Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    जनजागरण पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समित बैठक सम्पन्न

    ४ चैत्र २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं ।
    जनजागरण पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक केन्द्रिय अध्यक्ष डा. विपी खनालको अध्यक्षतामा हिजो पार्टी केन्द्रीय कार्यालयमा बसेको छ।

    बैठकले समसामयिक विषयहरूमा छलफल गर्दै अल्पसंख्यक, पीडित, प्रताडित तथा सीमान्तीकृत समुदायमाथि विभिन्न क्षेत्रहरूबाट भइरहेको प्रहार र सोप्रति राज्यको उदासीनता, अस्पष्ट नीति र न्यायोचित व्यवस्था हुन नसकिरहेको अवस्थाउपर वृहत्तर छलफल गरेको छ ।

    हालको विकसित राजनीतिक घटनाक्रमलाई सूक्ष्म अध्ययनगरी समसामयिक विषयमा छलफल तथा भावि रणनीतिक योजना तथा नवगठित सोह्र दलीय “राष्ट्रवादी गणतान्त्रिक मोर्चा” सँग आबद्ध हुने सामुहिक गतिविधिहरूमा पार्टीको सक्रियता बढाउनेबारे पनि निर्णय गरेको छ।

    आसन्न उपनिर्वाचन तथा त्यसपछिका निर्वाचनहरूमा अध्यक्ष नेतृत्वको रणनीतिक योजना निर्माण टोलीले आवश्यक गतिविधि अघि बढाउने निर्णय गर्दै पार्टी केन्द्रीय सल्लाहकार परिषद गठन, केन्द्रीय सदस्यहरूको नवनियुक्ति/पुननियुक्ति तथा जिम्मेवारी बाँडफाँड गरेर जिम्मेवारी हेरफेर गरेको छ।

    जसअनुसार प्रदेश तथा जिल्ला संगठन निर्माणका लागि संगठन विभागलाई अझै चुस्त र सक्रिय बनाउने, सल्लाहकारमा श्री रामशरण नेपाललाई नियुक्त गर्ने, आर्थिक विभागको पुनर्गठन गर्दै श्री गणेश बि.क.लाई कार्यबाहक कोषाध्यक्षसमेतको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। त्यस्तै अन्य विभागहरूको पुनर्गठन गर्न केन्द्रीय सचिवहरूलाई नयाँ संयोजकीय जिम्मेवारी दिएको छ।

    त्यसमा सञ्चार विभागमा श्री शावल सुनुवार, महिला विभागमा श्री बिन्दा कुमारी कटुवाल रहनुहुनेछ। विद्यमान सबै भातृ तथा जनवर्गीय संगठनहरूको भेला एकमहिनाभित्र सम्पन्न गर्ने र पार्टीको राष्ट्रिय भेला छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

    एक महिनाभित्र संगठन विस्तार र सुदृढीकरणका लागि सबै केन्द्रिय सदस्य तथा पदधिकारीहरू र शुभचिन्तकहरू सबैलाई विशेष आग्रह गर्दै बैठक सम्पन्न गरिएको व्यहोरा हामीलाई प्राप्त भएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन

    ४ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता

    ७ दिन अगाडि

    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.