहिलो खेलमा वडा नम्बर ७ लाई ७ विकेटले हराउँदै वडा नम्बर ५ विजयी भयो । पहिले ब्याटिङ गरेको वडा नम्बर ७ ले ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको वडा नम्बर ५ ले ३ विकेटको क्षतिमा विजय हासिल ग¥यो । त्यसैगरी, बुधबारनै भएको दोश्रो खेलमा वडा नम्बर ८ लाई ६४ रनले हराउँदै ९ नम्बर वडा दोश्रो चरणमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नम्बर ९ ले १ सय ३६ रन बनाएको थियो । १ सय ३७ रनको लक्ष्य पछ्याएको वडा नम्बर ८ ले अलआउट हुँदै ७३ रन मात्र बनाउन सक्यो ।

    त्यसैगरी, तेश्रो खेलमा १३ नम्बर वडा ५ विकेटले विजयी बन्यो । पहिले ब्याटिङ गरेको मेचीनगर वडा नम्बर १५ ले १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १३ ले ५ विकेटको क्षतिमा विजय हासिल ग¥यो ।

    भोलिको खेल मेचीनगर–१४ र २ बीच, मेचीनगर– ११ र ३ बीच तथा मेचीनगर– १० र १२ बीच हुने आयोजकले जनाएको छ । क्रिकेटतर्फ मिलन क्रिकेट क्लब र तुर्केनी स्पोर्टस् क्लबको प्राविधिक सहयोग रहेको थियो ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ३ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ५ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ६ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    ७ दिन अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २० घण्टा अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ३ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ५ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ६ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    ७ दिन अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    १ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.