Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    सरकार र मिटरब्याज पीडितबीच ५ बुँदे सहमति

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    १८ चैत्र २०७९, शनिबार,

    काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सरकारी टोलीबाट गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला र संघर्षसमितिका तर्फबाट संयोजक मनोज पासमान टोलीले मन्त्रिपरिषद्बाट जाँचबुझ आयोग ऐन २०२६ अनुसार आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको हो ।

    सहमति भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकबाट आयोग गठनको निर्णयपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने सहमति भएको वार्ता पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्तै पीडितका तर्फबाट नियमित रूपमा आउने उजुरीलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरी, सरकारी वकिल, मालपोत, नापी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र मिटरव्याज पीडितको प्रतिनिधित्व हुने गरी जिल्ला स्तरीय समन्वय समिति गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति पनि भएको पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

    अनुचित लेनदेन (मिटर व्याज) सम्वन्धि कार्यलाई कसुर कायम गर्ने गरी कानुनमा संशोधन प्रकृया अगाडि बढेकाले उक्त संशोधन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको संघर्ष समितिका वार्ता संयोजक पासमानले जानकारी दिनुभयो । आयोग गठन भएपछि पीडितहरुले गर्दै आएको सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको सहमति पत्रमा उल्लेख छ ।

    दुवैपक्षबीच मिटर व्याज अपराध नियन्त्रण सिफारिस कार्यदलको गत भदौ २७ को प्रतिवेदनमा भएका सिफारिस शीघ्र र प्रभावकारी कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने सहमति पनि भएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता

    ३ दिन अगाडि

    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?

    ६ दिन अगाडि

    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान

    ७ दिन अगाडि

    रेशम चौधरीको उम्मेदवारी रद्द

    २ हप्ता अगाडि

    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै

    २ हप्ता अगाडि

    कृपा फ्री मेथोडिस्ट चर्चको १२औँ वार्षिक उत्सव भव्यतापूर्वक सम्पन्न

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ३ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.