Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    रिङ लुटेर ८३ वर्षीया महिलाको हत्या

    १५ चैत्र २०८०, बिहीबार
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    काभ्रे। 

    परिवारले समेत काबुमा राख्न नसकेका गलत संगतमा फसेका एक युवकले ८३ बर्षिया महिलाको हत्या गरेका छन् ।

    हत्या गरेको २६ दिनपछि प्रहरीले शङ्कास्पद गतिविधिलाई निगरानीमा राख्दै हत्यामा संलग्न युवकलाई पक्राउ गरेको छ ।

    ‘फरक फरक जिल्ला र ठेगाना भएका दुई व्यक्ति एउटै घरमा भाडामा बस्दै आएका थिए । दुवै एक्ला एक्लै बस्ने क्रममा युवकले राति राति महिलाको कोठामा गएर दुख दिने र धम्की समेत दिने गरेका थिए । हत्या गर्ने दिन बिहानै युवक महिलाको कोठामा प्रवेश गरे ।

    महिला सुतिरहेको अवस्थामा थाहा पाउन सकिनन् । युवकले महिलाको छातीमा घुँडा राखेर मुख थुनिदिए । कानमा लगाएका दुई वटा रिङ फुकाले । नाकमा भएको फुली लिएनन् ।

    कोठामा भएका अन्य सामान पनि लगेनन् । त्यसपछि उनी  कोठामा पनि आएनन्’– इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीले भने–‘रिङ लुटेर विक्री गरेका युवकले खर्च गरेको रकम, उनका दैनिकका कृयाकलापहरुलाई समेत निगरानीमा राखेकाले पक्राउ गर्न सफल भयौं ।’

    २०८० फागुन १७ गते बिहान हत्या गरी भागेका युवा चैत्र १३ गते पक्राउ परेका थिए ।

    धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित वसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोही घरमा डेरा गरी बसेका सुनसरी जिल्ला धरान उमहानगरपालिका वडा नम्वर ८ मा घर भएका २९ वर्षीय युवक अभिषेक अचार्जुले हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी लालध्वज सुवेदीले बताए ।

     महिलाको कानमा लगाएका सुनका रिङ लुटेर भागेका थिए । फागुन १७ गते बिहान लक्ष्मी तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुवै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएका रहेछन् ।

    लुटिएको रिङलाई अभिषेकले बनेपामा रहेको विवेकरत्न सुनचाँदी पसलमा धितो राखेर ३६ हजार रुपैयाँ लिएका थिए । उक्त रकमबाट अभिषेकले साथीहरूलाई तिर्नु पर्ने केही रकम तिरेको बयान दिएका छन् ।

     प्रहरीले पक्राउ परेका अभिषेकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान शुरु गरेको बताएको छ । डिएसपी सुवेदीका अनुसार धुलिखेल ९ घर भएकी लक्ष्मी विगत एक वर्ष देखि वसन्त श्रेष्ठको घरको भुई तल्लामा भाडामा बस्दै आएकी थिइन् ।

    सोही तल्लामा अभिषेक पनि बस्दै आएका थिए । अभिषेकका बाबु आमा लगायत बनेपामा हार्डवेयर व्यवसाय गर्दै आएका छन् ।

    घर परिवारले नियन्त्रणमा राख्न नसकेका उनको संगत गलत व्यक्तिहरूसँग थियो । कुनै पेसा व्यवसाय नगरी हल्ली हिँडेका ती युवाले लक्ष्मीलाई मारेर निर्धक्क हिँडिरहेका थिए । लक्ष्मीका आफन्त भए पनि एक्लै डेरामा बस्दै आएकी थिइन् ।

    अन्य समयमा पनि लक्ष्मीसँग ती युवाले रातको समयमा पानी माग्ने, खाने कुरा माग्ने र नदिए धम्क्याउने गरेको सोही घरमा डेरामा बसेकाहरुले प्रहरीलाई जानकारी गराएका थिए । फागुन १७ गते बिहानै लक्ष्मीलाई मारेर फरार भए पनि लक्ष्मीको शव फागुन १८ गते मात्रै फेला परेको थियो ।

    दुई दिनसम्म लक्ष्मीलाई नदेखेको अझ ढोका समेत भित्रैबाट लगाएको देखे पछि स्थानीयहरूले प्रहरीलाई खवर गरेका थिए । लक्ष्मीलाई मारेपछि भने युवक कोठामा आउन छाडेका थिए भने केही शङ्कास्पद गतिविधि समेत देखाएका थिए ।

    तर प्रहरीले उनको निगरानी बढाएको थियो । प्रारम्भिक अनुसन्धानले पुष्टि भए पछि उनलाई पक्राउ गरिएको डिएसपी सुवेदीले बताए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा

    १९ घण्टा अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    ३ दिन अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ५ दिन अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    ५ दिन अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    ७ दिन अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    गाउँकी सोझी चेली बेचिए सहरमा
    १९ घण्टा अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    ३ दिन अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    ५ दिन अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    ५ दिन अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    ७ दिन अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    १ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    १ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    १ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि
    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.