Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    धुलाबारीलाई हराउँदै काँकरभिट्टा एफटीसी फाइनलमा

    २० चैत्र २०८०, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमिफाइनलमा रोलिङ फुटबल क्लब धुलाबारीविरुद्ध १–० को कठिन जीत निकाल्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर उपाधि नजिक पुगेको हो ।

    काँकरभिट्टाका आशिष चापागाईले गरेको एक गोलनै निर्णायक बन्यो । ६४ औँ मिनेटमा आशिषले गरेको प्रहारले सिधैँ जाली चुमेको थियो । खेल अवधिभर धेरै समय बल पोजिसनमा राखेको काँकरभिट्टाले गोल गर्ने थुप्रै अवसर खेल फाल्यो । खेलको १५ औँ मिनेटमा काँकरभिट्टाका आशिष चापागाईले गरेको कर्नर किकलाई सञ्जित राईले गरेको हेडलाई धुलाबारीको डिफेन्सले क्लियर गरेका थिए ।

    त्यसैगरी, २२ औँ मिनेटमा काँकरभिट्टाका योगेश गुरुङले गरेको फ्रिकिक प्रहारलाई सञ्जय धिमालले हेडमार्फत गोल पोष्टको दिशा देखाएपनि गोलरक्षक युवराज पुरी बाधक बन्दा अग्रता लिन सकेन । ३४ औँ मिनेटमा काँकरभिट्टाका सञ्जय धिमालले दोश्रो बार च्याप्दै हानेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा काँकरभिट्टाका खमिर गिल्सन कन्दङ्वाले गरेको प्रहार गोलरक्षक युवराज पुरीले पन्च गरेर बचाए । इञ्जुरी समयमा धुलाबारीका पुजन राईले गरेको लेफ फुटेट सर्टलाई काँकरभिट्टाका गोलरक्षक देवेन भुजेलले पन्च गरेर बचाए । खेलको म्यान अफ दी म्याच आशिष चापागाई घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् ।

    बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताको फाइनल खेल चैत २२ गते काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र बाहुनडाँगी युवा क्लबबीच हुनेछ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    १२ घण्टा अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    १३ घण्टा अगाडि

    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित

    ६ दिन अगाडि

    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए

    १ हप्ता अगाडि

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १२ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १३ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.