Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बाहुनडाँगीमा ‘सामूहिक सब्जी खेती’

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १३ चैत्र २०७९, सोमबार,

    मेचीनगर, १३ चैत । किसानको हात, वडाको साथ कार्यक्रम अन्तरगत हात्ती मैत्री किसान समूह गठन गरेर बाहुनडाँगीमा सामूहिक सब्जी खेती सुरु गरिएको छ । मेचीनगर–४, प्रधान गाउँ स्थित लक्ष्मी अधिकारीको अढाइ विगाहा जग्गा लिजमा लिएर किसानले सामूहिक सब्जी खेती सुरु गरेका हुन् ।

    सब्जी खेती गर्न अधिकारीको जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी दश वर्षका लागि लिज लिएको हात्ती मैत्री किसान समूहका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । यही फागुन १७ गतेदेखि सुरु गरिएको सामूहिक सब्जी खेतीमा पहिलो चरणमा सामान्य आलु उत्पादन गरिएको उनको भनाई छ ।

    ‘अहिले जग्गा वरिपरी तरुल रोपिएको छ’ अध्यक्ष आर्चाले भने–‘भिण्डी, टमाटर, आलु, घिरौला, बोडी, फर्सी, लौका, सिमरायोको साग लगायत सब्जी लगाइएको छ ।’ सामान्य तारबार गरिएको सो खेतीमा हात्ती छिरे सबै सब्जीमा क्षति गर्न सक्छ । तर, किसान केमा ढुक्क छन् भने सबै प्रकारका सब्जीको बीमा गर्ने सोचमा रहेका छन् ।

    ‘हात्ती आए क्षति रोक्न सकिदैन’, समूहका सदस्य धनपति गौतमले भने–‘हात्तीलाई पनि बचाउने, हामी पनि पालिने अवस्था हुन्छ । हात्तीले खाएर नष्ट गर्छ । सब्जीको बीमा गछौँ । हामी फेरि रोपिहाल्छौँ । तर, हामीले हात्तीले नष्ट नगर्ने सब्जी खेतीको पनि तयारी गरिरहेका छौँ । जस्तो कोदो, तोरी, रहरी दाल, अधुवा, बेसार, पिडालु लगायत हात्तीले नखाने सब्जी खेती पनि गर्नेछौँ ।’

    स्थानीय प्राविधिक करण अधिकारीले सब्जीका सबै विरुवाहरु बिर्तामोडबाट खरिद गरेर ल्याइएको बताए । उनले अर्गानिक सब्जी खेती गरिएकोले यहाँ उत्पादन भएका सब्जी बजार पुर्याउँदा थोरै महंगो पर्ने बताए । यसमा चाहिँने मल स्थानीय पशुपालन गरिएका फार्महरुबाट प्राङ्गरिक मल ल्याइने अधिकारीको भनाई छ ।

    समूहमा ५० वर्ष नाघेका स्थानीय २६ जना ज्येष्ठ किसानहरु मध्ये तत्काल १६ जनाले जनहि ५ हजार रुपैयाँका दरले पैसा उठाएर सामूहिक सब्जी खेती सुरु वडा सदस्य पवन बराइलीले बताए । सामूहिक सब्जी खेती गर्न वडा कार्यालयले समूहलाई ढेड लाख सहयोग गर्ने वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए । हात्तीबाट क्षति भएमा वडाले बीमा मार्फत किसानलाई क्षतिपूर्ती तिरिदिने उनले बताए । 

    किसानले उत्पादन गरेका सब्जी बजारीकरणमा समस्या भए स्थानीय सरकारले त्यसको जिम्मा लिने वडाध्यक्ष कार्कीको दावी छ । मेचीनगर नगरपालिका कार्यपालिकाको हालै बसेको वैठकले हात्तीबाट किसानको बालीनाली क्षति भएमा बीमा गरिदिने निर्णय भएको वडाध्यक्ष कार्कीले जानकारी दिए । मेचीनगरमा बीमा कार्यक्रम आगामी साउनदेखि लागु हुने बताइएको छ ।

    ‘बाहुनडाँगीमा किसानको कुनै पनि जग्गा अब बाँझो रहदैन’, वडाध्यक्ष कार्कीले भने–‘सीमामा तटबन्धन गरिने छ । ग्रिन वेल्टको अवधारणा ल्याइएको छ । विद्युतिय फेन्सिङ तारबार गरिने छ । हात्ती छेक्न नेपाल–भारतका युवाहरुको रेपिड रेसपोन्स टिम तयारी अवस्थामा छ । यी कामहरु गरेपछि बाँझो रहेका जमिनमा अब किसानहरुले उत्पादन गर्नेछन् ।’

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    ३ हप्ता अगाडि

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, अब लिटरको कति ?

    ३ हप्ता अगाडि

    बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यपार महोत्सव आजबाट शुरु

    ५ महिना अगाडि

    निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    ५ महिना अगाडि

    बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं: कुलमान घिसिङ

    ७ महिना अगाडि

    सहकारी प्रकरण: लामिछानेले संसदीय समितिमा ७ गते बयान दिने

    १० महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    १ हप्ता अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.