Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    शरणार्थीको नक्कली परिचयपत्र : तत्कालीन गृहमन्त्रीका सुरक्षा विज्ञसँग आरोपीको कनेक्सन

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १५ चैत्र २०७९, बुधबार,

    काठमाडौँ । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठग्ने समूहका ३ जना चैत १२ मा पक्राउ परे । पक्राउ पर्नेमा मोरङ घर भएका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारी छन् । उनीहरूको कनेक्सन पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा विज्ञ डा. इन्द्रजीत राईसँग देखिएको छ ।

    प्रहरीको अनुसन्धानबाट ठगीमा संलग्न आरोपी सानु भण्डारी र केशव प्रसाद दुलालको सम्पर्क डा. राईसँग देखिएको हो । डा. इन्द्रजीतका छोरा नीरजले आरोपीहरूसँग १ करोड भन्दा धेरै रकम ‘घुस’ लिएको अनुसन्धानका क्रममा आरोपीले बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘नीरजले भुटानी शरणार्थीसँगै नक्कली कार्ड भएका नेपालीहरूलाई पनि अमेरिका पठाउँछौँ भनेर १ करोड भन्दा धेरै करम बुझेको आरोपीहरूले बताएका छन् ।’

    ठगीमा संलग्नहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । अनुसन्धान अधिकृतहरूसँग सानु भण्डारीले थप रकम समेत उच्च नेतृत्वसम्म बुझाएको दाबी गरेका छन् । 

    तर, तत्कालीन गृहमन्त्रीका सुरक्षा विज्ञ राईले आफूले सानु भण्डारीलाई नचिनेको दाबी गरे । उनले आरोप मात्रै लगाएर केही अर्थ नहुने भन्दै यसबारेमा प्रमाणपनि पेस गर्न सक्नुपर्ने बताए । ‘मैले सम्बन्धित ठाउँमा जवाफ दिइसकेको छु । आरोप मात्रै लगाएर हुँदैन, पुष्टि गर्न चुनौती दिन्छु’, राईले रातोपाटीसँग भने । 

    २०७४ फागुन १४ मा गृहमन्त्री नियुक्त भएका ‘बादल’ले लामो समय गृह मन्त्रालयको कमान्ड गरेका थिए । त्यतिन्जेल डा. राई उनको विज्ञ सल्लाहकार थिए । ‘बादल’को कार्यकालमा ठगीमा संलग्न गिरोहहरुले ठुलो चलखेल गरेको पीडितहरूको भनाइ छ ।

    आरोपीहरूले अमेरिका पठाउन ‘ट्राभल डकुमेन्ट’ समेत बनाएको अनुसन्धानबाट थाहा भएको छ । तर, भनेको समयमा नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउन नसेक पछि घटना बाहिरियो ।

    दाङ घर भएका सन्देश शर्मा ठगीको मुख्य योजनाकार हुन् । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अखिलमा आबद्ध सन्देश आफू पनि अमेरिका जान्छु भन्थे । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएर धापखेल बस्ने ४९ वर्षीय केशव दुलालसँग मिलेर उनले समूह बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शर्मा अहिले फरार छन् ।

    ठगीमा संलग्नहरूको धम्कीका कारण ‘अमेरिका सपना’ देखेर लाखौं बुझाएकाहरू अहिले पनि मोबाइल चलाउन नसक्ने अवस्थामा छन् । उनीहरू सामाजिक सञ्जाल मार्फत एक अर्कासँग कुरा गर्छन् । आरोपीहरूले १३ करोड ६३ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।

    ठगीमा संलग्नहरूले पूर्व गृहमन्त्रीहरू र पूर्व सचिवहरूको पनि सो ठगीमा संलग्नता रहेको जिकिर गरेका छन् ।  उनीहरूले रामबहादुर थापाका छोरा प्रतीकसँग पनि कुरा भएको दाबी गरेका छन् ।

    रातोपाती,

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    ३ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    ३ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ५ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    ३ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    ३ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ५ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    २ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.