Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    बुढि आमैको व्यथा

    सन्देश पोस्टBy सन्देश पोस्ट३ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    कविता

    – होमराज राई 

    हेर, त्यो बस्ती
    कुहिरोभित्र निसासी रहेको बेला
    म पनि त त्यहीभित्र
    अध्यारो आकृतीसंगै हराइरहेथें ।
    अनि,
    त्यो न्याउलीको विरही भाकाहरु
    घरी–घरी गुन्जिरहेको बेला
    मनका अदृश्य घाउहरु
    चहराउन थाल्छ ।
    केही।
    अध्यारो पर्दा हटेका बेला
    त्यो असहाय पीडा मुटुभित्र लुकाएर
    अलिकति फिका हासो पोखेथे ।
    एकरत्ती आशा बटुलेर
    आँखाका आँसु पुच्दै
    कौसीका डिलमा बसेर
    सप्तरंगिन सपनाहरु
    हृदयभरी कोरिरहें ।
    म, फेरि झस्किएँ
    पाँच बर्षभयो एक्लो छोरो घरबाट निस्केको
    तर,
    बेखबर छ उ
    इतिहास कोर्छु भन्दै निस्केको
    खै, कहाँ कोर्दै छ इतिहास ?
    पत्तो छैन उसको
    एउटा नेता जी को पछि लागेपछि
    बुढेसकालको एक्लो साहारा छोरा पनि
    बेखबर छ।
    बटुलेर सजाएको मन
    धुजा–धुजा छरपष्ट
    भकानिन्छ मुटु
    कतै फर्किदैछ कि भनेर
    त्यही पारिका गल्लिहरुमा
    धमिली सकेका आखाँहरु
    टोलाइरहेका बेला
    उफ्रदै एउटा केटो आइरहेथ्यो ।
    मेरो खुशीका सिमा नै थिएन त्यतिखेर
    छोराले इतिहास कोरिसकेछ ।
    म खुशीले गदगद भएँ
    न्यानो अंगालो हाल्न आतुर थिएँ,
    त्यही तोते बोलीका चुम्बनहरु
    फेरि तयार रहें
    ती ओठहरु
    बिगतका पलहरु
    जिन्दगीका पहिलो खुशीहरु
    फेरि टुसाएछ
    म आगनीमा झरें
    अंगालोमा बाँध्न
    तर, त्यो त।।।१
    त्यही पल्लो गाउँका काले पो रहेछ ।
    म, बिरक्तिएँ,
    मुटु छिया–छिया
    छाती जल्यो
    आगन खाली नै रह्यो ।
    त्यही आडम्बरी आश्वासनमा
    बितिरहेथ्यो दिनहरु!
    ती,
    आस्थाका किरणहरु
    तुवालोले छिपिसके
    सायद ऊ
    शान्तिका युद्धमा इतिहास कोर्दै होला
    त्यसैले त बेखबर छ ऊ ।
    अनेकौ सोचहरु
    सल्बलाइरहेछ मनहरु
    जलिरहेछ मुटुहरु
    मुटु समाएर बस्दैछु
    प्रश्नै प्रश्नभित्र रुमलिए
    के, निर्दयी दानवको हातमा कतै परेन?
    सडकमा हिड्ने भिखारीलाई के थाहा ?
    न त,
    गल्लि–गल्लि हिड्ने पागलपनहरुलाई
    आकाशका ताराहरुलाई सोधें
    अनि, समुद्रका गहिराइलाई
    आक्रोसित भूमरीहरुलाई सोधें ।
    प्रचण्ड ताप र अग्निकुण्डका रापलाई सोधें
    तर,
    खै प्रत्युत्तर?
    सबै मौनतामा
    चुपचाप हेरिरहेछ ।
    म भने,
    धरतीको पखेरीमा
    एक मुठी सास राखेर
    सुख्खा मरुभूमीमा छटपटाउँदै
    बाँच्न बिवश छु ।
    छातीमा भक्कानो सजाएर
    अश्रुधारा पीउदै
    दिन–प्रतिदिन
    त्यही छोरोको यादमा तड्पीरहेछु ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज

    ३ हप्ता अगाडि

    नेपाल अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन

    २ महिना अगाडि

    माई नगरपालिकामा ईसाई समाजद्वारा राहत वितरण सम्पन्न

    २ महिना अगाडि

    श्रम संस्कृतिबाट देश समृद्ध बनाउने अभियान : हर्क साम्पाङ

    २ महिना अगाडि

    बाहुण्डाँगी जेसीज सप्ताह प्रारम्भः दौडमा अर्जुन प्रथम

    ४ महिना अगाडि

    ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई

    ४ महिना अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    झापामा लागूऔषध तथा मानव बेचबिखन बढ्दा सरोकारवालामा चिन्ता
    २ हप्ता अगाडि
    माई नगरमा श्रम संस्कृति पार्टीको संगठन विस्तार तीव्र, २६ अटो सञ्चालक सामूहिक प्रवेश
    ३ हप्ता अगाडि
    माई नगरपालिकामा ३५ मिटर लामो बाँसको फड्के पुल निर्माण, आवागमन सहज
    ३ हप्ता अगाडि
    रास्वपा र विवेकशील साझाको एकता घोषणासभा आइतबार
    ४ हप्ता अगाडि
    ३४औँ १६ दिने अभियान धुलाबारीबाट सुरु, नारा— “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं”
    ४ हप्ता अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बाहुण्डाँगीमा मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चको नयाँ नेतृत्व चयन, अध्यक्षमा हरिप्रसाद उप्रेती
    १ महिना अगाडि
    बिर्तामोडमा फुटसल प्रतियोगिता सम्पन्न
    १ महिना अगाडि
    नेपाल ख्रीष्टियन रिभाइवल चर्च काउन्सिलको ३२औं वार्षिक सम्मेलन भव्य रूपमा सम्पन्न
    १ महिना अगाडि
    झापा महिला गोलकपको उद्घाटन खेलमा नेपाल पुलिसको विजयी सुरुवात
    २ महिना अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.