Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    छुट्काराद्वारा चङ्गाई, वृहत जागृति महोत्सव भव्यताका साथ सम्पन्न

    ३० चैत्र २०८९, बुधबार,
    सन्देश पोस्टBy सन्देश पोस्ट१ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    विराटनगर । छुट्काराद्वारा चङ्गाई तथा वृहत जागृति महोत्सव बुधबारका दिन झापाको गौरीगञ्ज गाउँपालिकामा भव्यताका साथ सम्पन्न भएको छ । इटहरी इसाई समाजका अध्यक्ष गोविन्द खातिवडाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता धनन्जय राजवंशीले गरेका थिए ।

    आज यो महान् छुट्काराद्वारा चङ्गाई तपाईँको जीवनमा आउनेवाला छ । यसको निम्ति पहिला तपाईँहरूले उहाँमा विश्वास गर्न आवश्यक छ र त्यही विश्वासले तपाईँहरूमा चङ्गाई आउनेछ ।”

    प्रार्थनाका योद्धाहरूले रोगी बिरामीहरूका निम्ति निरन्तर प्रार्थना गरिरहेका थिए । उता प्रमुख वक्ता पाष्टर अधिकारीले प्रचार गरिहेका थिए सोही समयमा परमेश्वरको उपस्थितिमा धेरै मानिसहरूले चङ्गाई पाए । जन्मै कान नसुन्ने धेरैले सुन्ने भए, बैसाखी टेक्नेहरूले फ्याँकेर गए, सयौँ मानिसहरू रोग बिमारबाट छुट्कारा पाएर घर फार्के । लगभग एक हजार मानिसहरूले येशूमा विश्वास गरे ।

    उत्साहको वचन दमक नगर इसाई समाजका पूर्व अध्यक्ष रेभ. दावा शेर्पाले बोलेका थिए । उनले भने “हामी कुनै प्रतियोगिता हेर्न उपस्थित भएका छैनाैँ, तर जीवित परमेश्वरले हाम्रो बीचमा गर्न लाग्नुभएको महान् छुट्काराद्वारा चङ्गाई उहाँको आश्चर्यकर्म हेर्न र प्राप्त गर्न आएका छौँ ।” पवित्र बाइबलको खण्ड यूहन्ना ३ः१६ पदलाई उद्धृत गर्दै उनले भने “नाश भइरहेको संसारलाई अनन्त जीवन दिनलाई परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टलाई यस संसारमा पठाउनुभयो र उहाँको सबैभन्दा ठूलो मिसन भनेको सबैभन्दा प्रमुख रोग पाप हो, यसैबाट सारा मानवजातिलाई बचाउन उहाँ आउनुभएको हो ।

    पहिलो मानिस आदमले पाप गरेको कारण सबै मानिसहरू पापी भयो । त्यही पापद्वारा नै रोग फैलियो । उहाँको बगेको रगतद्वारा मानिसको पाप क्षमा हुन्छ । पहिलो रोग पापबाट छुट्कारा भयो भने दोस्रो रोग शारीरिक रोग हो । यो पापमय रोगबाट निको हुन क्षमा पायो भने येशूको निम्ति शरीरको रोग केहि पनि होइन । प्रभु येशूलाई तपाईँको एउटै कुरा चाहिएको छ त्यो हो तपाईँको विश्वास, त्यही विश्वासद्वारा नै आत्मिक छुट्कारा अर्थात पापबाट क्षमा पाउनुहुन्छ र शरीरको रोगबाट पनि निको हुनुहुनेछ आज ।”
    झापाको गौरीगञ्ज माध्यमिक विद्यालयका प्राङ्गणका भएको उक्त सहारोहमा स्थानिय आयोजक इसाई समाजका युवाहरू साथै कालेबुङ्गका संगीत समूहले आराधनाका गीतहरूमा नेत्तृत्व गरेका थिए ।

