Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ज्योति मगरको प्रस्तुतिले तताइन् मेची महोत्सव

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २३ चैत २०७९, बिहिवार,

    मेचीनगर । व्यापार प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले आयोजित ‘प्रथम मेची महोत्सव’को १५औँ दिन बुधबार विहानैदेखि दर्शकको घुइँचो थियो । महोत्सवका अन्दिनभन्दा यसदिन दर्शकको घुइँचो बढ्नुको कारण थियो नेपाली लोकगीतका हट गायिकाको छवि बनाएकी ज्योति मगरको प्रस्तुति ।

    ज्योतिको प्रस्तुति हेर्न दर्शकको दिउँसो देखिनै ओइरो थियो । ज्योति स्टेजमा चढ्ने बित्तिकै महोत्सवका अन्य आकर्षणमा भुलिरहेका दर्शकहरू स्टेज छेउछाउ भेला भए । र उनीसँगै कमर मकाई–मकाई नाच्न थाले । 

    राति करिव ८ बजे गायिका ज्योति मगर स्टेज चढेकी थिइन् । छोटो पहिरनमा ज्योति स्टेजमा उत्रिएपछि महोत्सवमा तरंग छायो । दर्शकको लगातारको हुटिङसँगै उनले करिव २ घण्टा स्टेज तताइन् । योसमयावधिमा उनले कान्छी मुसुक्क, नाकको फुली टिलिक्क टल्केको जस्ता आधा दर्जन गीत प्रस्तुत गरिन् । 

    राष्ट्रिय गायक–गायिकाको प्रस्तुति मात्र होइन, महोत्सवमा स्थानीय तथा प्रदेशस्तरीय कलाकारहरुको पनि वेजोड प्रस्तुतिले दर्शकलाई झुमाउन सफल रहेको छ । त्यसैले अहिलेसम्म ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरिसके महोत्सव मुल आयोजक समितिका संयोजक रविन वस्नेतको दावी छ । 

    महोत्सवको १६ औँ दिन आज (विहीबार) चर्चित गायक जीवकको प्रस्तुति रहेने छ । यही चैत ६ गतेदेखि मेचीनगर नगरपालिका–१० स्थित धुलाबारीको कोलनीमा मेची चेम्बर अफ कमर्सले सञ्चालन गरिरहेको महोत्सवमा व्यापार, कृषि, धुलाबारी बजारको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकास र लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले महोत्सव आयोजन गरिएको संयोजक वस्नेतले बताए । 

    ‘वर्षाका कारण ४ दिनसम्म महोत्सव सञ्चालन हुन सकेन’, वस्नेतले भने–‘विद्यार्थीहरुको परीक्षा भइरहेको छ । परीक्षा सकिएपछि थप २÷३ दिन चलाउन अनुमति लिने तयारी भइरहेको छ ।’

    महोत्सवमा चर्चित कलाकारहरु प्रमोद खरेल, शिव परियार, एलिना चौहान, मेलिना राई, अस्मीता अधिकारी, आस्था राउत, प्रिति पास्वान लगायतका राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिइसकेको कमर्सकी अध्यक्ष रुकमिणा आर्चाय पोखरेलले बताइन् । 

    कमर्सका महासचिव प्रकाश खड्काका अनुसार पचास भन्दा बढी स्टल रहेको महोत्सवमा राष्ट्रिय कलाकारको कार्यक्रम हुँदा २०० र अन्य कलाकार आउँदा १०० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ । असहाय, अपांगता र ज्येष्ठ नागरिकहरुलाई प्रवेश शुल्क निःशुल्क गरिएको खड्काले बताए । 

    महोत्सवको आयोजकको रुपमा मेची चेम्बर अफ कमर्स र सहआयोजक धुलाबारी रोलिङ क्लब रहेको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ हप्ता अगाडि

    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश

    ३ हप्ता अगाडि

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार

    ४ हप्ता अगाडि

    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”

    ४ हप्ता अगाडि

    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती

    १ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.