Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अन्तरिक्षमा संस्था नासाले टेम्पो उडाउँदै

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    २५ चैत्र २०७९, शनिबार,

    काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था नासाले अर्को महिना अन्तरिक्षमा टेम्पो उडाउँदैछ । अन्तरिक्षमा टेम्पो उडाउने भनेपछि तपाईँलाई अनौठो लाग्नसक्छ । तर ढुक्क हुनुहोस् यो हाम्रो सहर तथा गाउँहरुमा गुड्ने टेम्पो होइन । यो एउटा स्याटेलाइट हो । यसको पूरा नाम ट्रोपोस्फेरिक इमिसन मनिटरिंग अफ पोलुसन इन्स्ट्रुमेन्ट (TEMPO)  हो । अर्को महिना अर्थात् मे महिनामा यो स्याटेलाइटलाई प्रक्षेपण गरिनेछ ।

    टेम्पोमा विशेष खालको यन्त्र जडान गरिएको छ जुन दिनको समयमा हरेक घण्टा उत्तर अमेरिकाको आकाश माथिबाट गुज्रिनेछ । यसले हरेक पटक १० वर्ग किलोमिटरको क्षेत्रमा वायु प्रदुषणको मापन गर्नेछ । यसको क्षेत्र आन्ध्र महासागर देखि प्रशान्त महासागर तथा मध्य क्यानडादेखि मेक्सिको सिटीसम्म हुनेछ ।

    टेम्पो एक ठूलो वासिङ मेसिन आकारको यन्त्र हो । बल एरोस्पेस कम्पनीले यसको निर्माण गरेको हो । मेक्सारद्वारा निर्मित इन्टलसेट ४० इ स्याटेलाइटसँगै टेम्पोलाई प्रक्षेपण गरिनेछ ।

    प्रमुख ३ वटा वायुप्रदुषकहरुको तथ्यांक संकलन गर्नु टेम्पोको प्रमुख काम हुनेछ । ती प्रदुषकमा नाइट्रोजन डाइअक्साइड, फर्मल्डिहाइड तथा ओजोन हुन् । नाइट्रोजन डाइअक्साइडले खासगरी इन्धनको दहनबाट निस्किन्छ । यसले स्वासप्रस्वासजन्य समस्या निम्त्याउँछ ।

    यस्तै पेन्ट, ग्लू तथा इन्धनबाट निस्किने फर्मल्डिहाइड रसायनले पनि आँखामा समस्या ल्याउनुका साथै क्यान्सर लगायतका समस्याको जोखिम बढाउँछ भने ओजोनको मात्रा बढि हुँदा पनि विकिरणजन्य समस्या पैदा गर्दछ ।

    टेम्पोको प्रक्षेपणपछि अब अमेरिकाको वायुप्रदुषणका बारेमा हरेक घण्टा जानकारी प्राप्त हुने नासाका वैज्ञानिक बेरी लेफर बताउँछन् । यसले स्वास्थ्य क्षेत्रमा काम गर्ने विज्ञहरुलाई पनि फाइदा पुग्ने उनको दाबी छ ।

    – एजेन्सीको सहयोगमा

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    भद्रपुरलाई २–० ले हराउँदै तराई प्रेस क्लब दार्जिलिङले उपाधि कब्जा

    ३ हप्ता अगाडि

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता

    २ महिना अगाडि

    जापानको पहिलो महिला प्रधानमन्त्रीमा ताकाइची निर्वाचित

    ३ महिना अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    ४ महिना अगाडि

    बाङ्लादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिनुपर्ने माग

    ४ महिना अगाडि

    दोस्रोपटक नेपाल टी-२० विश्वकपमा छनोट

    ४ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिर्तामोडमा सातौँ झापा गोल्ड कप माघ २४ देखि, ११ टोलीको सहभागिता
    ३ दिन अगाडि
    निर्वाचन आचारसंहिता उल्लङ्घन रोक्न गृहको कडाइ, जिल्ला प्रशासनलाई निर्देशन
    ४ दिन अगाडि
    के चर्चको आराधना सङ्गतिमा धूप बाल्नु आवश्यक छ ?
    ६ दिन अगाडि
    कक्षाकोठा सुधार कार्यक्रम अन्तर्गत सहयोग प्रदान
    ७ दिन अगाडि
    चुनावी प्रयोजनका लागि उम्मेदवारको छुट्टै बैंक खाता
    ७ दिन अगाडि
    आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की
    १ हप्ता अगाडि
    रेशम चौधरीको उम्मेदवारी रद्द
    २ हप्ता अगाडि
    झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
    २ हप्ता अगाडि
    सञ्चारमन्त्री खरेलले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी
    २ हप्ता अगाडि
    मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.