Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनल प्रवेश

    २९ फाल्गुन २०८१, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट४ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो ।

    चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ मलिकले मछिन्द्रका लागि अर्काे गोल थपे ।

    मैदानको मध्य भागबाट अगाडि बडाएको बललाई उनले सुन्दर गोल गरे पनि मच्छिन्द्रको जितका लागि यो गोल प्रयाप्त बन्न सकेन । खेलको पहिलो हाफ सम्म शुन्यको नतिजा रहेको चर्च व्वाइजका लागि खेलको ६१ औँ मिनेट विदेशी खेलाडी अबयोमि फकुन्लेले पहिलो गोल फर्काए । मच्छिन्द्रका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई उनले एकल प्रयासमा गोल गरे । खेलको ६९ औँ मिनेटमा फकुन्लेले व्यक्तिगत दोस्रो गोल गरे । मच्छिन्द्रका डिफेन्सको तालमेल नमिल्दा दोस्रो बार च्यापेर उनले गरेको सटिक प्रहार गोलमा परिणत भएको थियो । खेलको ७८ औँ मिनेटमा रिचार्ड विल्सनले गोल गर्दै स्कोर ३–३ को बराबरी गरे ।

    विदेशी खेलाडी फकुन्लेको क्रस पासमा मच्छिन्द्रका दुई जना डिफेन्डरलाई विट गर्दै गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा फकुन्लेले ह्याट्रिक पूरा गरे । मच्छिन्द्रका डिफेन्डर अघि बढेको मौकाको फाइदा लिँदै उनले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गरे भने आफ्नो टिमलाई फाइनलको यात्रा समेत तय गराए । खेलको १५ औँ मिनेटमा चर्च व्वाइजका जय गुरुङको क्रस पासमा विदेशी खेलाडी रिचार्ड विल्सनको हेडर मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाए । खेलको ५२ औँ मिनेटमा समिर तामाङको प्रहारलाई गोलरक्षकले बचाए ।

    खेलको ९ औँ मिनेटमा मच्छिन्द्रका युसुफ मलिकले फस्टबारमा प्रहार गरेको बल गोलरक्षकले बचाउँदै कर्नर बनाए । खेलको २० औँ मिनेटमा १८ यार्डबाट पाएको फ्रिकिकमा मोहित गुरुङको प्रहारले जाली चुम्न सकेन । खेलको ७२ औँ मिनेटमा विदेशी खेलाडी एन्द्रेस नियाको प्रहार गोलरक्षक टिकेन्द्र थापाले उत्कृष्ट बचाउ गरे । खेलको प्लेयर अफ द म्याच ह्याट्रिक गरेका खेलाडी अबयोमी फकुन्ले भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।

    प्रतियोगिताभरीका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसाई (एसपी)ले उपलब्ध गराएका हुन् । खेलपछि चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले आफ्नो फुटबलको २५ वर्षको करियरमा यस्तो किसिमको पहिलो कमव्याक खेल भएको बताए । उनले आफ्ना खेलाडी निरन्तरको खेलले थकित भएको र दोस्रो हाफपछि रणनीति परिवर्तन गरेकाले छिट्टै कमब्याक भएर जित निकाल्न सकिएको बताए । मच्छिन्द्रका प्रशिक्षक पहिलो हाफ राम्रो भएको तर दोस्रा हाफमा आफु सम्हालिन नसक्दा हार बेहोर्नु परेका बताए । उनले खेलाडी थाकेकाले पनि दोस्रो हाफमा भने जस्तो खेल्न नसकेको बताए ।

    शनिवार हुने फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्ने छ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउने छन् ।

    उत्कृष्ट प्रशिक्षक र गोलकिपरले नगद २१ हजार र ट्रफी तथा उदीयमान खेलाडीले नगद ११ हजार र ट्रफी पाउने छन् । प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार र ट्रफी पाउने छन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन

    ९ घण्टा अगाडि

    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा

    २ दिन अगाडि

    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम

    २ दिन अगाडि

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    ३ दिन अगाडि

    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    ४ दिन अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ५ दिन अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    ९ घण्टा अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ दिन अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ दिन अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    ३ दिन अगाडि
    नेत्रहीन संघ झापाले २८ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न
    ४ दिन अगाडि
    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार
    ५ दिन अगाडि
    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक
    ६ दिन अगाडि
    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
    १ हप्ता अगाडि
    असल मित्र नेपल शाखा कार्यालय झापा द्वारा त्रैमासिक प्रतिवेदन
    १ हप्ता अगाडि
    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.