Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    खाडी–काठमाडौं पहेंलो उडान : झिटीगुन्टाको नाममा भित्रियो २६ अर्बको सुन

    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २२ चैत्र २०७९, बुधबार,

    काठमाडौं । ११ चैतमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सुनचाँदी व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश शाक्यले भनेका थिए, ‘सुनचाँदी आपूर्ति व्यवस्थित नहुँदा बजारमा कालोबजारी मौलाइरहेको छ ।’ यसो भनेर उनले राज्यले सुनमा लगाएको कोटा प्रणालीको विरोध गरे । उनले कोटा प्रणाली र बैंकहरूले मात्रै आयात गर्न पाउने नियन्त्रित बजारबाट व्यवसायी ठूलो पीडामा परिरहेको बताए ।

    शाक्य यतिमा रोकिएनन् । उनले भने, ‘मुलुकमा प्रतिदिन ३० किलो सुन आवश्यक रहे पनि राष्ट्र बैंकले १० किलो मात्रै उपलब्ध गराउँदै आएको छ । आपूर्ति कम र माग बढी भएका कारण यस क्षेत्रमा कालोबजारी मौलाइरहेको छ । यसले व्यवसायीको पनि बेइज्जत भइरहेको छ ।’

    सँगै उनले मागभन्दा कम मात्रामा सुन आपूर्ति भइरहँदा पनि बजारमा सुनको अभाव नदेखिनु अचम्म भएको बताएका थिए । उनको भनाइबाट स्पष्ट हुन्छ कि बजारमा दैनिक करिब २० किलो सुनको अभाव छ । तर पनि सुनको कहीं कमि छैन ।

    २०७८ फागुनमा नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा २० बाट घटाएर १० किलोमा झारेको थियो । तर, आयात कोटा कटौती पछि पनि बजारमा सुनको अभाव छैन । विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले सुनको कोटा घटाउने नीति अवलम्बन गरिरहँदा बजारमा प्रशस्त मात्रामा सुन कहाँबाट भित्रिंदैछ ?

    बैंकिङ च्यानलबाट थोरै सुन आउने तर बजारमा जति पनि पाइने विरोधाभासको अन्तर खोतल्दै जाँदा हवाई मार्ग भएर यात्रुले बोक्ने सुनमा ठूलो वृद्धि भएको पाइएको छ । सरकारले बैंकबाट सुन आयातको कोटामा गरेको कटौतीसँगै झिटीगुन्टामा सुन ल्याउन पाइने सुविधा टेकेर तस्करीका लागि सुन ल्याइने गरेको आशंका जन्मिएको छ । पछिल्लो दुई आर्थिक वर्षको २१ महिनामा मात्रै २६ अर्ब रुपैयाँ बराबरको ८६७ किलो सुन यसरी भित्रिएको देखिएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर चालु आर्थिक वर्षको १० महिनामा ३ लाख ९६ हजार १७५ ग्राम सुन नेपाल भित्रिएको छ । विभागका अनुसार यो सुन यात्रुले गहना र कच्चा ५० ग्रामका दरले बोकेर आएका हुन् । जसको कुल मूल्य १९ अर्ब ३९ करोड २२ लाख ५५ हजार रुपैयाँ पर्छ । गत आर्थिक वर्ष यसरी भित्रिएको सुनको कुल परिमाण ४ लाख ७१ हजार ७६७ ग्राम थियो । जसको मूल्य ७ अर्ब ८ करोड ४२ लाख ८९ हजार मात्रै थियो ।

    जबकि अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जम्मा १४ करोड २१ लाख रुपैयाँ बराबरको २० हजार ७४० ग्राम सुन यसरी नेपाल भित्रिएको थियो । आव २०७६/७७ मा १७ करोड र आव २०७५/७६ मा २ करोड रुपैयाँ बराबरको सुन यात्रुबाट नेपाल भित्रिएको भन्सारको विवरणमा उल्लेख छ ।

    घाटाको सुन कसले बोक्यो ?

    दुई आर्थिक वर्ष अघिसम्म निकै न्यून मात्रामा आयात भइरहेको यस्तो सुन पछिल्लो दुई वर्षमा ह्वात्तै बढेको छ । विदेश गएका यात्रुले आफूले प्रयोग गर्नका लागि मात्रै यति धेरै सुन बोकेर ल्याएको हुनै नसक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका अधिकारीहरूको भनाइ छ ।

    ‘विमानस्थलमा भन्सार तिरेको खण्डमा यस्तो सुन बजारमा पाइने भन्दा तोलामा ३ हजार रुपैयाँ महँगो हुन्छ । तर, भन्सार तिरिएन भने यस्तो सुन बैंकबाट किनिएको भन्दा ९ हजार रुपैयाँले सस्तो हुन्छ’ एक सदस्यले प्रश्न गरे, ‘नाफा नहुने र घाटा हुने भए कसैले किन यति धेरै सुन बोक्छ, दुई वर्षमा यति धेरै सुन किन भित्रिन्छ ?’

