Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    राष्ट्रसंघलाई कालोसूचीबाट नाम हटाउन राष्ट्रसंघलाई तालिवानको आग्रह

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १३ चैत्र २०७९, सोमबार,

    एजेन्सी,

    तालिवान समूहले संयुक्त राष्ट्रसंघ (युएन)लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ।अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको छ।

    सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा नबढाउने भन्ने विषयमा सहमति गर्न नसकेपछि १३ जना अफगानी इस्लामी अधिकारीलाई विदेश यात्रागर्न अनुमति दिने संयुक्त राष्ट्रसंघको छुटको म्याद सन् २०२२ को अगष्टमा सकिएको थियो। झन्डै २० देखि २५ जना तालिवान व्यक्तिहरूलाई कालो सूचीमा राखिएको छ। तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदलाई उद्धृत गर्दै टोलोन्युजले भनेको छ, ‘तीमध्ये केहीको मृत्यु भइसकेको छ, जीवितमध्ये धेरै कम अहिले सरकारमा छन्।’

    इस्लामिक इमिरेट्सका अधिकारीहरूलाई संयुक्त राष्ट्रसंघको कालोसूचीमा समावेश गर्नु दोहा सम्झौताको उल्लंघन भएको मुजाहिदको तर्क छ। उनले भनेका छन्, ‘हामीले धेरैपटक भनिसकेका छौँ,  दबाब र बल प्रयोगले कुनै परिणाम ल्याउँदैन। अफगानिस्तानका जनता दबाबसामु आत्मसमर्पण गर्ने छैनन् भन्ने विगत २० वर्षको युद्धले प्रमाणित गरेको छ।’

    सन् २०२० मा दोहामा हस्ताक्षर भएको दोहा सम्झौता विशेष गरी संयुक्त राज्य अमेरिका र तालिवानबीच अफगानिस्तानमा शान्ति ल्याउन हस्ताक्षर गरिएको एक विस्तृत शान्ति सम्झौता हो। 

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता तालिवानको सुरक्षा आश्वासनमा निर्भर थियो। सम्झौतामा अफगान भूमि अल–कायदा वा इस्लामिक स्टेटद्वारा अमेरिकाविरुद्ध आक्रमणको कार्यस्थलका रूपमा प्रयोग नगरिने सर्तमा अमेरिकी नेतृत्वको सैनिक गठबन्धन अफगानिस्तानबाट बहिर्गमित भएको थियो। 

    राजनीतिक विश्लेषक टोरेक फरहादीले जारी मानवीय संकट र महिलाको आधारभूत अधिकारबाट वञ्चित हुनु नै तालिवानमाथिको प्रतिबन्धको कारण भएको बताए। यसबाहेक, राजनीतिक विश्लेषकहरूले संयुक्त राष्ट्रसंघको कालोसूचीमा इस्लामिक इमिरेट्सका सदस्यहरूको निरन्तर उपस्थिति अन्तर्राष्ट्रिय समुदायको माग पूरा गर्न असफल भएका कारण भएको उनको दाबी छ। 

    एक राजनीतिक विश्लेषक सलिम काकरले यसबारे एक फरक परिवेशमा भने, ‘मेरो विचारमा अफगान तालिवान अधिकारीहरूमाथिको कालोसूची इस्लामिक इमिरेट्सले वर्तमान प्रणाली र वर्तमान अन्तर्राष्ट्रिय कानुनहरूको पालना नगर्दासम्म अफगानिस्तानमा विश्वको राजनीतिक दबाबको एक भाग हो।’ 

    तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता देशमा महिलामाथिको दमन, तालिवानइतर समूहमाथिको दमन र समग्र शिक्षा तथा मानव अधिकारका मुद्दाहरू ओझेलमा परेका छन्। आर्थिक तथा राजनीतिक संकट धेरै गुणा बढेको छ, जसले गर्दा मानिसको जीवन अत्यन्त दयनीय बनेको छ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते

    २ दिन अगाडि

    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते

    ७ दिन अगाडि

    आज विश्व वातावरण दिवस २०२५ मनाइयो

    २ हप्ता अगाडि

    बन्द झ्याल भित्रको चित्कार: एक नेपाली किशोरीको कथा

    ३ हप्ता अगाडि

    हराइरहेका बालक साढे ३ महिनापछि परिवारसँग पुनर्मिलन

    ४ हप्ता अगाडि

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    मेची इलाका इसाई समाजमा नयाँ नेतृत्व चयन, पास्टर भरत दाहाल अध्यक्षमा निर्वाचित
    १ दिन अगाडि
    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते
    २ दिन अगाडि
    प्रेस क्लब मेचीनगरको १२ औं स्थापना दिवस : दुई पत्रकार पुरस्कृत, ३९ पत्रकारको दुर्घटना विमा
    ३ दिन अगाडि
    अमेरिकामा सांसदको गोली हानी हत्या, एक घाइते
    ७ दिन अगाडि
    काँकरभिट्टामा सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन
    १ हप्ता अगाडि
    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द
    २ हप्ता अगाडि
    नारी सञ्चार गृहको अक्षयकोषमा ५० लाख पुगेको घोषणा
    २ हप्ता अगाडि
    टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
    २ हप्ता अगाडि
    कोशी प्रदेशस्तरीय सुरुभयो विज्ञान तथा प्रविधि प्रदर्शनी, ५० विद्यालयबीच प्रतिस्पर्धा
    २ हप्ता अगाडि
    आज विश्व वातावरण दिवस २०२५ मनाइयो
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.