    वि.सं. २०४२–४४ सम्म आफू उक्त विद्यालयमा पढेको कुरा खुलासा गर्दै जीवित परमेश्वरको वचन मर्कूस २ः१–१२ को घटनालाई प्रष्ट पार्दै प्रमुख वक्ता पाष्टर जीवन अधिकारी (गाब्रिएल) ले भने “जबसम्म मानिसको पाप क्षमा हुँदैन तबसम्म शरीरको रोग निको हुँदैन । सबैभन्दा डरलाग्दो रोग भनेको नै पाप हो । यसैकारण येशूले त्यो पक्षघातीलाई ‘तिम्रो पाप क्षमा भए’ भन्नुभयो । आजको दिन तपाईँ र मेरो पहिला पाप क्षमा हुन आवश्यक छ अनि मात्र हाम्रो रोग पनि निको हुन्छ ।

    गौरादह इसाई समाज र गौरीगञ्ज इसाई समाजको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथी गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीका आतिथ्यतामा समपन्न भएको हो ।

    त्यसैगरी विशिष्ठ अतिथीहरूमा गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी, क्रमशः उपमेयर जलवर्षा राजवंशी, निवर्तमान मेयर रोहित शाह, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, यसै गाउँपालिकाका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणी आपागाई, गाउँपालिका प्रशासकीय अधिकृत खेमराज थापा, सीमा सुरक्षा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रमुख राजेन्द्र बस्नेत, इलाका प्रहरी कार्यालय गौरीगञ्जका अरविन्द कुमार शाह, साथै गौरीगञ्ज तथा गौरादहका वडाध्यक्षहरू र बिभिन्न राजनीतिक दलहरूका गाउँ तथा नगर कमिटीका अध्यक्ष तथा पार्टीका प्रतिनिधिहरू, छुट्कारा तथा चङ्गाई समारोहका विशिष्ठ सल्लाहकारहरूमा एसीएफएन पूर्व अध्यक्ष राजकुमार राई, ज्योति मण्डली दमकका वरिष्ठ पाष्टर प्रेरित नरधन थुलुङ्ग, झापा जिल्ला इसाई समाजका अध्यक्ष अमरदिप आले, पाष्टर गोपाल श्रेष्ठ, पाष्टर जयप्रकाश राजवंशी रहेका थिए भने अतिथीहरूमा झापा, मोरङ्ग लगायत विभिन्न जिल्लामा रहेका गाउँ तथा नगर इसाई समाजका प्रतिनिधिहरू भव्य उपस्थिति रहेको थियो भने विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरू, विद्यालयहरूका प्रधानाध्यापक तथा शिक्षकहरू, बिभिन्न क्लव तथा खेलकुद क्लवहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत विशेष उपस्थिति रहेको थियो ।

    कार्यक्रममा छ हजार भन्दा बढी इसाई तथा अइसाईहरूको उत्साहजनक सहभागीता रहेको सो कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरू समावेश गरिएको थियो ।

    गीतकार तथा सङ्गीतकार समेत रहेका वक्ता अधिकारीले विद्यालय नौ कक्षाकोठाको निम्ति अठाह्र थान पंखा प्रदान गरेका थिए । इसाई जगतका चर्चित गायक सन्तोष तिर्वाले गाएको ‘प्रभु छोडेर कोही असल छैन’ भन्ने बोलको गीत वक्ता जीवन अधिकारी (गाब्रिएल) हुन् ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

    २ दिन अगाडि

    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु

    १ हप्ता अगाडि

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    १ हप्ता अगाडि

    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे

    २ हप्ता अगाडि

    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न

    २ हप्ता अगाडि

    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु

    २ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    बिश्वव्यापी प्रार्थना घरद्धारा छैटौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
    २ दिन अगाडि
    गाउँकी सोझी चेली बेचिए सहरमा
    ६ दिन अगाडि
    दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण : ५४ जनाको मृत्यु
    १ हप्ता अगाडि
    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु
    १ हप्ता अगाडि
    दक्षिण अफ्रिकाका ५९ जना अल्पसंख्यक श्वेत शरणार्थी अमेरिका पुगे
    २ हप्ता अगाडि
    झापामा तीन दिवसीय पत्रकारितामा एआई तालिम सम्पन्न
    २ हप्ता अगाडि
    तीन घण्टा नबित्दै पाकिस्तानले गर्‍यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
    २ हप्ता अगाडि
    अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
    २ हप्ता अगाडि
    अमेरिकाले आफ्ना नागरिकलाई भन्यो-  ‘सकेसम्म लाहौर छाड्नु, नसके सुरक्षित ठाउँमा बस्नु’
    २ हप्ता अगाडि
    पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.