Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कोशी नाम खारेजीको माग गर्दै भएको पहिचानवादी आन्दोलन, डीएसपीसहित २० जनाभन्दा धेरै घाइते

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १४ चैत्र २०७९, मंगलवार,

    विराटनगर / पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोसी नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग गर्दै बिराटनगरमा गरेको पहिचानवादी आन्दोलनमा डीएसपीसहित २० जनाभन्दा धेरै घाइते भएका छन ।

    कोसी प्रदेशका सांसद सहभागी कार्यक्रमको विरोधमा उत्रिएका पहिचानवादीहरूको प्रदर्शनका क्रममा भएको झडपमा नेपाल प्रहरीका डीएसपीसहित २० जना भन्दा धेरै घाइते भएका हुन । 

    विराटनगरमा आज होटल बिगमा कोसी प्रदेश सभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादीहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । 

    झडपमा जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विजय क्षेष्ठसहित सशस्त्र प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीतर्फ पनि एक दर्जन बढी घाइते भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चक संघीय सचिव दिलकुमार लावतीले जानकारी दिए ।

    ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशाला’मा सहभागी हुन सांसदहरू सहभागी हुने भएपछि पहिचानवादीले होटल नै घेराउ गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेका थिए । स्थिति उग्र बनेपछि प्रहरीले १४ राउन्ड हवाई फायर तथा ४० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । 

    यूएनडीपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा र अर्थविज्ञ स्वर्णिम वाग्लेले प्रवचन दिने तय भएको थियो । तर, कार्यक्रम सुरु हुनु अगावै पहिचानवादीले प्रदर्शन गरेका हुन् ।

    उनीहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले पहिले पानीको फोहोरा हानेको थियो ।‌

    यसअघि मोरङको सुन्दरहरैँचामा विराटचोकस्थित नेपाल इरिका होटलमा कार्यक्रम राखिएको थियो । तर त्यहाँ पनि प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेराउ गर्ने जानकारी आएपछि असुरक्षा देखाएर विराटनगरमा कार्यक्रम सारिएको थियो । पहिचानवादीले आजै प्रदेशका विभिन्न पालिका कार्यालयमा तालाबन्दी पनि गरेका छन् । 

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ६ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ६ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ६ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ६ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.