Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अन्तरिक्षमा संस्था नासाले टेम्पो उडाउँदै

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २५ चैत्र २०७९, शनिबार,

    काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अर्को महिना अन्तरिक्षमा टेम्पो उडाउँदैछ । अन्तरिक्षमा टेम्पो उडाउने भनेपछि तपाईँलाई अनौठो लाग्नसक्छ । तर ढुक्क हुनुहोस् यो हाम्रो सहर तथा गाउँहरुमा गुड्ने टेम्पो होइन । यो एउटा स्याटेलाइट हो । यसको पूरा नाम ट्रोपोस्फेरिक इमिसन मनिटरिंग अफ पोलुसन इन्स्ट्रुमेन्ट (TEMPO)  हो । अर्को महिना अर्थात् मे महिनामा यो स्याटेलाइटलाई प्रक्षेपण गरिनेछ ।

    टेम्पोमा विशेष खालको यन्त्र जडान गरिएको छ जुन दिनको समयमा हरेक घण्टा उत्तर अमेरिकाको आकाश माथिबाट गुज्रिनेछ । यसले हरेक पटक १० वर्ग किलोमिटरको क्षेत्रमा वायु प्रदुषणको मापन गर्नेछ । यसको क्षेत्र आन्ध्र महासागर देखि प्रशान्त महासागर तथा मध्य क्यानडादेखि मेक्सिको सिटीसम्म हुनेछ ।

    टेम्पो एक ठूलो वासिङ मेसिन आकारको यन्त्र हो । बल एरोस्पेस कम्पनीले यसको निर्माण गरेको हो । मेक्सारद्वारा निर्मित इन्टलसेट ४० इ स्याटेलाइटसँगै टेम्पोलाई प्रक्षेपण गरिनेछ ।

    प्रमुख ३ वटा वायुप्रदुषकहरुको तथ्यांक संकलन गर्नु टेम्पोको प्रमुख काम हुनेछ । ती प्रदुषकमा नाइट्रोजन डाइअक्साइड, फर्मल्डिहाइड तथा ओजोन हुन् । नाइट्रोजन डाइअक्साइडले खासगरी इन्धनको दहनबाट निस्किन्छ । यसले स्वासप्रस्वासजन्य समस्या निम्त्याउँछ ।

    यस्तै पेन्ट, ग्लू तथा इन्धनबाट निस्किने फर्मल्डिहाइड रसायनले पनि आँखामा समस्या ल्याउनुका साथै क्यान्सर लगायतका समस्याको जोखिम बढाउँछ भने ओजोनको मात्रा बढि हुँदा पनि विकिरणजन्य समस्या पैदा गर्दछ ।

    टेम्पोको प्रक्षेपणपछि अब अमेरिकाको वायुप्रदुषणका बारेमा हरेक घण्टा जानकारी प्राप्त हुने नासाका वैज्ञानिक बेरी लेफर बताउँछन् । यसले स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञहरुलाई पनि फाइदा पुग्ने उनको दाबी छ ।

    – एजेन्सीको सहयोगमा

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    चिनियाँ ईभी गाडीमा जासुसी चिप्स भेटिएपछि इजरायलमा प्रतिबन्ध

    २ महिना अगाडि

    हराएका चार नेपाली बालबालिका भारतबाट उद्धार

    २ महिना अगाडि

    ब्राजिल पाँचौं पटक लगातार महिला कोपा अमेरिका च्याम्पियन

    २ महिना अगाडि

    ह्वाट्सएपमा गज्जबको नयाँ फिचर आउँदै

    ३ महिना अगाडि

    थाईल्यान्ड र क्याम्बोडियाबीच युद्धविराममा सहमति

    ३ महिना अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ३ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न
    २ दिन अगाडि
    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ
    २ दिन अगाडि
    नेपालले जित्यो टी-२० सिरिज, निर्णायक पाँचौं खेलमा मलेसियामाथि ५ विकेटको जित
    ७ दिन अगाडि
    फरार १३७ कैदीबन्दी पक्राउ, सम्बन्धित कारागारमा बुझाइए
    १ हप्ता अगाडि
    माईनगरपालिकाको चेप्टीमा बाढीपीडितलाई राहात वितरण
    १ हप्ता अगाडि
    टीका लगाउने उत्तम साइत आज ११:५३ बजे
    २ हप्ता अगाडि
    नकलबन्दामा बडादसैंको फुलपाती भित्र्याइयो
    २ हप्ता अगाडि
    नेत्रहीन संघको १९औं साधारण सभा तथा बडादशैं शुभकामना आदानप्रदान कार्याक्रम सम्पन्न
    ३ हप्ता अगाडि
    जनता समाजवादी पार्टीद्वारा बडा दैंकाे शुभकामना
    ३ हप्ता अगाडि
    बिर्तामोड ईलाका प्रहरी कार्यालय पुनर्निर्माण कार्य
    ३ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.