Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नेपाल राष्ट्रिय शिक्षक संगठन झापाको अध्यक्षमा पौडेल

    १० चैत्र २०८१, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ महिना अगाडि
    Share
    Facebook Twitter WhatsApp

    झापा । नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्षमा लम्बोदर पौडेल सर्वसम्मत चयन भएका छन् ।  गत फागुन २४ गते बिर्तामोडमा सम्पन्न १४ औं अधिवेशनमार्फत नयाँ कार्यसमिति चयनका लागि प्रक्रिया सुरु भएको थियो ।

    अधिवेशनका दिन अध्यक्षलगायत कोषाध्यक्षबाहेकका पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको थियो । जसमा अध्यक्ष पदका लागि निवर्तमान उपाध्यक्ष पुण्य सुवेदी तथा निवर्तमान सचिव पौडेलको उम्मेदवार परेको थियो । 

    एकभन्दा बढीको उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयनका लागि संगठन नेतृत्वले पहल गरेको थियो । जसका  लागि राष्ट्रिय समिति सदस्य बुद्धिमान कार्कीको संयोजकत्वमा ५ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको थियो । 

    मण्डलमा पूर्व राष्ट्रिय समिति सदस्य नारायणप्रसाद गौतम, प्रदेश उपाध्यक्ष अम्बिका खवास तथा पूर्वअध्यक्षहरु कृष्णप्रसाद अधिकारी र डम्बरबहादुर देउजा रहेका थिए । नवनिर्वाचित समिति चयन हुनुको श्रेय अध्यक्ष मण्डललाई जाने संगठनका जिल्ला तहका एक नेताले बताए ।

    झापाको नेतृत्व चयनप्रति केन्द्रीयस्तरमा चासो रहेकोले अध्यक्ष छान्न ठुलै रस्साकस्सी भएको स्रोतले बतायो । अन्ततः सहमतिमै जिल्ला समिति चयन गर्ने नेतृत्वको आकांक्षा अनुरुप झापामा पौडेलको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ ।

    समितिको उपाध्यक्ष महिलामा तिर्थ घिमिरे (मेचीनगर), उपाध्यक्ष नवीन ढुङ्गाना(कचनकवल), सचिव उमानाथ भण्डारी(विर्तामोड ), कोषाध्यक्ष चन्द्रबिनोद कोइराला (कनकाई), सहसचिव देवीमाया अधिकारी(कमल) र 
    सहकोषाध्य्क्ष अनिता कटुवाल(भद्रपुर) चयन भएका छन्  ।

    समितिमा अन्य  ४४ सदस्यहरु झापाका सबै पालिकाबाट प्रतिनिधित्व गर्ने गरी चयन भएको निर्वाचन समितिले जनाएको छ । 

    समितिका अनुसार झापाबाट ७ केन्द्रीय प्रतिनिधिसमेत चयन भएका छन्  । जसमा तारा विश्वकर्मा(अर्जुनधारा), रामप्रसाद पराजुली (हल्दिबारी), देवी गौतम(अर्जुनधारा), द्रोण श्रेष्ठ (दमक), रुखमान लिम्बू(कमल), लिलानाथ गौतम(गौरादह) र दिपक पोखरेल(भद्रपुर) रहेका छन् । 

    प्रदेश प्रतिनिधिमा १३ जना चयन भएका छन् । 

    नवनिर्वाचित कार्यसमितिको घोषणा पदस्थापन तथा सपथ ग्रहण समारोह शनिबार सम्पन्न भएको छ ।  बिर्तामोडस्थित संगठनको कार्यालयमा सम्पन्न पदस्थापन समारोहमा निर्वाचन समिति संयोजक सोमनाथ बरालले सपथ ग्रहण गराएका थिए । सोही अवसरमा निवर्तमान अध्यक्ष द्रोण श्रेष्ठ, उपाध्यक्ष पुण्य सुवेदीलगायतले पदहस्तान्तरण गरेका थिए । 

    फागुन २४ गते बिर्तामोडमा आयोजित अधिवेशनलाई समारोहका प्रमुख अतिथि राष्ट्रिय समिति महासचिव हंसबहादुर शाहीले समुद्द्घाटन गरेका थिए । 

    निर्वाचन समितिको संयोजकमा सोमनाथ बराल(दमक), सदस्यहरु मन्दिरा सुवेदी(कनकाई), नगेन्द्रप्रसाद खनाल(अर्जुनधारा) रहेका थिए । 

    अध्यक्ष मण्डलका अध्यक्ष बुद्धिमान कार्कीको अध्यक्षतामा शनिबार आयोजित पदस्थापन समारोहमा स्वागत नगेन्द्रप्रसाद खनाल एवम् संचालन सोमनाथ बरालले गरेका थिए ।

    संगठनको १४ औं अध्यक्षको रुपमा निर्वाचित भएका पौडेलले संक्षिप्त कुरा गर्दै शिक्षा क्षेत्रका आम समस्याका लागि पहल गर्ने, एन जारी गर्न जिल्लाबाट गर्नुपर्ने सम्पूर्ण भुमिका निर्वाह गर्ने, महासंघमा पुगेका शिक्षकका समस्या समाधानका लागि पहल गर्ने आफ्नो योजना रहेको बताए ।
     
    उनले हालको अवस्थामा नवप्रवेशी शिक्षकहरुमा छाएको वितृष्णा हटाएर पेशाप्रतिको आकर्षण र महत्व महसुस गराउने गरिको काम गर्ने आफ्नो सोच रहेको महत्वाकांक्षी योजना सुनाए ।

    अध्यक्षमा निर्वाचित पौडेल मेचीनगर-२, भृकुटी निवासी हुन् । उनी इटाभट्टास्थित आदर्श माविका सहायक प्रधानाध्यापक हुन्  भने काँकरभिट्टा क्याम्पसका उपप्राध्यापकको रुपमा कार्यरत छन् । 

    शिक्षक संगठन झापाको अध्यक्षमा पौडेल चयन भएसँगै झापाली शिक्षकका संघ/संगठन दुबै पेशागत संगठनका जिल्ला अध्यक्षहरु एउटै विद्यालयमा कार्यरत रहेको संयोग मिलेको छ । नेपाल शिक्षक संघ झापाका अध्यक्ष तोया दाहाल’भास्कर’ समेत आदर्श मावि इटाभट्टा झापाका शिक्षक हुन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    गाउँकी सोझी चेली बेचिए सहरमा

    ६ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    १ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    १ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.