Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    नगरपालिकाद्वारा राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई जनही ५० हजार नगदसहित सम्मान

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १२ चैत्र २०७९, आईतवार,

    बुटवल। 

    राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद राशिसहित सम्मान गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमामा स्थायी बासिन्दा भएका खेलाडीलाई जनही ५० हजार नगद राशिसहित सम्मान गरेको हो । आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू–१९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरिएको हो ।

    राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नपालिकाले नगद राशिसहित सम्मान गरेको छ ।खेलाडीहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उप प्रमुख जगेश्वरदेवी चौधरी तथा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संयुक्त रुपमा टीका, माला तथा प्रशंसापत्र सहित नगद जनही ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गर्नु भयो ।

    खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाँणले तिलोत्तमालाई क्रिकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नु भयो । खेलको माध्यमबाट भौतिक पूर्वाधार तथा मानवीय विकासमा समेत टेवा पुग्ने उहाँको कथन छ । आफ्नो स्रोत र साधनले भ्याएसम्म तिलोत्तमाले खेलकुदको क्षेत्रमा लगानी गरेको बताउनु भयो ।

    यसैगरी नगर उपप्रमुख जगेश्वरीचौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको बताउनु भयो । सम्मानित खेलाडीहरुलाई बधाई दिँदै उहाँले जसरी उदीयमान बनेका छन् त्यसै गरी उदाइरहन शुभकामना दिनु भयो ।

    सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नगर नगरपालिकाले खेलाडीको प्रोत्साहनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । सम्मान ग्रहण गर्दै राष्ट्रिय खेलाडी कुशल भुर्तेलले सबैको साथ समर्थनले नै आफू र आफ्नो टिमले सफलता हात पारेको उल्लेख गर्नु भयो । नगरपालिकाले आफूहरूलाई सम्मान गरेर तिलोत्तमामा थप नयाँ र प्रतिभावान खेलाडी उत्पादनका लागि अवसर सिर्जना गरेको बताउनु भयो ।

    नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले हरेक खेलकुदको विकासका लागि खेलाडीहरुको सम्मान जरुरी रहेको बताउनु भयो ।सम्मानित दुई राष्ट्रिय खेलाडी सम्मिलित सिनीयर टोलीले विश्व कप छनोट खेल्न पाउने भएको छ भने यू–१९ का क्याप्टेन खनालले टिमलाई जित दिलाउँदै सन् २०२४ मा श्रीलंकमा हुने यू–१९ विश्वकपका लागि छनोट गराउन सफल भएका छन्।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    असोज ३ देखि ज्यामिरगढीमा प्रथम त्रिवेणी च्यालेञ्ज कप हुने

    १ महिना अगाडि

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    २ महिना अगाडि

    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

    २ महिना अगाडि

    महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

    ३ महिना अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    ३ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ३ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ४ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.