Close Menu
Sandesh Post
    • समाचार
    • राष्ट्रिय
    • प्रदेश समाचार
    • अन्तराष्ट्रिय
    • जीवनशैली
    • स्वास्थ्य
    • समाज
    • प्रेरक ब्यक्तित्व
    • कला
    • भिडियो
    Facebook X (Twitter) Instagram WhatsApp
    Sandesh Post
    • गृहपृष्ठ
    • प्रदेश समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • बिजनेस
    • मनोरञ्जन
    • सूचना-प्रविधि
    • कला
    • साहित्य
    • अन्य
      • प्रेरक ब्यक्तित्व
      • अर्थतन्त्र
      • धर्म-संस्कृति
      • अपराध
      • अन्तर्वार्ता
      • बिचार
      • जीवनशैली
      • बिचित्र संसार
      • भिडियो
    Sandesh Post

    ‘जारी’को बम्पर ओपनिङ, पहिलो दिनको कमाई २ करोडमाथि

    २ बैशाख २०८०, शनिबार
    सन्देश पोस्टBy सन्देश पोस्ट२ वर्ष अगाडि
    Share
    Facebook Twitter WhatsApp

    उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ले घरेलू बक्सअफिसमा बम्पर सुरुवात गरेको छ । एड्भान्स बुकिङमै आक्रामक ओपनिङको संकेत गरेको फिल्मले पहिलो दिन २ करोड १ लाख कमाएको वितरक कम्पनी ‘द टी फल्क्स फिल्म्स’ले जानकारी गराएको छ ।

    शुक्रबार फिल्मको देशभरका हलमा शतप्रतिशत अकुपेन्सी रहेको थियो । शनिबारको व्यापार थप आक्रामक हुने देखिएको छ ।


    फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रबार काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी ८० बढी शो उपलब्ध गराएको थियो, जसमा सबै शो भरिएका थिए । अन्य मल्टीप्लेक्सहरुमा पनि यही अवस्था थियो ।

    सिंगल थिएटरतर्फ पनि पहिलो दिन देशभर दर्शकको चाप उच्च देखियो । विशेषगरी, पूर्वका हलहरुमा फिल्म हेर्ने दर्शकको भीड बेजोड देखिएको छ ।

    शनिबार पनि बिहानैदेखि फिल्मले देशभर हाउसफुल दर्शक भित्राइरहेको छ । मल्टीप्लेक्सका कति शोज ‘सोल्डआउट’ भैसकेका छन् । दोस्रो दिनको कमाई २ करोड ३० लाखभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । फिल्मको व्यापार मात्र तगडा छैन, प्रतिक्रिया पनि उस्तै उम्दा मिलेको छ ।

    समीक्षकहरुले समेत फिल्मको तारिफ गरेका छन् । यसले फिल्म लामो रेसको घोडा बन्ने देखाउँछ ।


    ‘जारी’ रिलिजकै दिन अभिनेता दयाहाङ राईको जन्मदिन परेको थियो । उनले कमलपोखरीस्थित बिग मुभिजमा फिल्मको टिम र मिडियाको साथमा जन्मदिनको केक काटे । उनले फिल्मलाई दर्शकले अत्याधिक रुपमा मन पराएकाले आफ्नो जन्मदिन अझ विशेष बनेकोमा खुसी व्यक्त गरे ।

    दर्शकले आफ्नो परिवेश र कथा खोज्ने भएकाले ‘जारी’ रुचाइएको हुनसक्ने उनको बुझाई छ ।

    फिल्मले लिम्बू संस्कारमा रहेको जारी प्रथालाई मियो बनाएर श्रीमान्-श्रीमतीबीचको सुन्दर प्रेमकथा बुनेको छ । फिल्मको पटकथा र संवाद सशक्त छ । अभिनेत्री मिरुना मगर फिल्मको मेरुदण्ड हुन् । अभिनयमा उनी दयाहाङमाथि हाबी छिन् । फिल्ममा करिब ३०/३५ मिनेट उनको संवाद छैन । त्यहाँ उनको आँखाले अभिनय गरेको छ । कलाकार विजय बरालको काम पनि प्रशंसनीय छ ।

