Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    देशभर २९ हजार ३ सय ३० प्रहरी परिचालन

    ११ चैत्र २०८०, आईतवार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काठमाडौं । नेपाल प्रहरीले होली सुरक्षार्थ देशभर २९ हजार ३ सय ३० प्रहरी परिचालन गरेको छ।

    जबरजस्ती रङ दल्ने, मापसे र लापसे गरी सवारी चलाउने, हातहतियार ओसारपसार हुन सक्ने र संस्कृतिको नाममा मिठाइमा लागुऔषध मिलाएर खान दिनसक्नेजस्ता घटना रोक्न देशैभर प्रहरी परिचालन गरेको हो।

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले उपत्यकामा मात्र ३ हजार ८ सय ३४ प्रहरी परिचालन हुने जानकारी दिनुभयो।

    होली सुरक्षा योजना–२०८० अन्तर्गत कोशीमा २ हजार ८ सय २५, मधेसमा ४ हजार २ सय ११, वागमतीमा ३ हजार ४४, गण्डकीमा ३ हजार १ सय ४७, लुम्बिनीमा ४ हजार १ सय ७४, कर्णालीमा २ हजार ६ सय ९४ र सुदूरपश्चि प्रदेशमा २ हजार ७ सय २३ प्रहरी परिचालन हुनेछन् ।

    सुरक्षा योजनाअन्तर्गत त्यस अतिरिक्त मोबाइल, पिकेट, क्यूआरटी, पैदल, सादा पोसाकमा प्रहरी परिचालित हुनेछ। प्रहरी प्रवक्ता डीआईजी ढकालले सबै जिल्लामा ट्राफिक प्रहरीले बिहानैदेखि चेकिङ गर्नेछ।

    होलीपर्वलाई अनुशासित र मर्यादित रूपमा सञ्चालन गर्न प्रहरीले सबै किसिमको सुरक्षा व्यवस्था गरेको छ। प्रहरीले जिल्ला प्रहरी कार्यालय प्रमुखको नेतृत्वमा कमान्डपोस्ट स्थापना गरेको छ।

    प्रहरीले आज पहाड र भोलि सोमबार तराईका लागि दुईदिने होली लक्षित सुरक्षा योजना जारी गरेको हो। अनुशासित रूपमा होली पर्व मनाउन प्रोत्साहन गर्न प्रहरीले हरेक वर्ष सुरक्षा योजना सार्वजनिक गर्ने गरेको छ।

    अनुशासनविपरीत रङ दल्न नदिन र अमर्यादित क्रियाकलाप रोक्ने सुरक्षा योजना जारी गरेको प्रवक्ता डीआईजी ढकालले जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालयले उपत्यकाका लागि छुट्टै योजना तयार गरेको छ।

    जसअनुसार काठमाडौंमा १ सय ५८ पिकेट, तीनैवटा जिल्ला प्रहरी परिसर प्रमुख रहने गरी ३ वटा कमान्ड पोस्ट, ६५ वटा मोबाइल गस्ती, १ सय ७५ पैदल गस्ती, १ सय ९८ क्यूआरटी, १ सय ५९ स्थानमा सुरक्षा चेकजाँच र १२ वटा अनुगमन टोली र १८ वटा रिजर्भ टोली रहने व्यवस्था गरेको छ।

    प्रहरीले देशैभर आपराधिक घटना, होली पर्वलाई अमर्यादिन बनाउने, सवारी दुर्घटना नियन्त्रण गर्न सुरक्षा योजना तयार गरेको जनाएको छ ।

    ‘हातहतियार ओसारपसार हुन सक्ने, सद्भाव खलल हुन सक्ने, जबरजस्ती रङको नाममा तेजाब प्रयोग गर्न सक्नेलगायतका चुनौतीलाई रोक्न सुरक्षा योजना लागु गरेका हौं’ –प्रवक्ता डीआईजी ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

    उहाँका अनुसार केन्द्रीय सुरक्षालाई आधार मानेर प्रदेश, जिल्ला, र उपत्यकाको हकमा रानीपोखरी प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालयले आन्तरिक योजना बनाएर लागु गरेका छन्।

    यसै गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षित, मर्यादित र उल्लासमय पर्व बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा ९ सय ट्राफिक प्रहरी खटाउने भएको छ ।

    विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउन र सडक अनुशासन पालना गराउन ट्राफिक प्रहरीहरू खटिने भएका हुन् ।

    कार्यालयले होली पर्व मनाउने क्रममा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाका र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ। त्यस्तै, ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट राखिने प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो।

    दुर्घटनारहित होली पर्व मनाउन र गलत गतिविधिलाई नियन्त्रण गर्न तयार भएको सुरक्षा योजनाअनुसार मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो उपस्थिति रहने योजना रहेको जनाइएको छ।

    अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठूलो आवाज निकाल्ने, तीनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउनेउपर विशेष निगरानी गरिने छ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने एसएसपी श्रेष्ठको भनाइ छ।

    विशेष गरी मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमतिविपरीत रंग दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला, झैझगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिनेसमेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो।

    होली पर्वलाई व्यवस्थित र मर्यादित बनाउन देशैभरका जिल्ला प्रशासन कार्यालयले मर्यादित र शान्तिपूर्ण रूपमा होली मनाउन सार्वजनिक सूचना जारी गरिसकेको छ।

    उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर प्रहरी कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रधान कार्यालयको सुरक्षा योजनाअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ४ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ६ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ७ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    १ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    २ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ४ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ६ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ७ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    १ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.