Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    कोशी राखिसकेपछि एसईईमा सोधियो प्रश्न, प्रदेशको नाम के राख्न सल्लाह दिनुहुन्छ ?

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २३ चैत्र २०७९, बिहीबार,

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरिरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को बिहीबार अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा थियो । जसमा लुम्बिनी प्रदेशमा सोधिएको एउटा प्रश्न छ, ‘प्रदेश १ को नामकरण हुन सकेको छैन । यस सन्दर्भमा त्यस प्रदेशका वर्तमान मुख्यमन्त्रीलाई प्रदेशको नाम के राख्ने भनी सल्लाह दिनुहुन्छ ? आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।’

    प्रदेशसभाको दुई तिहाइले १७ फागुनमै कोशी नामकरण गरे पनि एक महिनापछि यस्तो प्रश्न सोधेकामा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । प्रश्नपत्र बनाउँदा शिक्षकहरुले समसामयिक विषयमा ध्यान नदिएको, बालबालिकाको मनोविज्ञान माथि खेलवाड गर्न खोजेको भन्दै विरोध भइरहेको छ ।

    परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र निर्माणको प्रक्रिया नबुझेकाहरुले विरोध गरेको बताए । उनका अनुसार एसईईको प्रश्नपत्र माघ महिनामै तयार हुन्छ । ‘उहाँहरुको प्रश्न गर्नु स्वभाविक हो तर के पनि बुझ्नुपर्छ भने प्रश्नपत्र निर्माणको प्रक्रिया लामो हुन्छ । फागुनको दोस्रो हप्ता प्रश्नपत्र छापिसकिएको हुन्छ’, उनले भने ।

    प्रदेशको नामकरण भइसकेपनि विद्यार्थीले व्यक्त गरेको विचार मूल्यांकन हुने परीक्षा नियन्त्रक श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश नामकरण भएपनि यो सुझाव दिने र आफ्नो धारणा दिने किसिमको प्रश्न छ । विद्यार्थीको धारणालाई मूल्यांकन हुन्छ । मर्का नपर्ने गरी मूल्यांकन हुन्छ ।’

    हेर्नुहोस् प्रश्नपत्र

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण

    १ हप्ता अगाडि

    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य

    ३ हप्ता अगाडि

    नकलबन्दा साकोसको १८औँ वार्षिक साधारणसभा सम्पन्न, १८ लाखभन्दा बढी खुद नाफा

    ४ हप्ता अगाडि

    कोशी प्रदेश सञ्चार विधेयक विरुद्ध झापामा पत्रकारहरूको विरोध

    २ महिना अगाडि

    संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने

    २ महिना अगाडि

    स्वस्थ जीवनको आधार निद्रा : कति सुत्ने ? कम निद्राको खतरा के के ?

    २ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    १८ घण्टा अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    १९ घण्टा अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ६ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    २ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.