    ‘कबड्डी’ सिरिज र ‘फूलबारी’बाट लेखनमा आफूलाई अब्बल प्रमाणित गरिसकेका उपेन्द्र सुब्बाले ‘जारी’बाट निर्देशनमा पनि राम्रो सम्भावना देखाएका छन् । उनले लिम्बू समुदायको परम्परा, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषालाई कथामा गाँसेर सानदार ढंगले प्रस्तुत गरेका छन् । पटकथा बलियो भएकाले फिल्म बहकिएको छैन । केही दृश्य लामा भने अवश्य छन् तर पट्यारलाग्दा छैनन् ।

    ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्माता रहेको फिल्ममा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापोलगायतको पनि अभिनय छ । ‘जारी’को इनिसियल व्यापार आक्रामक हुनुको कारण बलियो स्टारकास्ट, ट्रेलरले प्राप्त गरेको सकारात्मक प्रतिक्रिया र ‘चरी बस्यो’ गीतको लोकप्रियतालाई मानिएको छ ।

    सन्देश पोस्ट
    • Website
    • Facebook

    “सन्देश पोस्ट” वेबसाइट “खबरपोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    सम्बन्धित खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल

    ६ दिन अगाडि

    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो

    ७ दिन अगाडि

    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति

    १ हप्ता अगाडि

    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम

    १ हप्ता अगाडि

    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न

    १ हप्ता अगाडि

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल

    १ हप्ता अगाडि

    Comments are closed.

    धेरै पढिएका खबर

    एलन मस्कको ‘अमेरिका पार्टी’ घोषणा ट्रम्पसँगको दूरी, अमेरिकी राजनीतिमा नयाँ हलचल
    ६ दिन अगाडि
    बिराटपोखरीमा ३०० भन्दा बढी बिरुवा रोपियो
    ७ दिन अगाडि
    जनमत पार्टीभित्र नेतृत्व चयनमा “परिवारवाद”: स्थायी समिति सदस्य दीपक साहको आपत्ति
    १ हप्ता अगाडि
    मेचीनगरको खेलकुद विकासमा नयाँ आयाम
    १ हप्ता अगाडि
    मेचीनगरका विद्यालय,वडा र स्वास्थ्य संस्थाहरूमा अपाङ्गता सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न
    १ हप्ता अगाडि
    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल
    १ हप्ता अगाडि
    मेचीनगर इसाई समाजको ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा पास्टर राजु खड्का चयन
    २ हप्ता अगाडि
    संसद्‌ बैठकबाट बाहिरिए रास्वपा र राप्रपा
    २ हप्ता अगाडि
    अपांगता समावेशीकरण सम्बन्धि अभिमुखीकरण कार्यक्रम
    २ हप्ता अगाडि
    पत्रकार र मिडिया नियमनको जिम्मा प्रेस काउन्सिललाई दिनुपर्नेमा जोड
    २ हप्ता अगाडि

    हाम्रो बारेमा


    यो “सन्देश पोस्ट” वेबसाइट “खबर पोस्ट मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

    कम्पनी दर्ता नं. : – ३५७७१४/८१/८२

    स्थायी लेखा नं. : – ६२१२७०४२२

    हाम्रो टिम


    सञ्चालक / प्रधान समपादक : छत्र बहादुर राई (होमराज)
    सम्पादक: आरता शर्मा
    ब्यवस्थापक: एलिसा राई

    सम्पर्क


    सम्पर्क कार्यालय
    मेचीनगर–६, काँकरभिट्टा, झापा (नेपाल)
    मोबोइल नं :9701981670
    ई-मेल : sandeshpost25@gmail.com

    Type above and press Enter to search. Press Esc to cancel.