झापा । भारतमा रहेको एक कम्पनीमा काम लगाइदिने भनी दार्चुलाका २० बर्षीय सिंहठगुन्ना आफूलाई पढाउने शिक्षकबाट २ लाख ठगीएको छ ।
भारतको सिलगुडी स्थित ग्लामाजोन लाइफस्टाईल नामक कम्पनीमा काम लगाइदिने बहनामा नेपालको बैतडी जिल्ला घर भएको शिक्षक भानसिहं धामीले काम लगाईदिने भनी ठगेको हो ।
बृद्धाअबश्थामा धेरै दुख गरेर आमाले जोह गरेको सुन बेचेको १ लाख र ऋण खोजेर १ लाखगरि जम्मा २ लाख छोराले राम्रो काम पाएछ भनी पठाइ दिनुभएको रकम स्वाहा भएको पीडित बताउँछन् ।
पीडितको अनुसार आफूले ४ जना युवालाई लगेर उनीहरुबाट दुइ–दुई लाख कम्पनीलाई बुझाएमात्र कमिसन बापद अठाइस हजार आठसय पाउने भएपछि आफूले मान्छे ल्याउन नसकेपछि कोठाभाडा र खान–बस्न समस्या पर्न गएपछि त्यहाँबाट भाग्न बाध्यभएको बताउँछन् ।
त्यस कम्पनीमा एक सय पचास जना भन्दाबढी नेपालबाट रोजगारका लागि युवाहरु गएर अलपत्र रहेको छ । यो कम्पनी लिगल पनि होइन, इलिगल भएकाले भारतीय युवाहरुभने लान नपाउने तर नेपाली युवाहरुले भने ठूलो संख्यामा लाखौं–लाख डुबाउन पुगेको छ ।
त्यहाँ भिआइपी मानिसहरु आएर तालिम दिएर बौलाहा जस्तो बनाउँछ र ठूलो–ठूलो सपना देखाउँछ ।
यो ग्लामाजोन लाइफस्टाईल कम्पनी पहिले इम्पोरियम मार्केटिङ भनेर चिनिन्थ्यो तर धेरै नेपाली यूवाहरु फसिसकेपछि नाम परिवर्तन गरेको पीडित बताउँछन् । यसरी नेपालमा ठगको गिरोह लागेर पूर्वदेखि पश्चिमसम्मका धेरै कम्पनीको शिकार भइसकेको छ ।
यसरी नेपालमा ठगको गिरोह लागेर पूर्वदेखि पश्चिमसम्मका धेरै कम्पनीको शिकार भइसकेको छ ।