Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ब्लू टिक पाएका आधाजसो ट्वीटर अकाउन्टमा हजार भन्दा कम फलोअर्स

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १६ चैत्र २०७९, बिहीबार,

    काठमाडौं । सीईओ एलन मस्क हरेक ट्वीटर प्रयोगकर्तालाई कुनै न कुनै रुपमा शुल्क तिर्न बाध्य बनाउने बाटोमा अगाडि बढिरहँदा र ट्वीटरमा भेरिफिकेसन ब्याजका लागि अनिवार्य रुपमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिरहँदा एउटा अनौठो तथ्य बाहिरिएको छ ।

    एउटा रिपोर्ट अनुसार ट्वीटरका भेरिफाइड अकाउन्ट अर्थात् निलो टिको पाएका त्यस्ता अकाउन्टमध्ये करीब आधाजसोमा १ हजार भन्दा पनि कम फलोअर्स छन् । अझ अर्को रोचक तथ्य त के भने २ हजार २७० वटा यस्ता भेरिफाइड ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या शून्य छ ।

    Mashable मा प्रकाशित रिपोर्टमा शोधकर्ता ट्राभिस ब्राउनले हाल ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्या ४ लाख ४४ हजार ४३५ रहेको उल्लेख छ । त्यसमध्ये आधाजसो सब्सक्राइबर अर्थात् २ लाख २० हजार १३२ प्रयोगकर्ताका १ हजार भन्दा कम फलोअर्स छन् ।

    त्यसमध्ये ७८ हजार ५९ ट्वीटर ब्लू सब्सक्राइबरका ट्वीटर अकाउन्टमा फलोअर्सको संख्या १ सय भन्दा कम छ । यो भनेको कूल ट्वीटर ब्लू सब्सक्राइबरको कूल संख्याको १७.६ प्रतिशत हो ।

    यद्यपि हाल कायम रहेको ट्वीटर ब्लू सब्सक्राइबरहरु रकम तिरिरहेकै छन् भन्ने चाहीँ खुलेको छैन । किनकी एकपटक ब्लू सब्सक्रिप्सन खरिद गरी त्यसलाई रद्द गरिसकेका प्रयोगकर्ताहरुको भेरिफिकेसन ब्याज पनि ट्वीटरले हटाएको छैन ।

    शोधकर्ता ब्राउनका अनुसार त्यस्ता प्रयोगकर्ताहरु पनि ट्वीटरमा Blue Verified  कै रुपमा रहेको र ट्वीटर ब्लूका कूल सब्सक्राइबरको संख्यामा देखिएका छन् । उक्त रिपोर्ट अनुसार ट्वीटरका कूल २५ करोड ४० लाख दैनिक प्रयोगकर्तामध्ये केवल ०.२ प्रतिशतले मात्र ट्वीटर ब्लूका लागि शुल्क तिरिरहेका छन् ।

    आगामी अप्रिल १ देखि ट्वीटरमा रहेका निशुल्क लिगेसी ब्लू टिकलाई हटाएर पूर्णरुपमा सशुल्क बनाउने घोषणा एलन मस्कले गरिसकेका छन् । हाल ट्वीटरमा ४ लाख २० हजारको संख्यामा लिगेसी भेरिफिकेसन प्राप्त अकाउन्टहरु छन् ।

    – एजेन्सी

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड

    २ हप्ता अगाडि

    कमल गाउँपालिकाले गर्मी बढेपछि गरे विद्यालय बन्द

    ४ हप्ता अगाडि

    विषाक्त च्याउ खाँदा इलाम माङसेबुङका तीन जनाको गयो ज्यान

    १ महिना अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ महिना अगाडि

    चीनको सिगात्सेमा शक्तिशाली भूकम्प, १ सय ५० बढीको मृत्यु

    ६ महिना अगाडि

    तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

    ६ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    २ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ३ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    ५ दिन अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    ५ दिन अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    ५ दिन अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    ६ दिन अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    १ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    १ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    १ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.