मेचीनगर । काँकरभिट्टा नाकामा कार्यरत नव अभियान नेपालले भारतको कलकताबाट २ महिनादेखि अभिभावकसँग सम्पर्कविहीन रहेका भारतबाट एक जना बालकको उद्धार गरेको छ ।
बिराटनगर हाटखोला कटहरी ३ मामा मोहम्मद जिब्राइलको घरमा बस्दै आएका १४ बर्षीय समिम साफीलाई भारतको कलकता स्थित फेला पारेका थिए ।
उनलाई भारतमा भेटेपछि राजदूताबास र नव अभियान नेपाल शाखा काँकरभिट्टाको पहलमा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको सहजीकरणमा उद्धारगरी आज मंगलबार नेपाल ल्याएर अभिभावकसंग पुनर्मिलन गराउन सफल भएको नव अभियानका क्षेत्रिय संयोजक इन्द्रबहादुर बस्नेतले नयाँ तृष्णा अनलाइनलाई जानकारी दिएका थिए ।
महिला बालबालिका तथा जेष्ठ नागरिक कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक मिलन राई, भरतीय दूताबास सतिस थापाको उपस्थितिमा बालकको बुवा डोमा साफी र मामा मोहम्मद जिब्राइललाई पुनर्मिलन गराउन सफल भएको नव अभियानका सिनियर कर्मचारी अनिता गुरागाइले बताइन् ।
अभिभावक डोमा साफीले आफ्नो छोरा माघ १६ गते बेलुका ७ बजेबाट बेपत्ता भएपछि चौधवटा नाकामा फोटोटाँसी मखोजतलास गरिदिन सरोकारवालालाई जानकारी गराएतापनि आज काँकरभिट्टा नाकाबाट २ महिनापछि पुनर्मिलन गराउनुभएकोमा नव अभियन नेपाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र भारतीय दूताबासलाई मानव सेवाको लागि धन्यबाद दिएका थिए ।
दूताबासको अनुसार कलकतामा पुलमाथि अलपत्र परेको अवस्थामा भारतीय प्रहरीले भेटी सुभियम होम कलकतामा राखेका थिए ।