Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    काँकरभिट्टा एफटिसीलाई हराउँदै बाहुनडाँगी बने च्याम्पियन

    २२ चैत्र २०८०, बिहीबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    बाहुनडाँगी । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा सम्पन्न दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको उपाधि बाहुनडाँगी युवा क्लबले चुमेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई १ का विरुद्ध २ गोल गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।

    बिजेता टिम बाहुनडाँगी फुटबल क्लबले नगद एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
    बाहुनडाँगीको दुवै गोल इञ्जुरी समयमा भएको थियो ।

    बाहुनडाँगीका लागि पहिलो हाफको इञ्जुरी समयमा विशाल राईले गोल गर्दै अग्रता दिलाए । विशाल दर्जीले गरेको प्रहारलाई काँकरभिट्टाका गोलरक्षक देवान भुजेलले पन्च गरेर बचाउँदा रिबाउन्ड भएको बललाई विशाल राईले जाली चुमाएका थिए । ६१ औँ मिनेटमा काँकरभिट्टाका आशिष चापागाईले फ्रिकिकमार्फत गोल गरेर टिमलाई बराबरी बनाएका थिए । बाहुनडाँगीका खेलाडीको हेन्डबल भएपछि काँकरभिट्टाले फ्रिकिकको अवसर पाएको थियो । बाहुनडाँगीका लागि दोश्रो हाफको इञ्जुरी समयमा रिक्की प्रधानले गोल गरेर टिमलाई जित दिलाए ।

    खेलको म्यान अफ दी म्याच विशाल रार्ई घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
    त्यसैगरी उत्कृष्ट गोलरक्षक बाहुनडाँगीका अभिषेक चौधरी, उत्कृष्ट डिफेन्स बाहुनडाँगीकै रविन मगर, सर्वाधिक गोलकर्ता काँकरभिट्टाका आशिष चापागाई, उदयमान खेलाडी काँकरभिट्टाकै सेमि लिम्बु, उत्कृष्ट कोच बाहुनडाँगीका चन्द्र लिम्बूले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड सनसिटी फुटबल क्लब सलकपुरले प्राप्त गर्यो ।
    बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको थियो ।

    प्रतियोगिताको समापन समारोहमा बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व रहेको थियो । मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्गिल सहिद परिवार सदस्यका भाई नेत्रराज थापा क्षेत्री, संस्थापक अध्यक्ष नविन बराल, बाहुनडाँगी युवा क्लबका अध्यक्ष तथा पूर्व अध्यक्ष जीवन मोते, साना किसान सहकारी संस्थाका मुख्य प्रबन्धक पोषककुमार मोते, पूर्व अध्यक्ष, जसीजकर्मीलगायतको आतिथ्यता रहेको थियो ।

    बाहुनडाँगी जेसीजका उपाध्यक्ष पवन बराइलीले स्वागत गरेको कार्यक्रममा आस्थापाठ अतिथि सत्कार संयोजक प्रतिमा रिजालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता भण्डारीले गरेकी थिइन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    १६ मिनेट अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ६ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ७ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    १६ मिनेट अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ६ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ७ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.