Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    अन्तरसीमा र मानवअधिकार पत्रकारिता” सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम

    २८ चैत्र २०७९, मंगलवार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    मेचीनगर । प्रेस क्लब मेचीनगरले अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    मंगलबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा प्रेस क्लब मेचीनगरले आयोजना गरेको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

    तालिमका अर्का प्रशिक्षक दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्यायले पत्रकारहरुले पत्रिका मात्र पढ्ने होइन, कितावहरुसमेत पढ्नु पर्नेमा जोड दिएका थिए । ‘हामीले लेखेका कन्टेन्टहरु भन्दा कमेन्टहरु राम्रा हुन्छन्’, उपाध्यायले भने-‘हामीले गरेका केहि कमी कमजोरीलाई आत्मालोचनासहित नयाँ सामाग्री पस्कीनु पदर्छ ।’

    कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक घनश्याम खड्काले पत्रकारिता हतारको साहित्य नभएको बताए । उनले सत्यतथ्य र प्रमाणित विषयहरुलाई समाजमा स्पष्ट रुपमा पस्कीन पत्रकारहरुले डराउन नहुने बताए ।

    समापन कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल, सहभागीकातर्फबाट माया मितु न्यौपाने तथा भारत सिलीगुडीका पत्रकार प्रशान्त आचार्यलगायतले बोलेका थिए ।

    तालिममा भारत र झापाका करिब ५४ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

    यसअघि उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिका मेयर गोपाल चन्द्र बुढाथोकी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, उपमेयर मीना पोखरेल उप्रेती, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षता, स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण

    ४ घण्टा अगाडि

    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन

    ५ घण्टा अगाडि

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ६ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    १ हप्ता अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    प्रधानमन्त्री ओलीद्वारा माई नगरपालिकामा खानेपानी शिलान्यास, अस्पताल उद्घाटन र सुकुम्बासीलाई पुर्जा वितरण
    ४ घण्टा अगाडि
    प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा अस्पताल गरे उद्घाटन
    ५ घण्टा अगाडि
    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ६ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    १ हप्ता अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.