    भन्सार विभागका अनुसार झिटीगुन्टाको नियम अनुसार गहनाको हकमा ५० ग्रामसम्म सुन ल्याउँदा कुनै महसुल लाग्दैन । सोभन्दा बढी १०० ग्रामसम्मको सुनको गहनामा प्रति १० ग्राम १० हजार ५०० रुपैयाँ र थप १०० ग्रामसम्म प्रति १० ग्राम १२ हजार रुपैयाँ महसुल तिरी सुन ल्याउन पाइन्छ । तर, २५० ग्रामभन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुन्छ ।

    यस्तै काँचो सुनको हकमा अधिकतम १०० ग्रामसम्म महसुल तिरेर सुन ल्याउन पाइन्छ । यस्तो सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रतिग्राम ९५० रुपैयाँ र थप ५० ग्रामसम्म प्रतिग्राम १०५० रुपैयाँ भन्सार महसुल लाग्दछ । सोभन्दा बढी भएमा सुन जफत हुन्छ ।

    भन्सार प्रणाली जानेका एक अधिकारीका अनुसार, यस्तो सुन खरिद गरेको स्रोत मुलुकमा नेपालको मूल्यभन्दा तोलामा १५ हजार रुपैयाँसम्म सस्तो हुन्छ । त्यसमा भन्सार पनि नलागे पछि ५० ग्राम (चार तोला २७ ग्राम) सुनमा करिब ४७ हजार रुपैयाँ नाफा हुन्छ ।

    ‘झिटीगुन्टाकै नियममा टेकेर ५० ग्राम सुन ल्याएर नेपाली बजारमा बिक्री गर्दा ६० हजार रुपैयाँसम्म नाफा हुन्छ’ ती अधिकारी भन्छन्, ‘वैधानिक तस्करीबाटै लाभ हुने भएपछि सुनमा चलखेल गर्ने समूह यसमा लागेको हुनुपर्छ । तर, यो तथ्याङ्क देख्दादेख्दै चुप बस्नु चैं प्रशासनको लाचारी हो ।’

    दुबई, कतार र साउदीबाट धेरै

    सुन भित्रिएको मुलुकका कारण पनि नेपालीले ल्याएको सुन उनीहरूको कमाइको वस्तु हो र यसको दुरुपयोग हुन्न भन्नेमा शंका गर्नुपर्ने देखिन्छ । हालसम्म देखिएको विवरण अनुसार विकसित मुलुकमा उच्च आम्दानी गर्नेहरू भन्दा खाडीबाट आउनेहरूले ल्याएको सुनको परिमाण र संख्या ठूलो छ ।

    चालु आर्थिक वर्षको १० महिनामै यसरी भित्रिएका सुनमध्ये कतारबाट सबैभन्दा धेरै ९ अर्ब ७२ करोड मूल्य बराबरको २ लाख ८ हजार ग्राम सुन नेपाल आएको छ । दोस्रो धेरै सुन भित्रिने मुलुक संयुक्त अरब इमिरेट्स (दुबई) हो । १० महिनामा दुबईबाट ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको एक लाख ११ हजार ग्राम भन्दा धेरै सुन नेपाल आएको छ ।

    यस्तै तेस्रो धेरै मात्रामा सुन साउदी अरबबाट आएको देखिन्छ । सो मुलुकबाट १० महिनामा २ अर्ब ४८ करोड रुपैयाँ बढीको ३९ हजार १८ ग्राम सुन नेपाल आयात भएको छ । यस्तै, बेलायत र कुवेतबाट ३१–३१ करोड रुपैयाँको सुन नेपाल भित्रिएको देखिन्छ ।

    कानुनमै टेकेर बदमासीको आशंका

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार झिटीगुन्टा सुविधाको दुरुयोग गरेर सुन भित्रिएको भन्ने पुष्टि गर्न तथ्यांक काफी देखिन्छ । वैधानिक रूपमा सुन आयातको कोटा घटेको मौकामा भरियाको रूपमा सुन भित्र्याएर लाभ लिएको आशंका गर्ने ठाउँ रहेको विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल बताउँछन् ।

    ‘दुई तीन वर्षदेखि यसरी आउने सुनको मात्रा ह्वात्तै बढ्नु, लामो समय खाडी बसेर कमाएका मान्छे भन्दा पनि भिजिट र छोटो बसाइका मान्छेले सुन र गहना बोक्नुले शंकास्पद लाग्छ’ प्रमुख पोखरेलले भने, ‘तर, त्यसरी सुन ल्याउन कानुनले दिने भएकाले हामीले केही गर्न सक्दैनौं ।’

    केही महिनाअघि नै यसबारे विभाग र अर्थ मन्त्रालयलाई जानकारी गराएर कानुन संशोधनका लागि आग्रह गरिएको उनले बताए । ‘हामीले महिलाका हकमा ५० ग्राम र पुरुषका हकमा ३० ग्राम मात्रै सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्छ भनेर सिफारिस गरेका छौं’, उनले भने ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    १ हप्ता अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    २ हप्ता अगाडि

    भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

    ३ हप्ता अगाडि

    मेचीनगर नगरपालिकाको १ अर्ब ८२ करोडको बजेट सार्वजनिक

    ३ हप्ता अगाडि

    पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

    ३ हप्ता अगाडि

    इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ४७ जना घाइते

    ४ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, मन्त्रीहरूको जवाफ र विधेयक पेश हुने
    ११ घण्टा अगाडि
    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    २ दिन अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    २ दिन अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    १ हप्ता अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    २ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    २ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    २ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    २ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.